logo

मुख्यमंत्रीलाई जिल्लावासीको सवाल “हाम्रा नानीहरुले साइकल कहिले पाउछन ”?

 इसीमाना सम्बाददाता     २०७९ सावन २२ गते ०१: २४ मा प्रकाशित     724   पटक पढिएको

बेटी बचाउ बेटी पढाउ मधेश प्रदेशको मौलीक कार्यक्रम त होइन । यही नारा सहितको कार्यक्रम भारतको केन्द्रीय सरकारले २२ जनवरी २०१५ बाट शुरु गरेको थियो ।

 

यसको मुख्य उद्देश्य लैगिंक अनुपातमा सुधार ल्याउनु थियो । भारतमा प्रति हजार पुरुषमा ९ सय १८ महिलाको अनुपात रहेको छ ।

 

भारतको जनसंख्याको बृद्धि तेज रफ्तारमा भएपनि लैगिक अनुपात भने बढदो छ । यो परियोजनालाई भारतमा महिला एवं बाल विकास मंत्रालय ,स्वास्थ्य मंत्रालय ,परिवार कल्याण मंत्रालय एवं मानव संसाधन विकास मंत्रालयले संयुक्त रुपमा संचालन गर्छन । यसका उद्देश्य रणनीतिहरुमा पनि तय भएका छन ।

 

नेपालमा मधेश सरकारले सत्तारोहण हुने बित्तिकै यही कार्यक्रम कपी गरेको थियो र “बेटी बचाउ बेटी पढाउ” कार्यक्रम घोषणा गरेको थियो । यो कार्यक्रमलाई राष्ट्रपती बिद्यादवी भण्डारीले समेत बीरगंजमा आयोजीत एक कार्यक्रम मार्फत प्रशंसा गरेकी थिइन ।

मुख्यमंत्रीको कार्यालयबाट संचालन भएको यो “बेटी बचाउ बेटी पढाउ” कार्यक्रममा कक्षा ८ भन्दा माथि अध्ययनरत छात्रालाई साइकल बितरण गर्ने कायृक्रम अगाडि सारियो । त्यो कार्यक्रममा अनियमतिता भएको भन्दै अख्तियारले मुख्यमंत्री कार्यालयमा छापा मारेर अनुसन्धान गरि अहिले बिशेष अदालतमा मुद्धा दायर भएको छ ।

 <bottom>

प्रदेश सरकारले ०७८ साउन बाट साइकल बितरण रोकेको छ । छोरी बिमा कार्यक्रम पनि स्थगीत गरेको छ । ०७८ साउन २४ मा एक सूचना प्रकाशन गरि साइकल बितरण रोकिएको सूचना निकालेको मुख्यमंत्रीको कार्यालयले ०७८ मंसीर ८ मा बिद्यालयसंग साइकल बुझेको भरपाई लिएर साइकल दिएको छैन ।


बितरण स्थगीत गरिएको भएपनि बिदालयलाई साइकल बुझेको भरपाई बनाउन लगाएर लिने तर साइकल नदिनु अनियमितताको पराकाष्ठा हो । मुख्यमंत्री राउतको गृह जिल्लाका बिद्यालयहरुमा यस्तो गरिएको छ ।


साइकल बितरण कार्यक्रम रोकिएपछि मात्र पर्सा जिल्लामा मा १२ वटा सामुदायिक विद्यालयका ५ सय ८० जना छात्राले साइकल पाउने गरि मुख्यमंत्री कार्यालयले बिद्यालयबाट भरपाई लिएको छ बितो महतो जनता मावि, जीतपुर, नौकाटोलामा ४२, नेरा आधाभूत विद्यालय, कठकुइया, वसन्तपुरमा २१, सरस्वती आधारभूत विद्यालयमा २२, शारदा मावि, बहुअरी सुगौलीमा १ सय १०, मावि नेरामावि बगही, दीपनारायण नमूना मावि, औराहा, पंचगावाँमा गरी ५ सय ८० जना छात्राले साइकलको कूपन पाएका थिए । कुपन पाए तर साइकल पाएनन ।


दीपनारायण मावि, औराहाका प्रधानाध्यापक शिवनाथ महतोले साइकल पाएको भरपाई दिएको तर अहिलेसम्म साइकल नपाएको गुनासो गरे । मुख्यमंत्री कार्यालयमा अख्तियारले छापामारी गरेपछि मुख्यमंत्री र उनको पार्टी जसपाले दुराशाय राखेर अख्तियारले छापामारेको भन्दै बिरोधमा उत्रिएका थिए ।

तर अख्तियारले भ्रष्टाचार भएको ठहर गर्दै मुद्धा दायर गरेपछि मुख्यमंत्री र जसपाको नैतीक धरातल खुस्किएको छ । जसपा, नेपाल सधैं अनियमितता, भ्रष्टाचार, कमिसनतन्त्र, माफियातन्त्र र लुटतन्त्रको विरुद्ध सुशासन र सदाचारको पक्षमा रहेको कुरा सर्वविदितै छ ।

 

त्यतीबेला जसपका कार्यालय सचिव प्रकाश अधिकारीले जारी गरेको बिज्ञप्तिमा उल्लेख थियो । जसपाले जसको बिरोधमा बिज्ञप्ति निकालेको थियो अविछिन्न रुपमा स्थायी रुपमा चलेको मधेश प्रदेशको उसको सरकारले त्यही गरेको अहिले पुष्टि भएको छ ।

 

कथनी र करनीमा फरक देखिए पछि मुख्यमंत्रीको बचाउवमा जुलुशमा उत्रिएका कार्यकर्ताहरुमा पनि निराशा छ । मुख्यमंत्री राउत यतिवेला गृह जिल्लाका कार्यक्रममा ब्यस्त छन । उनलाई जिल्लाबासीले हाम्रा नानीहरुल साइकल कहिले पाउछन भन्दै प्रश्न गरिरहेका छन । मुख्यमंत्री नाजवाफ छन ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

पर्सागढीबाट जुवाडे पक्राउ सार्बजनिक शान्ति विरुद्दको कसुरमा मुद्धा चल्ने

वीरगंज । पर्सागढीको विरुवागुठीमा दिलमाया तामाङले सञ्चालन गरेकी गौरो कटेज खाजा पसलबाट चार जना ब्यक्तिहरु जुवा खेलीरहेको अवस्थामा पक्राउ परेका छन ।

महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परि एसइ परिक्षा दिएर फर्किएका बिद्यार्थीको मृत्यु

बर्दिवास । महोत्तरीको जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा मा मोटरसाइकल दुर्घटनामा परि तीन जना बिद्यार्थीको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.