बीरगंज १९ बैशाख ।
रुपन्देहीको कोेटहिमाईका एक युवामा कोरोना पुष्टि भएको प्रदेश ५ सरकारका प्रवक्ता बैजनाथ चौधरीले बताउनुभयो ।
बैशाख ५ गते लकडाउनकै समयमा खुल्ला सीमानाको फाईदा उठाउदै नेपाल पसेको युवामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । ती युवालाई त्यहीको क्वारेन्टिनमा राखिएको थियो ।
भैरहवामा रहेको क्षेत्रीय प्रयोगशालामा गरिएको पिसिआर परिक्षणमा कोरोना पुष्टि भएको मन्त्री चौधरीले बताउनु भयो ।
संक्रमित युुवा बुटवलको रामनगरमा रहेको कोरोना बिशेष आइसोलेशन अस्पतालमा रहेका छन । त्यसैगरी नेपालगन्जमा पनि १ जनामा कोरोना भइरसको संक्रमण पुष्टि भएको छ ।
रुपन्देहीमा फेला परेका युवाको उमेर २५ वर्ष रहेको छ भने नेपालगंजमा फेला परेका ब्यत्तिको उमेर ६० वर्ष रहेको छ ।
पछिल्ला दिनमा नेपालगन्जमा गरिएको धार्मिक संस्थामा बस्नेहरुको स्वाब टेष्टका क्रममा गरिएका ११ वटा नमूना संकलन मध्ये १ जनामा कोरोना भाइरस पोजेटिभ भेटिएको हो देश भरि संक्रमीतहरुको संख्या ५९ पुगेको छ ।
तपाईको प्रतिक्रिया