logo

नाता गोता आफन्तमोहमा मधेशी नेताहरु छोरा श्रीमती र दाजु उम्मेदवार, शहिद परिवार पार्टी छोड्न बिवश

 इसीमाना सम्वाददता     २०७९ बैशाख १३ गते ०८: ०३ मा प्रकाशित     827   पटक पढिएको


मधेस प्रदेशमा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नै छोरा अमरेन्द्र यादवलाई विराटनगर महानगरपालिकामा उपमेयरको उम्मेदवार बनाएका छन्। सत्तारूढ गठबन्धनको तर्फबाट यादवले छोरालाई उपमेयरको उम्मेदवार बनाएका हुन्। अमरेन्द्र जसपाको विराटनगर अध्यक्ष हुन्।

आफ्नो भागमा विराटनगरको मेयर लिन सत्तारुढ गठबन्धनसँग अध्यक्ष यादवले अन्तिम समयसम्म प्रयास गरेका थिए । मेयर पाउन नसक्ने भएपछि उपमेयरमा अडान राखेका थिए । उपमेयर पनि नपाए गठबन्धनबाट बाहिरिने सम्मको चेतावनी उनले दिएका थिए ।

त्यस्तै, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले आफ्ना दाजु महेन्द्र महतोलाई सर्लाही चन्द्रनगर गाउँपालिकाको अध्यक्षको उम्मेदवार बनाएका छन ।


मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले श्रीमतीलाई नै गाउँपालिका उपाध्यक्ष पदको उम्मेदवार बनाएका छन् । राउतकी पत्नी जलेखा खातुनलाई पर्साको जगरनाथपुर गाउँपालिकाको उपाध्यक्षको उम्मेदवार बनाइएको छ। खातुनले सोमबार जनता समाजवादी पार्टीबाट उपाध्यक्षमा मनोनयन पत्र दर्ता गराएकी हुन् । परिवारमोह बढदै जादै मधेश आन्दोलनमा शहादत प्राप्त गर्नेहरुलाई भने पार्टी नेतृत्वले बिर्सिएको छ ।

 

बीरगंजमा कार्यवाहक वडाध्यक्ष भएर सबैभन्दा ठुलो वडा चलाएकी बिनिता देवी पार्टीबाट टिकट पाइनन । उनले बिवेकशिल साझा पार्टीवाट बीरगंज महानगरको वडा नं १६को वडाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएकी छिन ।

जनता समाजवादी पार्टीबाट वडाध्यक्षमा निर्वाचित श्यामबाबु चौरसिया भ्रष्टाचार आरोपमा निलम्बनमा परेपछि उनले तीन वर्ष कार्यवाहक अध्यक्षका रूपमा वडाको काम संचालन गरेकी थिइन।

२०७२ भदौ १४ गते मधेश आन्दोलनमा प्रहरीको गोली लागि शहीद भएका बीरगंज १६ का सोहन कलवारकी धर्मपत्नी बबितालाई पहिलो स्थानीय निर्वाचनमा जसपाले वडासदस्यमा उम्मेदवार बनाएको थियो । उनका अनुसार पार्टीले टिकट बेचेको हो । शहादतको मूल्य यति कमजोर भएको प्रति धेरैले चिन्ता जनाएका छन ।

 

 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

गोलबजारमा करेन्ट लागेर टिपरधनीको मृत्यु, सवारीमा आगलागी

सिरहा । गोलबजार नगरपालिका क्षेत्रमा टिपरको हाइड्रोलिक उठाउने क्रममा विद्युत् प्रसारण लाइनमा छोएपछि करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। घटनापछि सवारीमा आगलागीसमेत भएको प्रहरीले जनाएको छ।

महावीर चोकमा राति दुर्घटना,एक युवकको मृत्यु, अर्का घाइते

वीरगन्ज । पर्साको वीरगन्ज महानगरपालिका–१५ स्थित महावीर चोकमा बिहीबार राति भएको मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गएको छ भने अर्का एक जना घाइते भएका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.