logo

गठबन्धन होइन मित्रवत प्रतिस्पर्धामा नेपाली कांग्रेस र जसपाको सहमती , सरावगीको नाम प्रदेशमा सिफारिश

 इसीमाना सम्वाददता     २०७९ बैशाख ३ गते १०: ०४ मा प्रकाशित     820   पटक पढिएको


पर्सामा नेपाली कांग्रेस र जनता समाजवादी पार्टी ले गठबन्धन नगर्ने भएका छन् । गठबन्धन गर्न पार्टीको केन्द्रले सैद्धान्तिक सहमती गरे पनि सत्तारुढ गठबन्धनका दुई दल नेपाली कांग्रेस र जनता साजवादी पार्टी पर्साले मित्रवत प्रतिस्पर्धाको बाटो रोजेका छन ।

पाँच दलीय गठबन्धनले पर्सा जिल्लामा गठबन्धनको कस्तो खाका बनाउछन र कुन स्थानीय तहमा कसले नेतृत्व पाउछ ,बीरुगंज महानगरमा जसपाले महानगर प्रमुख पाउछ की पाउदैन भन्ने प्रश्नको जवाफ खोजीरहेका मतदातालाई तीन छक्क पार्ने गरि गठबन्धन भित्रका दुई दलले आफनो शक्तिका आधारमा अलग भएर निर्वाचन लडने फैसला गरेको सार्वजनीक गरेका छन ।


शनिवार नेपाली कांग्रेस पर्साका जिल्ला सभापति जनार्दन सिंह क्षेत्री र जसपाका जिल्ला अध्यक्ष रामनरेश यादवले हस्ताक्षर गरेर जारी गरेको प्रेस नोटमा गठबन्धन नगरी मित्रवत् प्रतिस्पर्धामा जाने उल्लेख छ ।

गठबन्धन नहुने भएपछि पर्सामा अब कांग्रेस र जसपाले वीरगञ्ज महानगरसहित जिल्लाका सम्पूर्ण स्थानीय तहमा आ आफ्नो उम्मेदवार उतार्ने भएका छन । गठबन्धनको राजनीतिमा खासै भूमिकामा नदेखिएका नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी तथा जनमोर्चाको अवको बाटो के होला ? भन्ने प्रश्न पनि उठेको छ ।


बीरगंज महानगरपालिकामा अहिले नेकपा एमालेले मात्र आफनो मेयरको उम्मेदवार सार्वजनीक गरेको छ । नेकपा एमालेको पर्सा जिल्ला कमिटीले पनि महानगरको प्रमुखमा बिजय कुमार सरावगीलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय शनिवार प्रदेश कमिटीमा पठाएको छ । अव प्रदेश कमिटीले पार्टी केन्द्रमा सिफारिश गरे पछि पार्टी केन्द्रले महानगर प्रमुखमा उम्मेदवारी घोषणा गर्ने एमालेको कार्यबिधि रहेको छ ।


अरु पार्टीले बीरगंजमा औपचारिक रुपमा उम्मेदवार घोषणा गरेका छैनन । जसपामा राजेशमान सिंहलाई अगाडि सारिएको भएपनि पार्टीका तर्फबाट घोषणा भने गरिएको छैन । नेपाली कांग्रेसमा प्रमुखका आकांक्षी धेरै भएकोले पनि काग्रेस टुङ्गोमा पुगेको छैन । लोकतानित्रक समाजवादी पार्टी र नेकपा एमालेकावीच गठबन्धन हुने कुरा प्रवल रहेको नेताहरुको भनाई छ ।

यसो हुन सकेमा लासपाबाट उपप्रमुखमा पुरुषोत्तम झालाई लोसपाले अगाडि सार्ने लख काटिदै छ । राप्रपा नेपालले एमालेका उम्मेदवारलाई सहयोग गर्ने सैद्धान्तिक सहमती भएको छ । यस कारण पनि महानगरको निर्वाचनको संग्राममा नेकपा एमाले , नेपाली कांग्रेसका वीच साझो प्रतिस्पर्धा हुने देखिन्छ ।

 

यद्धपी बीरगंजमा
त्रिपक्षीय प्रतिश्पर्धा हुने बिश्लेषण गर्नेहरुको संख्या पनि कम भने छैन । ०७४ को चुनाव परिणाामको तथ्याक हेर्ने हो भने नेपाली कांग्रेस मात्र संग्लो रहेको र उसको जनमत सबैको भन्दा बढी भएकोले नेपाली कांग्रेसले गठबन्धन गर्न अनिच्छा देखाउनु स्वभाविक थियो । जसपा र एमालेमा बिभाजन देखिएको छ । बिभाजनको अनुपातमा नेकपाएमालेले आफनो बिन्यास भएको शक्तिलाई पूर्ताल मात्र होइन बढाएको छ ।

 

एमाले प्रवेशको लहरले त्यही देखाएको छ । एमाले एक्लैपनि तयार थियो । जसपा गठबन्धन हुदा उसले जितेको ठाउ भएकोले महानगर पाउने र नेपाली कांग्रेसको भोटबैक प्रयोग गरेर जित्ने कुरा निकै उत्साहित थियो तर शनिवार दुबै पार्टीका अध्यक्षहरु जारी गरेको प्रेस नोटले त्यो उत्साहलाई परिणाममुलक बनाउन सहयोग गरेन ।

मधेश प्रदेशको एक मात्र महानगरपालिका वीरगञ्ज ३ वटा नगरपालिका र १० वटा गाउँपालिका गरि १४ स्थानीय तह रहेको छ । वीरगञ्जमा यसअघि तत्कालिन सङ्घीय समाजवादी फोरम नेपालबाट निर्वाचित मेयर विजयकुमार सरावगी नेकपा एमाले प्रवेश गरिसकेका छन् । उनलाई एमालेले सर्व सहमतिबाट मेयरको उम्मेदवारका रुपमा अगाडि पनि सारिसकेको छ ।

 

यता जसपाले उनका प्रतिद्वन्द्वी राजेशमान सिंहलाई लोसपाबाट ल्याएर चुनावी मैदानमा उतार्ने भनेको छ । कांग्रेसमा एक दर्जन आकांक्षीहरुले वीरगञ्जको मेयरमा आफ्नो दावेदारी गरिरहेका छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

सिरहामा स्कुल बसको ठक्करबाट सात वर्षीय विद्यार्थीको मृत्यु

सिरहा । सिरहाको गोलबजार नगरपालिका–२ टुड्किया सैनिक चोकमा शुक्रबार स्कुल बसको ठक्करबाट सात वर्षीय बालकको मृत्यु भएको छ।

मानव बेचबिखन विरुद्ध उत्कृष्ट कार्य प्रर्दशन, पर्साका एसपी गौतम मिश्र सम्मानित

वीरगन्ज ।  महिला तथा बालबालिका विरुद्ध हुने अपराध नियन्त्रणका क्षेत्रमा उत्कृष्ट काम गरेका जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक ९एसपी० गौतम मिश्रलाई नेपाल सरकारले सम्मानित गरेको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.