logo

तीन भारतीय नागरिक सहित चार जना नारायणी अस्पतालबाट कोरोना जीतेर डिस्चार्ज

      4/26/2020 गते 00 00 मा प्रकाशित     1901   पटक पढिएको

बीरगंज, १४ बैशाख । 

बीरगंजको नारायणी अस्पतालको आइसोलेशन वार्डमा उपचारकोलागि भर्ना भएका चार जना आज डिस्चार्ज भएका छन । उनीहरुलाई अस्पतालले अपरान्ह ४ बजे डिस्चार्ज गरेको हो ।

चारै जनाको चौथो रिर्पोट पनि नेगेटिभ आएपछि उनीहरुलाई आइतबार डिश्चार्ज गरिएको मेडिकल सुपरीटेन्डेन्ट डा. मदन उपाध्यायले बताउनु भयो ।

बीरगंजको वडा नं २ को  छपकैयाको मक्की जामे मस्जिदमा बसेका तीन भारतीय र रौतहटका एक युवक गरी चार जनाको पीसीआर परीक्षणको चौथो रपोर्ट शनिवार बेलुका नेगेटिभ आएको थियो ।

सीआर परीक्षणका लागि चार जना संक्रमितको स्वाबको नमूना संकलन गरी शुक्रबार हेटौंडा स्थित प्रादेशिक प्रयोगशाला पठाइएको थियो । शनिबार साँझ रिपोर्ट नेगेटिभ आएको थियो ।


 संक्रमितको स्वास्थ्य अवस्था पनि सामान्य रहेको डा. उपाध्यायले बताउनु भयो । डिस्चार्ज भएका भारतीय नागरिकलाई लकडाउन भएका कारण बीरगंजमै क्वारेन्टिनमा राखिने छ भने रौतहटका युवालाई आफन्तको जिम्मा लगाइएको छ । 

भारतीय नागरिकमा गएको चैत ३० गते तथा रौतहटका एक जनामा वैशाख १ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । योसहित नेपालमा कोरोना सङ्क्रमित ५१ जनामध्ये १६ जना उपचारपछि निको भएका छन् ।

नारायणी अस्पतालमा सर्लाहीका एक संक्रमित पनि उपचाररत छन् । सर्लाहीका संक्रमितलाई छुट्टै आकस्मिक कक्ष माथिको आइसोलेशन राखिएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




समाज

मननपुरको बाँसघारीमा २४ किलो लागु औषध चरेस बरामद

वीरगन्ज । पर्साको पोखरियाबाट सशस्त्र प्रहरीले २४ किलो ५०० ग्राम  लागूऔषध चरेस बरामद गरेको छ ।

मधेश प्रहरी प्रमुख आचार्य सहित ६ जना एआईजीमा बढुवा सिफारिश

काठमाडौं । मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक(डिआईजी) लालमणि आचार्यलाई प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी) पदमा बढुवा सिफारिस गरिएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.