सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा धिरजप्रताप सिंहलाई बढुवा गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को केही बेरअघि बसेको बैठकले सिंहलाई बढुवा गर्ने निर्णय गरेको हो । सिंहले भोलिदेखि संगठनको नेतृत्व सम्हाल्ने छन् ।
सिंह गत महिना मात्र एआईजीमा बढुवा भएका थिए । वर्तमान आईजीपी शैलेश थापा ३० वर्षे सेवा अवधिका कारण आइतबार रात १२ बजेदेखि अवकाश पाउँदैछन् । सिंह ११ महिना आईजीपी बन्ने छन् । ३० वर्षे सेवा अवधिका कारण उनको अवकाश आगामी चैतबाट हुनेछ ।
२०२४ साल कात्तिक २० गते दैलेखमा जन्मिएका सिंहले डीएसपी हुँदा गोरखा, दोलखा र नुवाकटोको नेतृत्व सम्हालेका थिए । यसैगरि एसपी हुँदा दाङ र पर्साको प्रहरी प्रमुख भएर काम गरेका थिए ।
एसएसपी हुँदा तत्कालीन महानगरीय अपराध महाशाखाको नेतृत्व गरेका उनी डीआईजी हुँदा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुख भएर काम गरेका थिए । एआईजी भएपछि पनि उनी सीआईबी प्रमुख रहेर काम गरिरहेका छन् ।
तपाईको प्रतिक्रिया