logo

लकडाउनको अवधीमा पोखराबाट फर्केका छिपहरमाईका नागरिकलाई क्वारेन्टिनमा राखियो

      4/25/2020 गते 00 00 मा प्रकाशित     870   पटक पढिएको


बीरगंज  १३बैशाख ।

लकडाउनको बेलामा पोखराबाट घर फर्किएका छिपहरमाई गाउँपालिकाका ४३ जनालाई  गाँउपालिकाको वडा नं ५ भिस्वामा स्थापना गरिएको क्वारेन्टिनमा राखिएको छ ।

 

उनीहरु शनिवार बिहान छिपहमाई गाउँपालिकामा आइपुगेका हुन । उनीहरुसंग पाँच जना भारतीय नागरिक रहेका छन भने अन्य पाँच जना धोवीनी गाउँपालिकाका रहेका छन। पोखरामा बिभिन्न पेशा ब्यवसायमा संलग्न उनीहरु लकडाउन लामो हुदै गएपछि घर फर्किएका हुन । 


क्वारेन्टिनमा ६ भारतीय सहित ३८ जनालाई राखिएको छ भने  ५ जनालाई धोबिनी गाउँपालिकाको क्वारेन्टिनमा  पठाइएको छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज गुप्ताले जानकारी दिनु भयो ।


 श्री मंगल मावि भिस्वामा रहेको गाउँपालिकाको क्वारेन्टिनमा यस अघि नै  १६ जना लाई राखिएको र आज त्यसमा ३८ जना थप भएको अध्यक्ष गुप्ताले बताउनु भयो ।

ति सबै जनालाई १४ दिन सम्म क्वारेन्टिनमा  मै राखिने अधिकृत देवनाथ साहले वताउनु भयो । 

पोखराबाट बसमा धेरै जना भिस्वा बजारमा पुगेको गाउँपालिका अध्यक्ष मनोज गुप्ताले थाह पाए लगतै त्यहाँ आफै पुगी सबै जनालाई क्वारेन्टिनमा राख्न निर्देशन दिनु भएको थियो ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




समाज

मननपुरको बाँसघारीमा २४ किलो लागु औषध चरेस बरामद

वीरगन्ज । पर्साको पोखरियाबाट सशस्त्र प्रहरीले २४ किलो ५०० ग्राम  लागूऔषध चरेस बरामद गरेको छ ।

मधेश प्रहरी प्रमुख आचार्य सहित ६ जना एआईजीमा बढुवा सिफारिश

काठमाडौं । मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक(डिआईजी) लालमणि आचार्यलाई प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी) पदमा बढुवा सिफारिस गरिएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.