logo

बिन्दवासीनीबाट पाइप नियन्त्रण, आफना उम्मेदवारलाई बदनाम गर्न खोजिएकोले भ्रममा नपर्न एमालेको अपिल

 इसीमाना सम्वाददाता     २०७९ बैशाख १८ गते ०५: ५९ मा प्रकाशित     860   पटक पढिएको

निर्वाचन आचार संहिता अनुगमन समितिको आग्रहमा प्रहरीले बीरगंज महानगरको वडा नं १९ बिन्दबासिनी बाट बितरण गर्न लागिएको भन्दै चापाकलको पाइप नियन्त्रणमा लिएको छ ।

 

प्रदेश सभाका सदस्य लोसपा पर्साका इन्चार्ज रमेश कुर्मीको संसदीय क्षेत्र बिकास कोषको सुविधा अन्र्तगत बितरणकोलागि पूर्व स्वीकृत कार्यक्रम अन्र्तगतको पाइप स्टोरकालागि बिन्दवासीनी लगिदै थियो । प्रदेश साँसद कुर्मीका स्वकीय सचिव केदार गुप्ताको घरमा स्टोर गर्नकालागि पाइप गिदै थियो ।

एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को गठबन्धनका वडाअध्यक्षका उम्मेदवार सन्तोष तिवारीले पाइप आफनो नभएको प्रष्ट पार्नु भयो । उहाँले निर्वाचन आचार संहिता लागेको बारेमा आफू जानकार भएको बताउदै प्रदेस सभाका सदस्य रमेश कुर्मीको पूर्व स्वीकृत कार्यक्रम अन्र्तगतको चापाकलकोलागि पाइप आएको र त्यसलाई घरमा राख्न खोजिएको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको आफूले पनि थाहा पाएको बताउनु भयो ।


आचारसंहिता विपरित धारा र पाइप वितरण गर्न लागेको जिल्ला निर्वाचन कार्यालयको सूचनाको आधारमा धारा पाइपसहितको ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता ओमप्रकाश खनालले जानकारी दिनु भयो ।

 

यो आयोगको आग्रहमा ल्याइएको हो उहाँले भन्नु भयो “यसमा थप अनुसन्धान हुने भन्दा पनि आयोगको निर्देशनको पालना गरिने छ । संचार माध्यममा नेकपा एमालेका तर्फबाट महानगरका उम्मेदवार बिजय कुमार सरावगी र लोसपका वडाध्यक्षका उम्मेदवार सन्तोष तिवारीलाई बदनाम गराउने गरि समाचार आएकोमा नेकपा एमालेका नेता अरविन्द कुमार सिंहले चिन्ता ब्यक्त गर्नु भएको छ । उहाँले आफनो पार्टीको उम्मेदवारलाई बदनाम गर्न नियोजीत रुपमा काम गरिएको भन्दै त्यस्ता भ्रमपूर्ण खवरमा सत्यता नरहेकोले महानगरवासीलाई भ्रममा नपर्न अपिल गर्नुृ भएको छ ।

 


नेता सिंहले हुदै नभएको कुरालाई बङ्र्र्रग्याएर प्रस्तुत गर्दैमा सत्य नुहने भन्दै महानगरवासीको बिवेकलाई कमजोर नठान्न समेत सम्बन्धीत पक्षलाई चेतावनी दिनु भएको छ । यता निर्वाचन आचार संहिता अनुगमन संमितिका संयोजक तथा मुख्य निर्वाचन आयुक्त धर्मराज पौडेलले  चापाकल निर्वाचन चिन्ह भएका कारण प्रदेश सभाका सदस्यको सुबिधामा झिकाइएको पाइप बितरण नगर्नकालागि मात्र प्रहरीलाई नियन्त्रणमा लिन भनिएको जानकारी दिनु भयो ।

 

चापाकल चुनाव चिन्ह छ यस्तोमा चापाकालकोलागि पाइप बितरण नहोस भन्ने कुरमा आयोगले ध्यान दिएको उहाँले बताउनु भयो । यो कारवाही प्रयोजन भन्दा पनि आचार संहितको पालनाकालागि अरुले पनि प्रश्न उठाउन नपाउन भनेर प्रहरीलाई ल्याउन भनिएको उहाँले बताउनु भयो ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

सिरहामा स्कुल बसको ठक्करबाट सात वर्षीय विद्यार्थीको मृत्यु

सिरहा । सिरहाको गोलबजार नगरपालिका–२ टुड्किया सैनिक चोकमा शुक्रबार स्कुल बसको ठक्करबाट सात वर्षीय बालकको मृत्यु भएको छ।

मानव बेचबिखन विरुद्ध उत्कृष्ट कार्य प्रर्दशन, पर्साका एसपी गौतम मिश्र सम्मानित

वीरगन्ज ।  महिला तथा बालबालिका विरुद्ध हुने अपराध नियन्त्रणका क्षेत्रमा उत्कृष्ट काम गरेका जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक ९एसपी० गौतम मिश्रलाई नेपाल सरकारले सम्मानित गरेको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.