logo

सरावगीको भावनात्मक सवाल के मैले गायत्री पूजा गर्नु गल्ती हो ?

 इसीमाना सम्वाददाता     २०७९ बैशाख १६ गते ०८: १९ मा प्रकाशित     732   पटक पढिएको

बीरगंज महानगरका निर्वतमान प्रमुख बिजय सरावगीले आफनो अस्था अनुसारको धार्मिक पूजा आराधना गर्दा अपमानपूूर्ण टिप्पणी भइरहेको प्रति गम्भिर चिन्ता ब्यक्त गर्नु भएको छ ।

 


सरावगीले आफनो सामाजिक संजालमा निकै भावनात्मक पोष्ट गर्नु भएको छ र त्यसमा सोध्नु भएको छ के मैले गायन्त्री पूजा गर्नु गल्ती हो ? आफनो धार्मिक आस्था माथि धावा बोल्एिको भन्दै उहाँले असहमती जनाउनु भएको छ ।

 

धर्म धारण गर्ने बिषय हो त्यो अन्तरमनबाट स्वीकार गरिएको बिषय पनि हुने भएकोले त्यो आस्था हो कसैको आस्थामाथि ठेस पुर्याउनु अराजकता हो । स्थानीय तहको निर्वाचनको नाममा यस्तै अराजकतापूर्ण क्रियाकलापको साहरा लिनुलाई सभ्य समाजले राम्रो मानेको छैन ।


धार्मिक अनुष्ठानलाई आफ्नो निहित स्वार्थपूर्तीकालागि दुरुयोग गर्ने षडयन्त्र हुन थालेपछि बीरगंज महानगरको प्रमुखको उम्मेदवार समेत रहनु भएका सरावगीले धार्मिक आस्थाको बिषयलाई छेडछाड गर्न नहुने उद्देश्का साथ सामाजिक संजाल मार्फत अपिल गर्नु भएको हो ।

 

धर्म नितान्त ब्यक्तिको बिषय हो र त्यसलाई चुनावी प्रोपगण्डा बनाएर बदनाम गर्न खोज्दैमा धर्मप्रतिको आस्थमा बिचलन नआउने बरु झन बढी दृढता बढने सरावगीले बताउनु भयो ।

 

धर्मप्रतिको आस्था परम्परादेखीको बिश्वास र अभ्यासले स्थापित भएकोले कसैको प्रोपगाण्डाका कारण निराश नहुन सबेलाई उहाँले अपिल समेत गर्नुृ भएको छ । गायत्री परिवारको अध्यक्षको रुपमा सरवागीले बीरगंजमा अश्वमेध महायज्ञ गराएको , ब्रह्मकुमारी राजयोगमा संलग्न भएको अन्य बिभिन्न धार्मिक अनुष्ठानमा उत्तिकै श्रद्धाका साथ सहागि भएको कुराको बीरगंज साक्षी रहेको छ ।


सरावगीले यस्तो अराजकतापूर्ण काम गर्नेहरुको बिरुद्ध कानूनी उपचारको बाटो समेत रहेको भएपनि यस्तो काम नियोजित रुपमा पत्रकार वा अन्य जसले गरेको भएपनि त्यीसबै कार्यकर्ता हुन भन्ने कुरा बीरगंजको समाजले बुझेको भन्दै आफनो आस्था र बिश्वास आम नागरिकमा रहेको स्पष्ट पार्नु भएको छ ।


उहाँले आफूलाई मारवाडी समुदायको सदस्य भएकोमा , ब्यापारी भएकोमा गर्व छ तर कसैले यही कुरालाई आधार बनाएर ब्यापार गर्दै
मा मारवाडी हुदैमा अपमान गर्छ भने त्यो पनि सभ्य समाजकोलागि पाच्य बिषय नहुने उहाँको मत छ । बीरगंज महानगर हो महानगर  भित्र रहेका सबैखाले बिविधता यसको शक्ति हो र त्यसलाई आफूले सम्मान गर्ने उहाँले बताउनु भयो ।


सरावगीले बीरगंजबासीलाई आफनो सामाजिक संजाल मार्फत सम्बोधन गर्दै धार्मिक आस्था जातिगत तथा पेशागत आवद्धतालाई घृणाभावका रुपमा समबोधन नगर्न आग्ह गर्नु भएको छ । उहाँले आगामी दिनमा यस्ता घृणित कार्य बन्द गरी स्वस्थ चुनावी प्रतिस्पर्धामा उत्रिन सम्बन्धित सबैमा अनुरोध गर्नु भएको छ ।

 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.