logo

दुबै गठबन्धनद्वारा आरोप प्रत्यारोप, पैसा बाडेको पुष्टि भएन पर्सा प्रहरी प्रमुख बस्नेत

 इसीमाना सम्वाददाता     २०७९ बैशाख २७ गते ०६: ३७ मा प्रकाशित     904   पटक पढिएको

वीरगञ्ज महानगरमा नेकपा एमालेका उम्मेदवार विजयकुमार सरावगीले मतदाता प्रभावित पार्न पैसा बाँडेको आरोप निराधार रहेको पुष्टि भएको छ ।

जनता समाजवादी पार्टी (जसपा) का राजेशमान सिंहलाई मेयरको उम्मेदवार बनाएको पाँच दलीय गठबन्धनले मंगलबार विज्ञप्ति निकालेर एमालेका उम्मेदवार सरावगीले मतदाता प्रभावित पार्न पैसाको चलखेल गरेको आरोप लगाएको छ ।

 

गठन्धन दलका तर्फबाट नेपाली कांग्रेस पर्साका उपसभापति अशोक गुप्ता, जनता समाजवादी पार्टीका पर्सा अध्यक्ष रामनरेश यादव, नेकपा एकिकृत समाजवादी पार्टी पर्साका अध्यक्ष बालगोपाल थापा र नेकपा माओवादी केन्द्रका तर्फबाट शेख चाँद ताराद्वारा हस्ताक्षरीत बिज्ञप्तिमा एमाले उम्मेदवारले पैसा बाडेको आरोप लगाइएको छ ।

 

तर, सोमबार राति पैसा बाँड्न गएको भन्दै राजेशमानका कार्यकर्ताले सरावगीलाई स्थानीय विनोद चौरसियाको घरमा घेरा हालेर सांघातिक आक्रमणको प्रयास गरेका थिए । तर, पर्साका एसपी रमेश बस्नेतले आरोप लगाइएजस्तो रकम फेला नपरेको बताइसकेका छन् ।

जसपाका कार्यकर्ताले घर घेरा हालेपछि राजेशमान र पर्सा क्षेत्र नं। १ का सांसद समेत रहेका नेता प्रदीप यादवले पर्साका एसपीलाई घरमा छापा मार्न दबाब दिएका थिए । प्रहरी र केही सञ्चारकर्मीहरुसमेत घरमा पसेर खानतलासी लिँदा आरोप लगाएजस्तो रकम फेला नपरेको प्रहरीले बताएको छ ।

सरावगीको शरीर र उनी बसेको ठाउमा प्रहरीले खोजतलाश गर्दा आरोप लगाएजस्तो पैसा फेला नपरेको पर्साका प्रहरी प्रमुख प्रहरी उपरिक्षक बस्नेतले जानकारी दिए ।


उहाँ बसेको ठाउमा र उहाँको शरीरबाट पैसा बरामद नभएपछि हामीले उहाँलाई सकुशल घर पुर्याएका हौं, उपरिक्षक बस्नेतले भने, ‘पैसा बाड्न हिडेको भन्ने कुरालाई पुष्टि गर्ने आधार केही फेला परेन ।’


जिल्लाको प्रहरी प्रमुखले नै पैसा बाँडेको कुनै आधार फेला नपरेको बताइसक्दा पनि ५ दलीय गठबन्धनले विज्ञप्तिमार्फत आरोप लगाउनु निर्वाचनको निष्पक्षतामाथि प्रभाव पार्ने खेल भएको एमालेले बताएको छ । नेकपा एमाले पर्साका इन्चार्ज प्रभू हजराले जारी गरेको बिज्ञप्तिमा मतदातासंग भेटन पाउने सम्बैधानिक अधिकारमाथि धावा बोलेको भन्दै यस्तो हर्कतको कडा आलोचना गरेको छ ।

 

निराधार आरोपलाई उछालेर चुनावको स्वच्छतामा आँच पु¥याउने जसपाको कुत्सित उद्देश्यको एमालेले भत्र्र्सना गरेको छ । जसपाका कार्यकर्ताले घर घेरा हालेर आक्रमणको प्रयास गरेपछि प्रहरीले ३ घण्टापछि उद्दार गरेर सरावगीलाई उनको घरमा पु¥याएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.