logo

सिंघम जवाफ देउ, लागु औषधका डेढ सय बोतल कसरी रातोमाटे पुग्यो

      5/1/2020 गते 00 00 मा प्रकाशित     3013   पटक पढिएको

बीरगंज १९ बैशाख ।
हेटौडा उप महानगरपालिका वडा नम्बर १५ पुर्व पश्चिम लोकमार्गको रातोमाटे बाट प्रहरीले बिहिवार लागुऔषध सहित ट्याङकर चालकलाई पक्राउ गर्यो ।

तेल रक्सौलबाट लोड भएको हो । नेपालबाट पैसा बोकेर हिडने लाल बाबु यादवलाई रक्सौलबाट पैसा लिएर आउदै गर्दा समातेको मुचुल्का बनाउने इनर्वा प्रहरीले लागु औषध निर्वाध जान दिदो रहेछ भन्ने कुराको पुष्टि यही काण्डले गरेको छ । 

 


नागरिकको शान्ति सुरक्षा कायम गर्न ,अनधिकृत कारोवार रोक्न इनर्वा प्रहरी चौकीमामा कमाण्डरको पेष्टिङ भएको हो की तस्करीको धन्दा निर्वाध चलाउन ? अहिले यो प्रश्न पेचिलो भएको छ ? 

 


भारतीय चलचित्र सिंघमको पात्र “प्रहरी इन्सपेक्टर सिंघम” जस्तै हु भन्न रुचाउने प्रहरी नायव निरिक्षक बैद्यनाथ दास इनर्वा प्रहरी चौकीका इन्चार्ज हुन ।

 

इन्जार्च भएको नाताले लागू औषधका बोत्तलहरु कसरी रातोमाटे सम्म पुगे भन्ने प्रश्नको पहिलो जवाफ दिने आधिकारीक जिम्मेवार ब्यक्ति हुन । “सिंघम” जवाफ देउ विनसिरेक्स १ सय एम एलको १ सय ५५ वटा बोतल कसरी रातोमाटे पुग्यो ?

प्रहरीले  बिहिवार रक्सौल तर्फबाट काठमाण्डौतर्फ जाँदै गरेको ना ३ ख ६४६६ नम्बरको  ट्याङकरको तेल निकाल्ने लकिङ बक्समा लुकाई छिपाई लगिएको लागु औषध विनसिरेक्स १ सय एम एलको १ सय ५५ वटा बोतल फेला परेको थियो । 

 


प्रहरीले मकवानपुर  जिल्लाको थाहा नगरपालिका .४ घर भई हेटौंडा उपमहानगरपालिका .४ मा डेरा गरि बस्ने ३३ वर्षीय मान बहादुर थोकर र सोही ठाउँ कै ४५ वर्षीय सेते लामा पनि पक्राउ गरेको छ ।


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.