logo

महानगर कृषि सामाग्री कम्पनीवीच सहमतीपछि नियन्त्रणमा लिइएका ट्रकहरु फिर्ता

 इसीमाना सम्वाददाता     २०७९ सावन ३० गते ०७: १७ मा प्रकाशित     612   पटक पढिएको

वीरगंज महानगरप्रमुख राजेशमान सिंहले नियन्त्रणमा लिएको रासायनीक मल आज कृषि समाग्री कम्पनीले प्राप्त गरेको छ ।

 

कम्पनीका मधेश प्रदेश प्रमुख चन्द्रप्रसाद चौलागाई र वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलकावीच रसायीनक मलका बिषयमा भएको छलफलमा सहमती जुटेपछि मल कम्पनीले प्राप्त गरेको हो ।

कृषि समाग्री कम्पनी लिमिटेडको वीरगन्ज १६ नगवाको भुटनदेवी मन्दीर सगै रहेको गोदामबाट आइतबार महानगर प्रमुखले ४ वटा ट्रक र ट्याक्टरमा मल नियन्त्रणमा लिएका थिए ।


महानगरपालिका प्रमुख प्रशासकिय लक्ष्मी प्रसाद पौडेल र कृषि समाग्री कम्पनीका प्रादेशिक प्रमुख चन्द्र प्रसाद चौलागाइ बिच सोमबार भएको छलफलमा ४ बुन्दे सहमती भएपछी मल सहित ट्रक फिर्ता गरिएको हो ।

वीरगन्ज महानगरपालिका मार्फत कृषकलाइ उपलब्ध गराउदै आएकोमा थप ६ हजार बोरा युरिया मल यहि साताभित्र उपलब्ध गराउने, कलकत्ताबाट आयात हुने युरिया मल मध्ये ४ हजार बोरा थप मल उपलब्ध गराउने सहमती भएको छ ।

त्यसैगरि, कम्पनीले उपलब्ध गराउने थप युरिया मल वितरणको लागि नया प्रणाली मार्फत वीरगन्ज महानगरको रोहबरमा उपलब्ध गराउने र सोको अनुगमन तथा नियमन महानगरपालिकाले नै गर्ने र महानगरपालिका नियन्त्रणमा रहेको मल फिर्ता गर्ने सहमती भएको सहमती पत्रमा उल्लेख छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

पर्सागढीबाट जुवाडे पक्राउ सार्बजनिक शान्ति विरुद्दको कसुरमा मुद्धा चल्ने

वीरगंज । पर्सागढीको विरुवागुठीमा दिलमाया तामाङले सञ्चालन गरेकी गौरो कटेज खाजा पसलबाट चार जना ब्यक्तिहरु जुवा खेलीरहेको अवस्थामा पक्राउ परेका छन ।

महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परि एसइ परिक्षा दिएर फर्किएका बिद्यार्थीको मृत्यु

बर्दिवास । महोत्तरीको जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा मा मोटरसाइकल दुर्घटनामा परि तीन जना बिद्यार्थीको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.