logo

प्याजबारीमा केटाकेटी गएको निहुमा भएको झगडामा एक महिलाको ज्यान गयो

      4/28/2020 गते 00 00 मा प्रकाशित     893   पटक पढिएको

सर्लाही १६ बैशाख ।
बच्चाले गरेको झगडामा अभिभावक मैदानमा उत्रिएपछि सर्लाहीमा एक महिलाको ज्यान गएको छ । बच्चाको निहुमा भएको झगडामा कुटिएर सर्लाहीको हरिपुर्वा–८ वसन्तपुरमा कुटाकुटा हुँदा ३५ वर्षीया सैदुन खातुनको मृत्यु ज्यान गएको हो ।

 


खोददी खातुनका छोराछोरी सैदुन खातुनको प्याजबारीमा गएको विषयमा झगडा सुरु भएको थियो । सुरुमा छोराछोरीबीच भएको झगडामा पछि  अभिभावकहरु पनि मिसिएको सर्लाहीका प्रहरी प्रवक्ता एवं डीएसपी मदन कुँवरले जानकारी दिनु भयो  ।

 

सोही ठाँउ बस्ने खोधदी अन्सरीसहित उनको परिवारले खातुनलाई कुटपिट गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । कुटपिटबाट गम्भीर घाइते खातुनको उपचारका लागि जानकी अस्पताल जनकपुरमा लैजाँदै गर्दा ज्यान गएको  प्रहरी प्रवक्ता  कुँवरले जानकारी दिनुभयो ।


कुटपिटमा संलग्नमध्ये पाँच जनालाई नियन्त्रणमा लिएको र आवश्यक अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो । मृतक खातुनको शव अहिले प्रादेशिक अस्पताल जनकपुर शवगृहमा राखिएको छ ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.