logo

दुबै गठबन्धनद्वारा आरोप प्रत्यारोप, पैसा बाडेको पुष्टि भएन पर्सा प्रहरी प्रमुख बस्नेत

 इसीमाना सम्वाददाता     २०७९ बैशाख २७ गते ०६: ३७ मा प्रकाशित     942   पटक पढिएको

वीरगञ्ज महानगरमा नेकपा एमालेका उम्मेदवार विजयकुमार सरावगीले मतदाता प्रभावित पार्न पैसा बाँडेको आरोप निराधार रहेको पुष्टि भएको छ ।

जनता समाजवादी पार्टी (जसपा) का राजेशमान सिंहलाई मेयरको उम्मेदवार बनाएको पाँच दलीय गठबन्धनले मंगलबार विज्ञप्ति निकालेर एमालेका उम्मेदवार सरावगीले मतदाता प्रभावित पार्न पैसाको चलखेल गरेको आरोप लगाएको छ ।

 

गठन्धन दलका तर्फबाट नेपाली कांग्रेस पर्साका उपसभापति अशोक गुप्ता, जनता समाजवादी पार्टीका पर्सा अध्यक्ष रामनरेश यादव, नेकपा एकिकृत समाजवादी पार्टी पर्साका अध्यक्ष बालगोपाल थापा र नेकपा माओवादी केन्द्रका तर्फबाट शेख चाँद ताराद्वारा हस्ताक्षरीत बिज्ञप्तिमा एमाले उम्मेदवारले पैसा बाडेको आरोप लगाइएको छ ।

 

तर, सोमबार राति पैसा बाँड्न गएको भन्दै राजेशमानका कार्यकर्ताले सरावगीलाई स्थानीय विनोद चौरसियाको घरमा घेरा हालेर सांघातिक आक्रमणको प्रयास गरेका थिए । तर, पर्साका एसपी रमेश बस्नेतले आरोप लगाइएजस्तो रकम फेला नपरेको बताइसकेका छन् ।

जसपाका कार्यकर्ताले घर घेरा हालेपछि राजेशमान र पर्सा क्षेत्र नं। १ का सांसद समेत रहेका नेता प्रदीप यादवले पर्साका एसपीलाई घरमा छापा मार्न दबाब दिएका थिए । प्रहरी र केही सञ्चारकर्मीहरुसमेत घरमा पसेर खानतलासी लिँदा आरोप लगाएजस्तो रकम फेला नपरेको प्रहरीले बताएको छ ।

सरावगीको शरीर र उनी बसेको ठाउमा प्रहरीले खोजतलाश गर्दा आरोप लगाएजस्तो पैसा फेला नपरेको पर्साका प्रहरी प्रमुख प्रहरी उपरिक्षक बस्नेतले जानकारी दिए ।


उहाँ बसेको ठाउमा र उहाँको शरीरबाट पैसा बरामद नभएपछि हामीले उहाँलाई सकुशल घर पुर्याएका हौं, उपरिक्षक बस्नेतले भने, ‘पैसा बाड्न हिडेको भन्ने कुरालाई पुष्टि गर्ने आधार केही फेला परेन ।’


जिल्लाको प्रहरी प्रमुखले नै पैसा बाँडेको कुनै आधार फेला नपरेको बताइसक्दा पनि ५ दलीय गठबन्धनले विज्ञप्तिमार्फत आरोप लगाउनु निर्वाचनको निष्पक्षतामाथि प्रभाव पार्ने खेल भएको एमालेले बताएको छ । नेकपा एमाले पर्साका इन्चार्ज प्रभू हजराले जारी गरेको बिज्ञप्तिमा मतदातासंग भेटन पाउने सम्बैधानिक अधिकारमाथि धावा बोलेको भन्दै यस्तो हर्कतको कडा आलोचना गरेको छ ।

 

निराधार आरोपलाई उछालेर चुनावको स्वच्छतामा आँच पु¥याउने जसपाको कुत्सित उद्देश्यको एमालेले भत्र्र्सना गरेको छ । जसपाका कार्यकर्ताले घर घेरा हालेर आक्रमणको प्रयास गरेपछि प्रहरीले ३ घण्टापछि उद्दार गरेर सरावगीलाई उनको घरमा पु¥याएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

पर्सागढीबाट जुवाडे पक्राउ सार्बजनिक शान्ति विरुद्दको कसुरमा मुद्धा चल्ने

वीरगंज । पर्सागढीको विरुवागुठीमा दिलमाया तामाङले सञ्चालन गरेकी गौरो कटेज खाजा पसलबाट चार जना ब्यक्तिहरु जुवा खेलीरहेको अवस्थामा पक्राउ परेका छन ।

महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परि एसइ परिक्षा दिएर फर्किएका बिद्यार्थीको मृत्यु

बर्दिवास । महोत्तरीको जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा मा मोटरसाइकल दुर्घटनामा परि तीन जना बिद्यार्थीको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.