logo

स्व.सुवोध पत्रकारिता पुरस्कारवाट पत्रकार देवकोटा पुरस्कृत

 इसीमाना सम्वाददाता     २०७९ भदौ १ गते ०४: २८ मा प्रकाशित     576   पटक पढिएको


यस वर्षको सुवोध पत्रकारिता पुरस्कारबाट सामुदायिक रेडियो नारायणी एफएमका कार्यकारी अध्यक्ष गोविन्द देवकोटा पुरस्कृत भएका छन । नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा बुधवार विहान आयोजीत एक कार्यक्रमकावीच पत्रकार देवकोटालाई पुरस्कृत गरिएको हो । ५१ हजारको पुरस्कार राशी र सम्मान पत्रले कार्यक्रमका प्रमुख अतिथि प्राध्यापक वासुदेलाल दासले देवकोटालाइ पुरस्कृत गरेका हुन ।

 


पर्सेली पत्रकारिताको ब्यवसायीक बिकासमा वीरगंज महानगरपालिकाको अवैतीनक सल्लाहकार हुदा आमसंचार ऐन बनाएर लोककल्याणकारी बिज्ञापन वितरणको महत्वपूर्ण काममा योगदान गरेकोले प्रतीक प्रकाशन समुहले स्थापना गरेको पुरस्कार यो वर्ष देवकोाटालाई प्रदान गरिएको हो ।

 


वीरगंज महानगरपालिका नेपालकै पहिलो स्थानीय सरकार हो जसले वीरगंजबाट प्रकाशीत, प्रशारीत संचार माध्यमलाई लोक कल्यणकारी बिज्ञापन उपलब्ध गराउदै आएको छ ।

 

वीरगंजबाट प्रकाशन हुँदै आएको प्रतीक दैनिक पत्रिकाको ३६ औं बार्षिक उत्सवको अवसरमा बुधबार आयोजित कार्यक्रममा उक्त पुुरस्कार देवकोटालाइ प्रदान गरिएको हो ।

 

वीरगंजका फोटो पत्रकार स्वर्गीय सुबोध सिंहको स्मृतिमा प्रतीक प्रकाशन समुहले स्थापना गरेको उक्त पुरस्कार हरेक वर्ष एक जना पत्रकारलाइ प्रदान गरिदै आएको छ ।

 

यस्तै प्रतीक दैनिकको उत्कृष्ट संवाददाताको रुपमा पत्रकार रोधश्याम पटेल, उत्कृष्ट कर्मचारीको रुपमा मोहन दास तत्वा र स्तम्भकार विश्वराज अधिकारीलाई पनि नगद र कदरपत्र सहित सम्मानित गरिएको छ ।

 

प्रतीक प्रकाशन समूहकी अध्यक्ष विन्दु शर्माको अध्यक्षतामा भएको कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल, सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेल, वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष सुवोध गुप्ता, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य के.सी. लामिछाने, मधेस प्रदेश महासचिव श्याम बन्जारा, प्रतीक दैनिकका प्रधान सम्पादक जगदीश प्रसाद शर्मा लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन पत्रकार प्रताप श्रेष्ठले गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.