logo

बीरगंजको मेयरमा सिंह र उपमेयरमा आलम निर्वाचित

 इसीमाना सम्वाददता     २०७९ जेठ १० गते ११: ०६ मा प्रकाशित     759   पटक पढिएको

वीरगञ्जको महानगरपालिकाको प्रमुखमा जनता समाजवादी पार्टीका नेता राजेमान सिंह र उउप्रमुखमा नेपाली कांग्रेस पर्साका सचिव इम्तियाज आलम निर्वाचित भएका छन । सिंहले आफना निकटतम प्रतिद्वदीलाई २२ हजार ४ सय ४४ मतको फारिकलो अन्तरले जित निकालेका हुन ।

सिंहले ४६ हजार २ सय १५ मत प्राप्त गरेर बिजयी भएका हुन । उनका निकटतम प्रतिद्वण्दी बीरगंज महानगरका निर्वतमान प्रमुख बिजय सरावगीले २३ हजार ६ सय ७१ मत पप्त गरेका थिए । त्यस्तै राष्ट्रिय जनता पार्टीका गिरिश गिरीले ३ हजार ३ सय १३ मत ल्याएका छन् ।

यस्तै उपमेयरमा निर्वाचित इम्तियाजले ३० हजार ७८ मत पाएका छन् । उनका प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टीका पुरुषोतम लाल झाले ९ हजार ५ सय ६८ मतमात्रै पाएका छन् । राप्रपाकी चबना जैसवालले ५ हजार ९ सय ८८ र स्वतन्त्र उम्मेदवार रम्भा मिश्राले ३ हजार ९सय ९ मत ल्याएका छन् ।

वीरगञ्जमा ३२ वटा वडा छन् । १३ वटा वडामा जसपा, ९ वटामा कांग्रेस, ८ मा एमाले र २ लोसपाले जितेको छ ।

वडा नं १ मा जसपाका मनोज राउत कुर्मी, २ मा कांग्रेसका रियाज मिया तेली, ३ मा जसपाका बैजुलाल स्वर्णकार, ४ मा कांग्रेस जगत साह कानु, ५ मा एमाले प्रदीप चौरसिया, ६ मा लोसपामा जयप्रकाश अग्रवाल, ७ मा कांग्रेसका हिराकाजी महर्जन, ८ मा कांग्रेसकै रितेश गुप्ता, ९ मा जवहारप्रसाद गुप्ता र १० मा जसपाका सुशीलकुमार गुप्ता विजयी भए ।

यस्तै, ११ मा जसपाका अजय चौरसिया, १२ मा एमालेका सुरेश गुप्ता कानु, १३ मा एमालेकै हारा गिरी, १४ मा जसपाका महबुब एलाही, १५ मा जसपाकै रमेश यादव, १६ मा परशुराम चौरसिया, १७ मा एमालेका सञ्जिव क्षेत्री, १८ मा जसपाका उमाशंकर तिवारी, १९ मा कांग्रेसका मुकेशकुमार चौरसिया विजयी भए ।

वडानम्बर २० मा एमाले राम किशोर सिंह, २१ लोसपाका राधाकृष्ण रौनियार, २२ कांग्रेसका द्वारिका महतो, २३ एमालेको अवध किशोर कुशवाहा, २४ मा एमालेकै विजयप्रसाद कुर्मी, २५ मा जसपाका आशुतोष चतुर्वेदी, २६ मा कांग्रेसका शम्भुप्रसाद गुप्ता, २७ मा कांग्रेकै हृदय नारायण पटेल, २८ मा सर्युग महतो, २९ मा जसपाका धर्मेन्द्र महतो, ३० मा जसपाकै मनोजकुमार यादव, ३१ मा एमालेका जितेन्द्र यादव र ३२ मा जसपाका रियाज मिँया ठकुराई विजयी भएका छन् ।

 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

समाज

धारिलो हतियार प्रयोग गरि श्रीमतीको हत्या आरोपमा ३५ वर्षिय श्रीमान पक्राउ

कलैया । जिल्लाको कलैया उप–महानगरपालिका वडा नम्बर १० मटिअर्वामा घरायसी विवाद श्रीमानले श्रीमतीको हत्या गरेका छन ।

पूर्व राष्ट्रपती भण्डारीले सुविधा फिर्ता लिन गृहमन्त्रालयलाई लेखीन पत्र

काठमाडौं । विद्यादेवी भण्डारीले पूर्वराष्ट्रपतिको रूपमा सरकारबाट पाउने सेवा सुविधा फिर्ताका लागि गृह मन्त्रालयमा निवेदन दिएकी छिन्।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.