logo

अपहरणको उजुरी दिन गएका नेताहरु फर्काइए,महोत्तरीजान प्रहरीको जवाफ

      4/26/2020 गते 00 00 मा प्रकाशित     903   पटक पढिएको

काठमाण्डौ , १४ बैशाख । 

जनता समाजवादी पार्टीका सांसद डा.सुरेन्द्र यादवले आफनो अपहरण सम्बन्धी काठमाडौं प्रहरी परिसरमा दिनु भएको उजुरी प्रहरीले लिन अस्वीकार गरेको छ ।  दलबल सहित गएका नेताहरुलाई उजुरी नलिई परिसरले फिर्ता पठाइदिएको छ । 

 


प्रहरीले घटनाको शुरु भएको भूगोलमामै उजुरी दिनु पर्ने भन्दै उजुरी दिन महोत्तरी जान सल्लाह दिएको नेताहरुले बताएका छन । 

 काठमाडौं प्रहरी परिसरका एसपी र डीएसपीले जाहरी लिने यहाँ होइन महोत्तरी जानुहोस् भन्ने जवाफ दिएको जसपाका नेता विश्वदीप पाण्डेले जानकारी दिनु भयो।


उहाँले सामाजिक सञ्जालमा लेख्नु भएको छ, ‘जबकी कानुनले नजिकको प्रहरी र यथाशिघ्र समयमा जाहेरी गर्ने भनेको छ । प्रहरी परिसर टेकुमा एसएसपी गायब । अहिले जाहेरी लिन नमानेको अवस्था छ । कानुनभन्दा माथि ओली सरकार ?’

भर्खरै गठित जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादव अपहरण प्रकरणका संलग्नमाथि कारबाहीको माग गर्दै उजुरीका लागि पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराईसहितका नेताहरु महानगरीय प्रहरी परिसर काठमाडौमा पुगेका थिए ।

पार्टीका शीर्ष नेताहरु डा.भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, शरतसिंह भण्डारी, हिसिला यमीलगायतका नेताहरु उजुरीका लागि आइतबार दिउँसो महानगरीय प्रहरी परिसरमा पुगेका थिए ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका संसदहरु महेश बस्नेत, किसन श्रेष्ठ र पूर्व प्रहरी प्रमुख सर्वेन्द्र खनालले समाजवादी पार्टी फुटाउनका लागि सोही पार्टीका सांसद तथा पूर्व स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवलाई निवासबाटै अपहरण गरेर काठमाडौं ल्याएको जनाता समाजवादीको आरोप छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

भारतीय महिला माथि गोली प्रहार गर्ने शर्मा पक्राउ, प्रहरी अनुसन्धान गर्दै

वीरगञ्ज । एक भारतीय महिलामाथि गोली प्रहार गर्ने ब्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ब्यक्तिको नाम प्रदीप शर्मा रहेको बताइएको छ ।

रौतहटको बसबिट्टी जिङ्गडिया एक महिलालाई  बोक्सीको आरोपमा चारपाटे मुडेर निर्घात कुटपिट

रौतहट।  रौतहटको गरुडा नगरपालिका–८ बसबिट्टी जिङ्गडिया निवासी ५५ वर्षीय सुशीला देवीलाई  बोक्सीको आरोपमा कुटपिट सहित अमानवीय व्यवहार गर्नेहरु फरार भएका छन ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.