logo

छिपहरमाईको मतगणना सूचारु गर्न आयोगले दियो निर्देशन, सुरक्षाको ब्यवस्था मिलाउन प्रशासनलाई आदेश

 इसीमाना सम्बाददाता     २०७९ जेठ २ गते ०९: २२ मा प्रकाशित     688   पटक पढिएको

पर्साको छिपहरमाई गाउँपालिका वडा नम्बर २ मा रोकिएको मतगणना सुचारु गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ । निर्वाचन आयोग नेपालले जिल्ला निर्वाचन कार्यालय पर्सालाई बोधार्थ बनाई निर्वाचन अधिकृतको कार्यालय छिपहरमाई र जिल्ला प्रशासन कार्यालय पर्सालाई पठाइएको पत्रमा वडा नम्बर २ को मत गणना सुचारु गर्न निर्देशन दिइएको छ ।

 

आयोगका उपसचिव ऋषिराम भुषालद्वारा जारी पत्रमार्फत कानुनबमोजिम प्रक्रिया पुगी मतगणना प्रतिनिधि अनुपस्थित भए पनि मतगणनालाई निरन्तरता दिन निर्देशन दिएको छ । साथै मतगणना प्रक्रियामा भरपर्दो सुरक्षा व्यवस्था मिलाउन प्रमुख जिल्ला अधिकारीलाई निर्देशनसमेत दिइएको छ ।


पर्साको छिपहरमाई गाउँपालिकामा नेपाली कांग्रेसका अध्यक्षका उम्मेदवार नविन कुमार सिंहले मतगणनामा अनियमितता भएको आरोप लगाए पछि स्थगीत रहेको मतगणना सूचारु गर्न आयोगले निर्देशन दिएको हो ।

 

गाउँपालिकाको मतगणना गर्दा करारमा नियुक्ती गरिएका कर्मचारीको संलग्नताले अनियमितता भएको नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षका उम्मेदवार सिंहले बताएका थिए ।

 

नेकपा एमालेबाट अध्यक्षका उम्मेदवार मनोज कुमार गुप्ताले भने हार मानसिकताको उपजस्वरुप विरोध गरेर बिथोल्ने प्रयास भएको प्रतिक्रिया दिएका छन् । निर्वाचन आयोगले नै कर्मचारी नपठाएर यहाँकै कर्मचारीलाई प्रयोग गरेको बताउँदै गुप्ताले मत गणनामा कुनै अनियमितता नभएको दावी गरेका छन् ।

 

वडा नम्बर २ को ५ वटा बुथमध्ये ३ वटाको गणना हुँदै गर्दा विवाद उत्पन्न भएर मतगणना रोकिएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.