logo

एमालेको प्रतिवद्धता पत्र सार्वजनीक, विकास र समृद्धिको एक मात्र आधार, वीरगंज महानगरमा एमालेको सरकार

 इसीमाना सम्वाददता     २०७९ बैशाख १० गते ०१: १५ मा प्रकाशित     650   पटक पढिएको

नेकपा एमाले वीरगंज महानगर निर्वाचन परिचालन कमिटीले स्थानीय तह निर्वाचनको लागि प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । वीरगंज मुर्ली स्थित निर्वाचन परिचालन कमिटीको कार्यालयमा पत्रकार सम्मेलन गरी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि प्रतिवद्धता पत्र सार्वजनिक गरेको हो ।

 


वीरगंज महानगर निर्वाचन परिचालन कमिटीका संयोजक अरबिन्द सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मेयर पदका उम्मेदवार बिजय सरावगीले निर्वाचित भएपछि प्रतिवद्धता पत्रमा उल्लेखित बुदाहरु क्रमश पुरा गर्दै जाने बताउनुभयो । कोरोना महामारी र आफु आवद्ध पुरानो दल जसपाका नेता कार्यकर्ताको असहयोगका कारण अघिल्लो चुनावमा गरिएका केहि प्रतिवद्धताहरु पुरा हुननसेको उहाँले दावी गर्नुभयो ।

 

उहाँले अब जितेपछि अधुरा काम संगै नयाँ योजनाको थालनी गरी बीरगंजको बिकाशमा जोड दिने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले बाँकी रहेका अधुरा योजना र काम पुरा गर्न फेरी मेयरमा उम्मेदवारी दिएको जानकारी दिए । यसैगरी नेकपा एमाले पर्साका इन्चार्ज प्रभु हजराले घोषणा पत्रमा सार्वजनिक गरिएका योजनालाई पार्टीले ईमान्दारीका साथ पुरा गर्ने जानकारी दिनुभयो ।


घोषणापत्र मस्यौदा समितिका संयोजक समेत रहेका सिंहले प्रतिवद्धता पत्र मेयरको मात्र नभई सिंगो पार्टीको जिम्मेवारी भएको जानकारी दिनु भयो । हिजो पार्टीले असहयोग गरेका कारण प्रतिवद्धता पुरा नभएको प्रसंग स्मरण गर्दै सिंहले भन्नु भयो “ नेकपा एमालेले असहयोग गर्दैन प्रतिवद्धता पुरा गर्न सिंगो पार्टी पंक्ति परिचालीत हुन्छ” । उहाँले प्रतिवद्धता पत्र निर्माण गर्न समाजका हरेक वर्ग र समुदाय संग प्रत्यक्ष भेटगरी सुझाव संकल्न गरिएको ।

 

उनले प्रतिवद्धता पत्रमा सडक ,नाला निर्माण, भौतिक पुर्वाधार बिकाश,फोहर व्यवस्थापन, शिक्षा ,स्वास्थ्य,कृषि क्षेत्रका बिकाश,महिला,बालबालिका ,तेस्रो लिङ्गिको अधिकार लगायतको कुरा उल्लेख गरिएको जानकारी दिनुभयो । सिंहले छिटै प्रतिवद्धता पत्रलाई गठबन्धनमा आवद्ध लोसपा लगायतका अन्य दलसंग समन्व गरि मुर्त रुप दिने बताउनुभयो । घोषणा कार्यक्रममा जिल्ला अध्यक्ष जयप्रकाश थारु, संबिधान सभाका सदस्य बिचारी यादव, प्रदेश कमिटी सदस्य शम्भु गुप्ता, बसरुदिन अंसारी,मेघराज हजरा लगायतको उपस्थिती थियो । कार्यक्रमको सहजीकरण पत्रकार महासंघ मधेश प्रदेशका महासचिव श्याम बन्जाराले गर्नुभएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.