logo

बीरगंजको छपकैयामा  थप दुई जनामा कोरोना संक्रमण पुष्टि

      4/26/2020 गते 00 00 मा प्रकाशित     1443   पटक पढिएको

वीरगन्ज, १४ बैशाख । 

वीरगन्जमा थप दुईजनामा कोरोना संक्रमण पोजेटिभ भेटिएको छ ।छपकैयाँको मस्जिदमा बसेका तीनजना भारतीय संक्रमितको सम्पर्कमा आएकाहरुको स्वाब लिइ पिसिआर परीक्षणका लागि काठमाडौं पठाइएकोमा दुईजनामा पोजिटिभ देखिएको नारायणी अस्पताल स्रोतले बताएको छ । 

 

बीरगंज महनगरपालिका वडा नं २ जामे मस्जिदमा आश्रय लिएर बसेका तीन जना भारतीय धर्मप्रचारकमा चैत ३० मा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।  

 

उनीहरुमा संक्रमण फेला परेपछि छपकैया क्षेत्र शिल गरेको आरडीटी शुरु गरिएको थियो । आरडीटी परिक्षणमा कसैमा पनि कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको थिएन । 


तर पीसीआर विधिबाट परीक्षण गराउन प्रयोगशालामा पठाईएका मध्य दुईजनाको रिपोर्ट पोजेटिभ देखाएको हो ।

अस्पतालबाट आजै चारजना संक्रमितलाई डिस्चार्ज गर्ने तयारी भइरहेको थियो, जसमा तीनजना जमाती थिए।

शनिबार १ सय ८७ जनाको स्वाब पिसिआर परीक्षणका लागि काठमाडौं पठाइएको र थियो। अहिले छपकैयाँ क्षेत्रमा प्रहरी परिचालन गरिएको छ । 

रिपोर्ट नेगेटिभ देखिएका दुबै जनालाई नारायणी अस्पतालको आइसोलेशनमा भर्ना गरिएको छ । अर्का व्यक्तिलाई सिद्धार्थ मावीको क्वारेन्टाइनबाट आइसोलेसनमा ल्याइएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताउनु भयो।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

क्रिकेटर  प्रविण र एसईईमा सर्वोत्कृष्ट  नतिजा ल्याउने  साह वीरगंज महानगरद्वारा सम्मानित

वीरगंज । नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा योगदान पु¥याउने वीरगंजकी क्रिकेट खेलाडी साना प्रविण र यस वर्षको एसईई परीक्षामा पर्सा जिल्ला प्रथम भएकी रिया साहलाई वीरगंज महानगरपालिकाले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.