logo

बीरगंजको आइसोलेशनमा उपचार गराईरहेका चार जनामा कोरोना नेगेटिभ, अव चौथो रिपोर्टको प्रतिक्षा

      4/25/2020 गते 00 00 मा प्रकाशित     1011   पटक पढिएको

बीरगंज  १३बैशाख ।

बीरगंजको नारयाणी अस्पतालमा उपचरारत ४ जना कोरोना भाइरसको संक्रमण देखिएकाहरुको पछिल्लो रिपोर्ट भने नेगेटिभ आएको छ ।

 

बीरगंजमा चैत ३० गते पुष्टि भएका तीन जना भारतीय नागरिक र रौतहटका एक किशोरको थ्रोट स्वाबको पछिल्लो रिपोर्ट नेगेटिभ आएको हेटौटा सिथ्त प्रयोगशालाले नारयाणी अस्पताललाई जानकारी दिएको छ । 


बीरगंजको वडा न २ जामे मस्जिदमा आश्रय लिएका मुस्लिम धर्म प्रचारक भारतीय नागरिक र रौतहटका किशोरको पछिल्लो पटक गरिएको परिक्षण तेश्रे हो । तेश्रो परिक्षणकोरिपोर्ट शुक्रवार आएको हो । 

 

अस्पतालले चौथो पटक पनि पिसीआर परिक्षणकालागि थ्रोट स्वाब संकलन गरेको अस्पतालले जनाएको छ । 
 शुक्रबार थ्रोट स्वाबको नमूना संकलन गरी परीक्षणको लागि पठाइएको अस्पतालले जनाएको छ । यो रिपोर्टको नतिजाको आधारमा चारजना संक्रमितलाई डिस्चार्ज गर्ने तयारी भइरहेको छ ।

 

नारायणी अस्पतालमा पाँच संक्रमित उपचाररत छन् । चारजनाको तेस्रो रिपोर्ट नेगेटिभ आएपछि सर्लाहीका एकजनालाई भने छुट्टै राखेर उपचार गरिएको छ।

 

अस्पतालका मेडिकलसुपरीटेन्डेन्ट डा मदन उपाध्यायले डिस्चार्जका लागि अन्तिम रिपोर्टको पर्खाइमा रहेको बताउनु भयो ।अस्पतालमा उपचारकालागि भर्ना भएका सबैको स्वास्थ्य अवस्था सामान्य रहेको नारायणी अस्पतालका मेडिक सुपरिटेण्डेण्ट डा.मदन कुमार उपाध्यायले जानकारी दिनु भयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

महानगरको कार्यवाहक प्रमुखमा आलम, कर्मचारीले गरे राहतको अनुभव

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले कार्यवाहक नगरप्रमुखको जिम्मेवारी सम्हालेका छन ।

बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा ५५ वर्षीया महिलाको ज्यान गयो

सर्लाही । सर्लाहीको बागमतीमा आइतबार बिहान बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ  । अर्की एक महिला गम्भीर घाइते भएकी छिन्।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.