logo

कामकाजी कार्यकर्तापंक्ति र क्रियाशिल नेताको कम्बिनेशनलाई रुचाउदै बीरगंजका युवा

 इसीमाना सम्वाददाता     २०७९ बैशाख १४ गते ०१: ५८ मा प्रकाशित     827   पटक पढिएको

स्थानीय तहको निर्वाचन नजिकिदै जांदा युवाहरु एमालेको पक्षमा धु्रवीकृत हुदै गएका छन । राजनीतिमा खासै चासो नराख्ने यो पुस्तालाई यस पटकको निर्वाचनले तरंगीत बनाएको छ ।

 

राजनीतिसंग मतलव छैन भन्ने यो पुस्ता अहिले राजनीतिलाई दिशा दिन क्रियाशिल हुनु पर्ने निष्कर्षमा पुगेको छ । राजनीति सेवा हो, गुण्डागर्दीलाई संरक्षण गर्न राजनीतिको साहरा लिने प्रवृति समाजको लागि खतरा हुने कुरा यो पुस्ताले बुझेको छ । बीरगंज महानगरपालिका वडा नं २२ का पवन यादवको बुझाई यस्तै छ ।

 

स्नातक अध्ययनरत यादव बीरगंज महानगरको बागडोर बिजय कुमार सरावगीलाई दिनु पर्ने बताउनुहुन्छ ।हिजो बीरगंजको मेयर भएका बिजय सरावगीलाई उहाँकै पार्टीका नेताहरुले हात बाँधेर काम गर्न दिएनन यादवले भन्नु भयो “पार्टीको असहयोग र कोरोनको कहरका कारण बिजय सरावगीको काम गर्ने क्षमता पुरा रुपमा महानगरले उपयोग गर्न पाएन त्यसैले यो पटक उहाँलाई अवसर दिनु पर्छ” ।


बीरगंज महानगर भित्रका सबै बिजुलीका पोलमा बत्ती जडान भएको छ । उज्याले बीरगंज अभियान सार्थक भएको छ । महानगरभित्र कालो पत्रे सडक बनेको छ । बिद्यालयका पूर्वाधार बिकास भएका छन । नाला र ढल बनेका छन सफाईको काममा प्रगती छ काम भएको छैन भन्ने कुरामा सत्यता नभएको उहाँको दावी छ ।


बीरगंज महानगरपालिकाको बिकासमा हिजोको जसपा पार्टीको भूमिका काहा के थियो ? महानगरपालिकाको बिकासमा त्यो पार्टीले के योजना बनायो मेयरलाई काहा सहयोग गर्यो जसपाले बताउन सक्ने कुनै आधार छैन तर अव एमालेले पार्टीगत रुपमा सहयोग गर्ने वतावरण बन्ने भएकोले पनि बिजय सरावगीको पक्षमा युवाहरुको धु्रवीकरण बढेको यादवको भनाई छ ।


बीरगंज महानगरपालिका वडा नं १५ का २१ वर्षिय करण पटेल पहिलो पटक आफनो मतको प्रयोग गर्दैहुनुहुन्छ । त्यसकारण पनि आफू उत्साहित भएको उहाँको भनाई छ । ०७४ मा नागरिकता बन्यो यसपाली भोट हाल्न पाउने अवसर पाउदा मलाई खुशी लागेको छ उहाँले भन्नु भयो । प्लस टु गरेर नीजि क्षेत्रमा सेवामा प्रवेश गर्नुृ भएका पटेलले आफनो मत सूर्य चिन्हमा हाल्ने बताउनु भयो । मलाई एमाले मन पर्छ पटेलले भन्नु भयो “केही गर्छ भन्ने आश नै एमालेसंग अरुले केही गर्दैनन ” ।


बीरगंज महानगरपालिका वडा नं १२ का गोविन्द चौधरीको धारणा पनि पटेलकै जस्तो छ । स्नताक गरेर जागीरमा संलग्न चौधरीले सरावगीको सादगी र उहाँ सम्म सबैको सहज पहुच हुनु नै लोभलाग्दो पछ रहेको बताउनु भयो । कोरोनाकालमा आफना नागरिकको रक्षाकोलागि उहाँले गरेको परिश्रमको त म कायल नै छु चौधरीले भन्नु भयो “जनताको सेवामा सर्मित नेता भनेको त बिजय सरावगी नै हो भन्ने कुरा कोभिड कहरका दुई लहरमा देखियो ” ।


बीरगंज महानगरपालिका वडा नं १३ का २२ वर्षिय नरेन्द्र पटेलले एमालेले बीरगंज महानगरमा अवसर नपाएकोले यस पटक आफनो मत एमालेलाई जाने बताउनु भयो । सरवागीले राम्रो संग काम गर्न नपाउनु भएको पटेलको बुझाई छ । कामकाजी कार्यकर्तापंक्ति भएको पार्टी र क्रियाशिल नेताको कम्बिनेशन बनेकोले पनि सरावगीलाई महानगरवासीका युवाले साथ दिनु पर्छ भन्ने मेरो सुझाव छ ।


रोजगारीको सृजना होला, समृद्ध महानगर र मधेशको एक मात्र महानगरको रुपमा बीरगंजलाई राम्रो बनाउन एमालेले पनि अवसर पाउनु पर्छ भन्ने पटेलको धारणा रहेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.