बीरगंज १३ बैशाख ।
तारादेवी सरावगी तथा मुकेश सरावगीको आर्थिक सहयोगमा निर्माण भएको स्यानीटाइजर बुथ शनिवार पोखरियामा रहेको जिल्ला अस्पतालमा स्थापना गरिएको छ ।
युवा समाज पोखरिया र जनता समाजवादी पार्टीका सह महासचिव नेजामुदिन समानीको पहलमा स्यानीटाइजर बुथ स्थापना गरिएको हो ।
बुथ आजै अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा.अनिल यादवलाई हस्तानत्रण गरिएको छ । पर्साको क्षेत्र नं ३ को २ का प्रदेश सभा सदस्य प्रहलाद गिरी पोखरिया नगरपालिकाका उपप्रमुख सलमा खातुन पर्साको क्षेत्र नं ३ बाट निर्वाचित तर भ्रष्टाचार मुद्धामा सांसद पदबाट निलम्वीत हरिनारयण रौनीयार पोखरिया अस्पताल व्यवस्थापन समितिको अध्यक्ष लक्षमण साहयुवा विकास पोखरियाका अध्यक्ष सुजित गिरी नौसाद आलम, राकेश महतो लगायतका व्यक्तिहरुको सो क्रममा सहभागिता रहेको थियो । ।
तपाईको प्रतिक्रिया