logo

कोभिड १९ को महामारिमा अग्रपंक्तिमा रहेर खट्ने डा.झा बिश्वका पाँच महिलामा सुचीकृत

      5/2/2020 गते 00 00 मा प्रकाशित     1320   पटक पढिएको

बीरगज २० बैशाख ।
जनस्वास्थ्य प्रयोगशाला, टेकुका निर्देशक डा.रुना झा कोरोेना भाइरसको संक्रमणको बिश्वब्यापी महामारीमा अग्रपंक्तिमा रहेर लडने बिश्वका पाँच महिला मध्य पर्नु भएको छ । उहाँ जनस्वास्थ्य प्रयोगशाला, टेकुको प्रमुख प्याथोलोजिस्ट पनि हुनुहुन्छ ।

 

राष्ट्र संघले  कोभिड–१९ को महामारीका बीच अग्रपंक्तिमा खटिने बिश्वका पाँचजना महिलालाई सूचीकृत गरेको हो । त्यही सूचीमा डा. झा पर्नु भएको हो । 


जनस्वास्थ्य प्रयोगशाला, टेकु नेपालमा सरकारी स्तरको एक मात्र आधिकारिक प्रयोगशाला हो । डा. रुना झा सम्मिलित टोलीले दैनिकरुपमा ७० वटा कोभिड–१९ संक्रमणको परीक्षण गर्दै आएको छ । मुलुक भरिबाट जुन सुकै समयमा आउने नमूना,परीक्षणका लागि उहाँ  र  उहाँको समुह  तयार हुन्छ ।

 

अवेला सम्म प्रयोगशालामा बस्नु डा.झाकालागि अव सामान्य भएको छ । प्रयोगशालाको प्रमुख भएको नाताले प्राविधिक काम बाहेक त्याहाको ब्यवस्थापना अन्य प्राविधिक ,कर्मचारीहरुको परिचालन खाना  यातायात सबै कुरा उहाँले नै हेर्नु पर्ने अवस्था छ ।

 
 आफ्नो टोलीको निगरानी र हेरचाह गर्नु डा.  झाका लागि प्राथमिक विषय हो ।  चीनको वुहानबाट १७५ जना नेपाली विद्यार्थीलाई स्वदेश फर्काइदा आवासीय सुविधासहितको क्वारेन्टाइनमा प्रवेश गर्ने उहाँको टोली पहिलो हो ।उहाँको टोलीले नै रातभरि काम गरेर १७५ जनाको नमूना संकलन गरेको थियो । 


महामारी सुरु भएको महिना बितेको छ । डा. झासहितको टोलीले आफ्नो अधिकत्तम योगदानलाई निरन्तरता दिदै आइरहेको छ  ।

 

डा. झा को परिश्रम आँट र पेशाप्रतिको इमान्दारतीका कारण युएनले समेत उहाँलाई अग्रमोर्चाको पहिलो पाँच महिलाहरुको पंक्तिमा सुचीकृत गरेको छ । यो खालको परिश्रमबाट आम नेपालीलाई गौरव गर्न लायक अवस्था सृजना गर्नु हुने डा.झालाई इसीमाना डटकम परिवारको हार्दिक बधाई
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

खाद्य स्वच्छता मापदण्ड उल्लंघन गरे वीरगंजका तीनवटा मिठाई पसललाई २०/२० हजार जरिवाना

वीरगञ्ज । खाद्य स्वच्छता सम्बन्धी मापदण्ड उल्लङ्घन गरेका तीनवटा पसललाई २०/२० हजार रुपैया जरिवाना गरिएको छ । वीरगञ्ज महानगरपालिका–६ माईस्थानस्थित सञ्जय खोवा भण्डार, गणेश मिष्ठान भण्डार तथा वीरगञ्ज महानगरपालिका–११ रानीघाटस्थित सम्भु लड्डु तथा मिष्ठान भण्डार लाई जरिवाना गरिएको हो ।

सेस्मी इन्टरनेशनल स्कुलको एसईई परिक्षामा सहभागि सबै बिद्यार्थी सफल

वीरगञ्ज। सेस्मी इन्टरनेशनल स्कुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा शतप्रतिशत  नतिजा हासिल गर्दै उत्कृष्ट शैक्षिक उपलब्धि प्राप्त गरेको छ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.