logo

भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या हजार नाघ्यो,मध्य तराईमा थप सर्तकता आवश्यक

      4/29/2020 गते 00 00 मा प्रकाशित     868   पटक पढिएको

बीरगंज १७ बैशाख ।

भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार नाघेको छ । यो समाचार तयार पार्दा सम्म भारतमा १ हजार ८ जनाको ज्यान गइसकेको छ । 

भारतको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका अनुसार बुधबार बिहानसम्म १ हजार ७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको पुष्टि गरेको थियो ।

यस्तै, संक्रमितको संख्या ३१ हजार ५सय ८७  पुगेको छ । यसमा २२ हजार ६ सय २९ जना संक्रमित उपचाररत छन् ।

मंगलबार एकैदिन भारतमा १ हजार ८ सय ६६ जनामा कोरोना पोजेटिभ देखिएको थियो । एकैदिनमा यति ठूलो संख्यामा नयाँ संक्रमित भेटिएको पहिलोपटक भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भारतमा गत ३० जनवरीमा पहिलोपटक कोरोना संक्रमित भेटिएका थिए । महाराष्ट्रमा ९ हजार ३  सय १८ गुजरातमा ३ हजार ७ सय ७४ दिल्लीमा ३ हजार ३ सय १४ जना संक्रमीत छन ।

 

नेपालसंग सीमा जोडिएका पश्चिम बंगालमा  ७ सय २५ बिहारमा ३ सय ६६ उत्तर प्रदेशमा २ हजार ५३ र उत्तराखण्डमा ५४ जना कोरोना भाइरसको संक्रमीतहरु फेला परेका छन ।

 

मध्य तराईसंग जोडिएको भारत तर्फको पूर्वी चम्पारण जिल्लामा  ५ जना संक्रमीत छन । सीमावर्ती क्षेत्र सीमा खुला रहेको र लकडाउनलाई उल्लंघन गरेको नेपाल भारत आर पार गर्ने परिपाटीका कारण यो क्षेत्र द्विदेशीय रुपमा पनि जोखिममा रहेको छ। 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




समाज

मननपुरको बाँसघारीमा २४ किलो लागु औषध चरेस बरामद

वीरगन्ज । पर्साको पोखरियाबाट सशस्त्र प्रहरीले २४ किलो ५०० ग्राम  लागूऔषध चरेस बरामद गरेको छ ।

मधेश प्रहरी प्रमुख आचार्य सहित ६ जना एआईजीमा बढुवा सिफारिश

काठमाडौं । मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक(डिआईजी) लालमणि आचार्यलाई प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी) पदमा बढुवा सिफारिस गरिएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.