logo

बीरगंजका मेयरले स्वास्थ्यमंत्रीलाई लेखे मार्मिक पत्र,भने अस्पताल संचालनको अनुमती दिनुहोस

      4/28/2020 गते 00 00 मा प्रकाशित     2343   पटक पढिएको

बीरगंज  १६ बैशाख 

बीरगंज महानगरपालिकाका प्रमुख बिजय कुमार सरावगीले बीरगंजमा कोरोना बिशेष अस्पताल संचालनको अनुमती दिन संघीय सरकारको स्वास्थ्य मंत्रालय संग आग्रह  गर्नु भएको छ । 

 


महानगर प्रमखु सरावगीले मंगलवार स्वास्थ्यमंत्री भानुभक्त ढकाललाई एक पत्र लेखी   निजी क्षेत्रबाट संचालित गण्डक अस्पताल प्रा.लि.ले भवन, औजार उपकरण लगायतका भौतिक सम्पतिहरु निःशुल्क दिने सम्झौता भएको र  नारायणी अस्पतालकै प्रमुख मे.सु. र चिकित्सकहरुको नेतृत्वमा संचालन हुने गरी अस्थायी कोभिड १९  अस्पताल संचालन अनुमती दिन उहाँले फेरी आग्रह गर्नु भएको हो । 

 

वीरगंज महानगरपालिका अन्तर्गत कोभिड–१९ का विरामीहरु देखिएका छन  । कोभिडको संक्रमण स्थानीय समुदायमा समेत सरेको अवस्थाले वीरगंज  उच्च जोखिममा रहेको छ ।  महानगरले  कोरोना रोगको रोकथाम, क्वारेन्टाइन सञ्चालन एंव प्रभावित वर्गमा राहत वितरणको काम गरेकै छ । 

 

कोभिड रोगको रोकथाम एंव निदानका लागि कोभिड–१९ अस्पतालको आवश्यकता छ । त्यसको आवश्यक प्रवन्ध गरेर  सञ्चालन गर्न लाग्ने लागत अनुमान सहित स्रोतको सुनिश्चितता र सञ्चालन गर्न अनुमति दिन आग्ह गर्दै बैशाख ८ गते  मन्त्रालयमा पेश गरेको भएपनि अहिले सम्म अनुमती नदिइदा अन्यौलता सृजना भएको पत्रमा उल्लेख छ । 

 


वीरगंज स्थित नारायणी केन्द्रिय अस्पतालमा कोभिडको संक्रमण भई वीरगंजका दुई जना र सर्लाहीबाट समेत संक्रमित एक जना गरी तीन जनाको उपचार भैरहेको छ ।  

 

यस पूर्व चार जना उपचार पश्चात् डिस्चार्ज समेत भई सकेका व्यहोरा सर्वविदितै छ । वीरगंज र यस आसपासको क्षेत्रमा समुदाय स्तरमा कोभिडको संक्रमणबाट महामारिको रुप लिन सक्ने खतरालाई दृष्टिगत गरी तत्काल अस्पताल संचालन अनुमती दिन अनुरोध गर्दछु महानगर प्रमुख सरावगीले भन्नु भएको छ ।  

 

संघिय सरकारले वीरगंजको नारायणी अस्पताललाई उपलब्ध गराएको पिसीआर मेसिन हाल सम्म संचालनमा आउन सकेको छैन । वीरगंज महानगरपालिका लगायत यस आसपासका तीन—चार जिल्लाहरुमा जनसंख्याको उच्च चाप  छ ।

 

त्यसैले पनि  पिसीआर मेसिन सहितको ल्याव संचालन गर्ने ब्यवस्था मिलाई दिनहुन पनि महानगरप्रमुख सरावगीले अनुरोध गर्नुृ भएको छ । उहाँले  परिक्षणकालागि ५ हजार भिटीएम समेत उपलब्ध गराउन आग्रह  गर्नु भएको छ । प्रमुख सरवागीले यो पत्रको बोधार्थ प्रदेश २ को सरकारलाई पनि पठाउनु भएको छ ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

भारतीय महिला माथि गोली प्रहार गर्ने शर्मा पक्राउ, प्रहरी अनुसन्धान गर्दै

वीरगञ्ज । एक भारतीय महिलामाथि गोली प्रहार गर्ने ब्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ब्यक्तिको नाम प्रदीप शर्मा रहेको बताइएको छ ।

रौतहटको बसबिट्टी जिङ्गडिया एक महिलालाई  बोक्सीको आरोपमा चारपाटे मुडेर निर्घात कुटपिट

रौतहट।  रौतहटको गरुडा नगरपालिका–८ बसबिट्टी जिङ्गडिया निवासी ५५ वर्षीय सुशीला देवीलाई  बोक्सीको आरोपमा कुटपिट सहित अमानवीय व्यवहार गर्नेहरु फरार भएका छन ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.