logo

नेपाल प्रहरी र बनरक्षकप्रतिको बिश्वास संकटमा,सालको काठको चोरी निकासी बढदो

      5/2/2020 गते 00 00 मा प्रकाशित     1106   पटक पढिएको

बीरगंज २१ बैशाख ।
पटेर्वा सुगौली गाउँपालिकाको वडा नं २ को लक्ष्मीपुर हुदै निकासी भइरहेको काठ सशस्त्र प्रहरीको गस्ती टोलीले शनिवार समात्यो ।

 

राष्ट्रिय वनजङ्गलबाट चोरी तस्करी गरी गोलिया लिएर सखुवाप्रसौनी गाउँपालिकाको वडा नं ३ कौवावन टोलतर्फ लैजाँदै गरेको अवस्थामा शसस्त्र प्रहरीले गोलीया काठ समातेको हो ।

 

बिशेष सूचनाको आधारमा प्रहरी पुगेपछि तस्करहरू फरार भएका थिए । रंगपुर बजारमै प्रहरी चौकी छ । रंगपुरमा रेन्जपोष्ट पनि छ । लक्ष्मीपुरको दक्षीणमा पर्सागढी नगरपालिकाको  एकटांगमा इलाका प्रहरी छ ।

 

यो वीचमा काठ तस्करहरुको चलखेल निकै बढेको छ । जंगलमा पसेर तस्करले  निर्वाध  सालको रुख ढालेर काठको अबैध निकासी गरिरहेका छन । सूचनादाताले समेत नेपाल प्रहरी र बनरक्षकलाई भर नगरेर सशस्त्र प्रहरीलाई सूचना दिन थालेका छन ।

 

त्यही सूचनाको आधारमा डकैला बहुवरीमा रहेको सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्प बागेश्वरी तित्रौनाका सशस्त्र प्रहरी निरीक्षक ईश्वर अधिकारी नेतृत्वको गस्ती टोलीले ३ थान सालको गोलियासहित तीनवटा साइकल  जंगल छेउको बस्तिमा गएर समातेको हो ।

 

लक्ष्मीपुरबाट डकैला बहुवरी करिब ७ किमी टाढा छ तर ढेडकिमी दुरीमा रहेको प्रहरी चौकी र रेन्जपोष्ट आफनो क्षेत्रमा भइरहेको गैरकानूनी कामको बारेमा बेखवर हुन्छ । 

 

 प्रहरी पुगेपछि तस्करहरू फरार भएका थिए। बरामद काठ करीब १५ क्युफिट रहेको सप्रनि अधिकारीले बताउनु भयो । काठ र साइकल रङ्गपुरटाँडी सबडिभिजन वन कार्यालयमा बुझाइएको रङ्गपुरटाँडीका रेन्जर कपिलदेव यादवले बताउनु भयो  ।

 

रेन्जपोष्ट र नेपाल प्रहरी लाइन दिने सशस्त्र प्रहरीले समातेर उनीहरुलाई नै बुझाईदिनु पर्ने अबस्था आएको प्रति स्थानीयले आश्चर्य प्रकट गरेका छन । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

भारतीय महिला माथि गोली प्रहार गर्ने शर्मा पक्राउ, प्रहरी अनुसन्धान गर्दै

वीरगञ्ज । एक भारतीय महिलामाथि गोली प्रहार गर्ने ब्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ब्यक्तिको नाम प्रदीप शर्मा रहेको बताइएको छ ।

रौतहटको बसबिट्टी जिङ्गडिया एक महिलालाई  बोक्सीको आरोपमा चारपाटे मुडेर निर्घात कुटपिट

रौतहट।  रौतहटको गरुडा नगरपालिका–८ बसबिट्टी जिङ्गडिया निवासी ५५ वर्षीय सुशीला देवीलाई  बोक्सीको आरोपमा कुटपिट सहित अमानवीय व्यवहार गर्नेहरु फरार भएका छन ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.