logo

बारामा पनि कोरोना भाइरसको संक्रमणले पाइला टेक्यो ,मध्य तराई बन्यो “हट स्पट”

      4/29/2020 गते 00 00 मा प्रकाशित     777   पटक पढिएको

बीरगंज १७ बैशाख ।

 बीरगंजमा थप एक  सहित तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा बीरगंजका एक  र बाराका जीतपुर सीमरा उपमहानगरपालिका का एक र म्रिोनगढ नगरपालिका एक  गरि दुई  जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

 

 वीरगञ्ज महानगरपालिकाको वडा नं २ छपकैयाका ४६ वर्षीय पुरुष, बारा, सिम्रौनगढका ३१ वर्षीय पुरुष र बारा जीतपुर ७ का ४३ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो। तीनै जना दिल्लीमा तबलिगी जमातको धार्मिक सभामा सहभागी भएर फर्किएका थिए ।

 

यसअघि वीरगन्ज ३ छपकैयाका सरसफाई कर्मचारीलाई संक्रमण पुष्टि भएपछि उनीहरुको सम्पर्क पछ्याउँदै गरिएको पिसिआर परीक्षणमा थप ३ जनालाई पुष्टि भएको नारायणी अस्पतालले जनाएको छ।

 

उनीहरुलाई नारायणी अस्पतालमा ल्याउने तयारी भइरहेको अस्पतालले जनाएको छ। अब नेपालमा कूल संक्रमितको संख्या ५७ जना पुगेको छ भने १६ जना निको भइसकेका छन्।यो संगै बीरगंज र मध्य तराई कोरोना भाइरसको संक्रमणको “हट स्पट ” बनेको छ ।

 

यस अघि बीरगंजका ३ सहित रौहतटका एक जना किशोर बीरगंजको नारायणी अस्पतालबाट उपचार पछि घर फर्किएका छन । मध्यतराईको बारा पर्सा रौतहटमा अहिलेसम्म ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यसमा चारजना उपचार पछि फर्किए

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.