वैशाख ३० गतेको स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले नमूना मतपत्र सार्वजनिक गरेको छ ।
आयोगले शनिवार जिल्लागत नमूना मतपत्र सार्वजनिक गरेको हो ।
आयोगले उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरको नमूना मतपत्र सार्वजनिक गरेको छैन । आयोगले महानगरको मतपत्रको नमुना पनि सार्वजनीक गरेको छैन । ६ ओटा महानगरपालिका र भक्तपुरमा पछि मतपत्र छाप्ने आयोगले जनाएको छ । अन्तिम नामावली प्रकाशन गरेपछि मात्र छपाइ गरेर ढुवानी गर्ने तयारी आयोगको छ ।
तपाईको प्रतिक्रिया