logo

दालको कालोबजारी गरेको आरोपमा बीरगंजका अग्रवाल बारा प्रहरी हिरासतमा

      5/3/2020 गते 00 00 मा प्रकाशित     1453   पटक पढिएको

बीरगंज २१ बैशाख ।

लकडाउनमा दालको कालोबजारी गरेको आरोपमा बारा प्रहरीले हिजो साँझ बीरगंजबाट एक जना उधोगीलाई पक्राउ गरेको छ । दालको कालोबजारी गरेको अभियोग लागेका मुक्ति अग्रवाललाई प्रहरीले पक्राउ गरेको हो ।

 

उनी फरार रहेका थिए । खोजी सूचीमा रहेका महावीर दाल उधोगका संचालक उनका पिता भिखमचन्द अग्रवाल फेला नपरेपछि अर्का संचालक छोरा मुक्ति अग्रवाललाई प्रहरीले पक्राउ गरेको हो । दालको कालो बजारी गरेको आरोपमा उनलाई पक्राउ गरिएको बाराका प्रहरी नायव उपरिक्ष गौतम मिश्रले जानकारी दिनु भयो । 


बारा जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका अग्रवालसंग प्रहरीले बयान लिदै छ । बयान लिएर आजै मुद्धा प्रमुख जिल्ला अधिकारी समक्ष पेश गर्ने दवावमा बारा प्रहरी रहेको  छ । 
 

पक्राउ पर्ने उद्योगीहरुमा बाराको परवानीपुर ४ स्थित नारायणी मोडर्न पल्सेस इण्डष्ट्रिजका  सन्चालक मोहनलाल चाचान अग्रवाल र बाराकै छातापिपराको कृष्ण आधुनिक दाल उद्योगका सन्चालक पवन कुमार साह रहेका छन् ।

 

 दाल उत्पादन हुने उधोगले नै कालो बजारी गरेको गुनासोको आधारमा बैशाख ३ गते बाराको स्थानीय प्रशासन र बीरगंज स्थित बाणिज्य तथा उपभोक्ता हित संरक्षण कार्यालयले परावनीपुरमा रहेको  महावीर दाल उधोगमा अनुगमन गरेको थियो । 


अनुगमन टोलीले उधोग संग सम्बन्धीत कागजात बिभागमा पठाएर निर्णय माँग गरेको थियो । उधोगले कालोबजारी गरेको ठहर गर्दै कारवाही गर्न निर्देशन दिएपछि उधोगका संचालकअग्रवाललाई प्रहरीले खोजी गरेको थियो ।

५८ रुपैया खरिद मूल्य रहेको दालाको बिक्री मूल्य ८८ रुपैया कामय गरिएको छ । तर उधोगले ९८ रुपैयामा बिक्री गरेर कालोबजारी गरेको सूचना पाएपछि स्थानीय प्रशासन हर्कतमा आएको थियो । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

भारतीय महिला माथि गोली प्रहार गर्ने शर्मा पक्राउ, प्रहरी अनुसन्धान गर्दै

वीरगञ्ज । एक भारतीय महिलामाथि गोली प्रहार गर्ने ब्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ब्यक्तिको नाम प्रदीप शर्मा रहेको बताइएको छ ।

रौतहटको बसबिट्टी जिङ्गडिया एक महिलालाई  बोक्सीको आरोपमा चारपाटे मुडेर निर्घात कुटपिट

रौतहट।  रौतहटको गरुडा नगरपालिका–८ बसबिट्टी जिङ्गडिया निवासी ५५ वर्षीय सुशीला देवीलाई  बोक्सीको आरोपमा कुटपिट सहित अमानवीय व्यवहार गर्नेहरु फरार भएका छन ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.