logo

गठबन्धन होइन मित्रवत प्रतिस्पर्धामा नेपाली कांग्रेस र जसपाको सहमती , सरावगीको नाम प्रदेशमा सिफारिश

 इसीमाना सम्वाददता     २०७९ बैशाख ३ गते १०: ०४ मा प्रकाशित     896   पटक पढिएको


पर्सामा नेपाली कांग्रेस र जनता समाजवादी पार्टी ले गठबन्धन नगर्ने भएका छन् । गठबन्धन गर्न पार्टीको केन्द्रले सैद्धान्तिक सहमती गरे पनि सत्तारुढ गठबन्धनका दुई दल नेपाली कांग्रेस र जनता साजवादी पार्टी पर्साले मित्रवत प्रतिस्पर्धाको बाटो रोजेका छन ।

पाँच दलीय गठबन्धनले पर्सा जिल्लामा गठबन्धनको कस्तो खाका बनाउछन र कुन स्थानीय तहमा कसले नेतृत्व पाउछ ,बीरुगंज महानगरमा जसपाले महानगर प्रमुख पाउछ की पाउदैन भन्ने प्रश्नको जवाफ खोजीरहेका मतदातालाई तीन छक्क पार्ने गरि गठबन्धन भित्रका दुई दलले आफनो शक्तिका आधारमा अलग भएर निर्वाचन लडने फैसला गरेको सार्वजनीक गरेका छन ।


शनिवार नेपाली कांग्रेस पर्साका जिल्ला सभापति जनार्दन सिंह क्षेत्री र जसपाका जिल्ला अध्यक्ष रामनरेश यादवले हस्ताक्षर गरेर जारी गरेको प्रेस नोटमा गठबन्धन नगरी मित्रवत् प्रतिस्पर्धामा जाने उल्लेख छ ।

गठबन्धन नहुने भएपछि पर्सामा अब कांग्रेस र जसपाले वीरगञ्ज महानगरसहित जिल्लाका सम्पूर्ण स्थानीय तहमा आ आफ्नो उम्मेदवार उतार्ने भएका छन । गठबन्धनको राजनीतिमा खासै भूमिकामा नदेखिएका नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी तथा जनमोर्चाको अवको बाटो के होला ? भन्ने प्रश्न पनि उठेको छ ।


बीरगंज महानगरपालिकामा अहिले नेकपा एमालेले मात्र आफनो मेयरको उम्मेदवार सार्वजनीक गरेको छ । नेकपा एमालेको पर्सा जिल्ला कमिटीले पनि महानगरको प्रमुखमा बिजय कुमार सरावगीलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय शनिवार प्रदेश कमिटीमा पठाएको छ । अव प्रदेश कमिटीले पार्टी केन्द्रमा सिफारिश गरे पछि पार्टी केन्द्रले महानगर प्रमुखमा उम्मेदवारी घोषणा गर्ने एमालेको कार्यबिधि रहेको छ ।


अरु पार्टीले बीरगंजमा औपचारिक रुपमा उम्मेदवार घोषणा गरेका छैनन । जसपामा राजेशमान सिंहलाई अगाडि सारिएको भएपनि पार्टीका तर्फबाट घोषणा भने गरिएको छैन । नेपाली कांग्रेसमा प्रमुखका आकांक्षी धेरै भएकोले पनि काग्रेस टुङ्गोमा पुगेको छैन । लोकतानित्रक समाजवादी पार्टी र नेकपा एमालेकावीच गठबन्धन हुने कुरा प्रवल रहेको नेताहरुको भनाई छ ।

यसो हुन सकेमा लासपाबाट उपप्रमुखमा पुरुषोत्तम झालाई लोसपाले अगाडि सार्ने लख काटिदै छ । राप्रपा नेपालले एमालेका उम्मेदवारलाई सहयोग गर्ने सैद्धान्तिक सहमती भएको छ । यस कारण पनि महानगरको निर्वाचनको संग्राममा नेकपा एमाले , नेपाली कांग्रेसका वीच साझो प्रतिस्पर्धा हुने देखिन्छ ।

 

यद्धपी बीरगंजमा
त्रिपक्षीय प्रतिश्पर्धा हुने बिश्लेषण गर्नेहरुको संख्या पनि कम भने छैन । ०७४ को चुनाव परिणाामको तथ्याक हेर्ने हो भने नेपाली कांग्रेस मात्र संग्लो रहेको र उसको जनमत सबैको भन्दा बढी भएकोले नेपाली कांग्रेसले गठबन्धन गर्न अनिच्छा देखाउनु स्वभाविक थियो । जसपा र एमालेमा बिभाजन देखिएको छ । बिभाजनको अनुपातमा नेकपाएमालेले आफनो बिन्यास भएको शक्तिलाई पूर्ताल मात्र होइन बढाएको छ ।

 

एमाले प्रवेशको लहरले त्यही देखाएको छ । एमाले एक्लैपनि तयार थियो । जसपा गठबन्धन हुदा उसले जितेको ठाउ भएकोले महानगर पाउने र नेपाली कांग्रेसको भोटबैक प्रयोग गरेर जित्ने कुरा निकै उत्साहित थियो तर शनिवार दुबै पार्टीका अध्यक्षहरु जारी गरेको प्रेस नोटले त्यो उत्साहलाई परिणाममुलक बनाउन सहयोग गरेन ।

मधेश प्रदेशको एक मात्र महानगरपालिका वीरगञ्ज ३ वटा नगरपालिका र १० वटा गाउँपालिका गरि १४ स्थानीय तह रहेको छ । वीरगञ्जमा यसअघि तत्कालिन सङ्घीय समाजवादी फोरम नेपालबाट निर्वाचित मेयर विजयकुमार सरावगी नेकपा एमाले प्रवेश गरिसकेका छन् । उनलाई एमालेले सर्व सहमतिबाट मेयरको उम्मेदवारका रुपमा अगाडि पनि सारिसकेको छ ।

 

यता जसपाले उनका प्रतिद्वन्द्वी राजेशमान सिंहलाई लोसपाबाट ल्याएर चुनावी मैदानमा उतार्ने भनेको छ । कांग्रेसमा एक दर्जन आकांक्षीहरुले वीरगञ्जको मेयरमा आफ्नो दावेदारी गरिरहेका छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

गोलबजारमा करेन्ट लागेर टिपरधनीको मृत्यु, सवारीमा आगलागी

सिरहा । गोलबजार नगरपालिका क्षेत्रमा टिपरको हाइड्रोलिक उठाउने क्रममा विद्युत् प्रसारण लाइनमा छोएपछि करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। घटनापछि सवारीमा आगलागीसमेत भएको प्रहरीले जनाएको छ।

महावीर चोकमा राति दुर्घटना,एक युवकको मृत्यु, अर्का घाइते

वीरगन्ज । पर्साको वीरगन्ज महानगरपालिका–१५ स्थित महावीर चोकमा बिहीबार राति भएको मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गएको छ भने अर्का एक जना घाइते भएका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.