logo

एमाले र लोसपाको तर्फबाट बीरगंजको प्रमुख उप्रमुखमा सरावगी र झाको उम्मेदवारी

 इसीमाना सम्बाददाता     २०७९ बैशाख १२ गते ०३: ४९ मा प्रकाशित     698   पटक पढिएको

नेकपा एमालेको तर्फबाट बीरगंज महानगरपालिकाको प्रमुखमा बिजय कुमार सरावगीको उम्मेदवारी दर्ता भएको छ ।

 

बीरगंजमा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीका वीचमा चुनवाी तालमेल भएको छ । सरावगीको प्रस्तावमा नेकपा एमालेका केन्द्रीय सदस्य एव. पर्साका इन्चार्ज प्रभु हजरा प्रस्तावक र सर्मथकमा पार्टीको महानगर कमिटीका अध्यक्ष राजेन्द्र राउत अहिर रहनु भएको छ । बीरगंजको घण्टाघरबाट हजारौ सर्मथकको बाजागाजा सहितको जुलुशको नेतृत्व गर्दै सरावगी उम्मेदवारी दर्ता गराउन जिल्ला समन्वय समितिको कार्यालयमा पुग्नु भएको थियो ।

 


त्यसैगरि उपप्रमुखमा लोकतान्त्रिक समाजवादी पार्टीको तर्फबाट पुरुषोत्तम लाल झाले उम्मेदवारी दर्ता गराउनु भएको छ । प्रमुख सरावगी र उपप्रमुखका उम्मेदवार झा दुबै पार्टीको संयुक्त जुलुस सहित निर्वाचन कार्याल जानु भएको थियो ।

 

संचारकर्मीसंग संक्षीप्त प्रतिक्रिया दिदै प्रमुखका उम्मेदवार सरावगीले साना पार्टीमा बसेर बीरगंजको बिकास गर्न नसकिने निष्कर्षका साथ आफू एमालेमा प्रवेश गरेको बताउनु भयो । उहाँले बीरंगजका जनताको अमूल्य मत आफूले पाउने बिश्वास ब्यक्त गर्दै बीरगंजको वास्तविक बिकासकालागि केन्द्रीय सत्तासंग सहकार्य जरुरी रहेको बताउनु भयो ।

 

उहाँले जसपामा राम्रो मान्छेलाई हतोत्साही गर्ने अपमान गर्ने प्रवृति रहेको चर्चा गर्दै राजनीतिक संस्कारको अभाव रहेको बताउनु भयो ।
उहाँले राम्रो उम्मेदवारलाई आफनो मतदान गर्न बीरगंजबासीलाई आग्रह गनुृ भयो । उपप्रमुखका उम्मेदवार झाले पनि इमान्दार र योग्य ब्यक्तिलाई जिताउन बीरगंजबासीसंग अपिल गनुृ भएको छ ।


एमालेका केन्द्रीय सदस्य प्भू हजराले चुनावी तालमेलले बीरगंजको परिणाम एमाले र लोसपाको पक्षमा आउने कुरामा ढुक्का हुन आग्रह गनुृ भयो । सरावगीको १७ औ नम्बरमा उम्मेदवारी दर्ता भएको छ ।

गत स्थानीय चुनावमा सरावगी तत्कालीन संघीय समाजवादी फोरमबाट मेयरमा विजयी भएका थिए । मेयरमा निर्वाचित भएको केही महिनापछि नै सरावगीले पार्टीबाट असहयोग भएको गुनासो गर्दै आएका थिए ।

पार्टी अध्यक्ष उपेन्द्र यादवलाई राजीनामा बुझाउन उनी त्यसबेला काठमाडौं पुगेका थिए । मेयर सरावगी गत फागुन २८ मा एमाले प्रवेश गरेका थिए ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.