logo

महानगर कृषि सामाग्री कम्पनीवीच सहमतीपछि नियन्त्रणमा लिइएका ट्रकहरु फिर्ता

 इसीमाना सम्वाददाता     २०७९ सावन ३० गते ०७: १७ मा प्रकाशित     577   पटक पढिएको

वीरगंज महानगरप्रमुख राजेशमान सिंहले नियन्त्रणमा लिएको रासायनीक मल आज कृषि समाग्री कम्पनीले प्राप्त गरेको छ ।

 

कम्पनीका मधेश प्रदेश प्रमुख चन्द्रप्रसाद चौलागाई र वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलकावीच रसायीनक मलका बिषयमा भएको छलफलमा सहमती जुटेपछि मल कम्पनीले प्राप्त गरेको हो ।

कृषि समाग्री कम्पनी लिमिटेडको वीरगन्ज १६ नगवाको भुटनदेवी मन्दीर सगै रहेको गोदामबाट आइतबार महानगर प्रमुखले ४ वटा ट्रक र ट्याक्टरमा मल नियन्त्रणमा लिएका थिए ।


महानगरपालिका प्रमुख प्रशासकिय लक्ष्मी प्रसाद पौडेल र कृषि समाग्री कम्पनीका प्रादेशिक प्रमुख चन्द्र प्रसाद चौलागाइ बिच सोमबार भएको छलफलमा ४ बुन्दे सहमती भएपछी मल सहित ट्रक फिर्ता गरिएको हो ।

वीरगन्ज महानगरपालिका मार्फत कृषकलाइ उपलब्ध गराउदै आएकोमा थप ६ हजार बोरा युरिया मल यहि साताभित्र उपलब्ध गराउने, कलकत्ताबाट आयात हुने युरिया मल मध्ये ४ हजार बोरा थप मल उपलब्ध गराउने सहमती भएको छ ।

त्यसैगरि, कम्पनीले उपलब्ध गराउने थप युरिया मल वितरणको लागि नया प्रणाली मार्फत वीरगन्ज महानगरको रोहबरमा उपलब्ध गराउने र सोको अनुगमन तथा नियमन महानगरपालिकाले नै गर्ने र महानगरपालिका नियन्त्रणमा रहेको मल फिर्ता गर्ने सहमती भएको सहमती पत्रमा उल्लेख छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.