logo

जनताको पक्षमा काम गर्न झनै स्पातिलो बनाएको छः महानगरप्रमुख सरावगी

 इसिमाना सम्वाददाता     २०७९ बैशाख ६ गते १२: ३९ मा प्रकाशित     785   पटक पढिएको

कोभिडकालमा जनताको जीवनको रक्षाकालागि बीरगंज महानगरपालिकाले १२ करोड रुपौय खर्चेर काम गरेको महानगरप्रमुख बिजय कुमार सरावगीले बताउनु भएको छ ।

 

वीरगञ्ज मनपा २५ सिर्सिया ड्राईपोर्टमा आयोजित सम्मान तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख सरावगीले यस्तो बताउनु भएको हो ।संघ सरकारले औषधी उपचारको ब्यवस्था गर्ने प्रदेश सरकारले अस्पतालको ब्यवस्था गर्ने र स्थानीय सरकारले क्वारेन्टिन ब्यवस्थापनको जिम्मेवारी संघ सरकारले तोकेको स्मरण गर्दै प्रमुख सरावगीले प्रदेश सरकारले अस्पताल नवनाएपछि गण्डक अस्पताल भाडामा लिएर कोभिड अस्पतालको रुपमा संचालन गरेको स्मरण गर्नु भयो ।

 

त्यतीबेला  कोभिडको संक्रमण रोक्ने काममा लागेको महानगरलाई असहयोग गर्ने ,केन्द्र सरकारले बिनियोजन गरेको रकम निकासा गर्न नदिने काममा संलग्न हुनेहरुले अहिले ठुलो कुरा गर्दै हिडेको बताउनु भयो ।

 

 उहाँले जनताको जीवन रक्षाकोलागि कोभिडकालमा ज्यानको प्रवाह नगरि खटेकोलले अहिले कोही कोही चुनाव जिते हत्कडी लगाउछु भन्दै बर्बराउन थालेका छन भन्नु भयो । बिकास, समृद्धि र जनताको जीवन सहज बनाउने उनीहरुको उद्धेश्य होइन  त्यसैले हत्कडीको कुरा गर्छन ।

 

उहाँले भन्नु भयो मेयर वा राजनीतिक मान्छेले हत्कडी लगाउन पाउदैन त्यस्तो कार्यबिधि पनि छैन हत्कडी लगाउने रहर छ भने हत्कडी बोक्ने हैसियत हुनु पर्छ त्यसकोलागि राजनीतिमा होइन पुलीसमा भर्ति हुन जानु बेस हुने बताउनु भयो ।

 जनताको पक्षमा विकास कार्यलाई बढाएकै कारण विपक्षीहरु हत्कडी लगाईदिने धम्की दिइरहेका छन त्यसले हतोत्साहीत होइन जनताको पक्षमा काम गर्न झनै बलियो बनाएको महाननगरप्रमुख विजय कुमार सरावगीको भनाई छ । 

 

राक्षस प्रवृतिले बिनास मात्र गर्छ महानगरप्रमुख सरावगीले भन्नु भयो निर्माण र संरक्षणको काम जनताको आशिर्वादका कारण मात्र सम्भव छ म त्यही आर्शिवाद पाउने कुरामा बिश्वस्त छु ।

 

 वीरगञ्जमा आफू निर्वाचित भएर आएपछि स्वास्थ्य, शिक्षा, सडक पूर्वाधार, सरसफाई जस्ता विकास कार्यलाई दु्रतगतिमा अगाडि  बढाई वीरगञ्जवासीको जीवनलाई सहज, सुलभ बनाउने प्रयास गरेकै कारण अहिले केहि तत्वहरु आफूलाई हत्कडी लगाउने धम्की दिँदै हिँडेको बताउनुभयो ।

 

एमालेबाट उछिट्टिएर जसपामा पुगेका केही मान्छे गैर राजनीतिक भाषाको प्रयोग गरे न्यायिक निकायहरुको अधिकार क्षेत्रलाई समेत अतिक्रमण गर्दै उच्श्रृंखल अभिव्यक्ति दिँदै हिँडेको चर्चा गदै सरावगीले  न्याय ब्यवस्थाको बारेमा सामान्य जानकारी नराख्ने मान्छेले सार्वभौम जनताको प्रतिनिधित्व गर्न नसक्ने प्रष्ट पार्नु भयो । 

 

उहाँले वीरगञ्जवासीको लागि स्वास्थ्य व्यवस्थालाई चुस्तदुरुस्त बनाउनुको साथै स्वास्थ्य संस्था सम्म जान नसक्ने वृद्धवृद्धा, गर्भवती , तथा सुत्केरी महिला (मेयर स्वास्थ्य घरदैलो अभियान) अन्तर्गत सेवा प्रदान गरेको जिकिर गर्दै जस्तो सुकै अवस्थाको सृजना भएपनि जनताको पक्षमा काम गर्न आफू पछि नपर्ने प्रतिवद्धता ब्यक्त गर्नु भयो ।

 

उहाँले राजनीतिमा छाडापन बढेको चर्चा गद छद्मभेषीसंग सजग रहनु पर्नेमा जोड दिनु भयो उहाँले राजनीतिको खोल ओडेर बाउन्सरिङ गर्ने गुण्डागर्दी गर्दै हिँड्दै गरेको आरोप लगाउनु भयो ।

 

वीरगञ्जको विकासको लागि एमालेको बिकल्प नरहेको बताउनु भएको हो ।
्वीरगञ्जको विकास गर्न एमालेको सरकार आवश्यक रहेको वीरगञ्जका मेयर बिजय सरावगीले बताउनु भएको छ । वीरगञ्जको विकासको सपनालाई साकार पार्न आफू एमालेमा प्रवेश गरेको बताउँदै प्रमुख सरावगीले जसपा भित्र काम गर्ने वातावरण नभएका कारण आफूले एमालेको रोजेको पनि बताउनुभयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.