logo

बीरगंजमा लकडाउन कर्मकाण्डी हुदै,प्रहरीकै सहभागितामा लकडाउन तोडियो

      5/4/2020 गते 00 00 मा प्रकाशित     1092   पटक पढिएको

बीरगंज २२ बैशाख

 यो दृश्य लकडाउनको ४२ औ दिनको दिनमा बीरगंजको घण्टाघर भन्दा पूर्व जाने बाटोको दक्षीण साइडमा रहेको कृषि बिकास बैंकको ढोकाको हो ।

 

सामाजिक सुरक्षा भत्ता लिनकालागि जेष्ठ नागरिक र महिलाहरुको भिड लागेको छ । लकडाउनको मुल मंत्र सामाजिक दुरी हो । तर दृश्यमा सामाजिक दुरी कायम गरिएको देखिदैन ।

 

प्रहरीको गाडी छ, प्रहरी पनि छ, तर प्रहरी भित्रका कथित “सिंघम” नभएर होला लकडाउनको यो ब्यवस्थापनले प्रहरीको उपस्थितिलाई कुरी कुरी भनेको छ । 

 

पर्सामा संक्रमतीहरु फेला पर्ने क्रम बढदो छ । तर लकडाउन कर्मकाण्डी हुदैछ । कोरोना बढी प्रभावित क्षेत्रमा बीरगंज पदर्छ । याहाको लकडाउनको अवस्था देखेर कतिपय मान्छेहरु बीरगंज बाहिर जान खोज्दै छन । त्यसकालागि पास बनाई माग्नेहरुको सिफारिश बढेर गएको छ । 


लकडाउनलाई पून परिभाषित गर्न र त्यसको प्रभावकारी कार्यान्वयनमा चुक्न नहुने अहिलेको अवस्था छ ।  कोरोनाले अली बढी छिटो आक्रमण गर्न सक्ने भनेर चर्चा गरिएका जेष्ठ नागरिकलाई सकडमा सामाजिक दुरी कायम नगरि प्रहरी आफै उभिएर लामो समय सम्म राख्नुले पनि प्रहरी लकडाउन प्रति सम्बेदनशिल नभएको देखाउछ । यसको सार्वजनीक आलोचना हुन थालेको छ ।

 

सामाजिक संजालमा यस किसीमको लकडाउन बांट सुरक्षित रहन सकिदैन भन्ने टिप्पणी हुन थालेका छन । 
कोरोना भाइरसको संक्रमण फैलीन नदिन सरकारले   आह्वान गरेको बन्दाबन्दीको ४२ दिन आज पुरा हुँदा पनि लकडाउन दुरुस्त हुन सकेको छैन ।

 

वीरगन्जको बाहिरी तथा मुख्य सडकखण्डमा मानिसको चहलपहल न्युन भएपनि भित्री सडकखण्डहरुमा भने चहलपहल अझै जारी छ । मुख्य सडकहरुमा सिमित प्रशासनको निगरानीलाई भित्री क्षेत्रहरुमा पनि बिस्तार गर्न आवश्यक छ ।

 


कतिपय पासधारीहरु कोरोना पासबाटै तर्सिन्छ भने झै गरि सडकमा चक्कर लाइरहेका देखिन्छन । लकडाउनको बेला घरमै रहेर अरुलाई पनि घरमा बस्न अपिल गर्नु पर्ने  राजनीतिक दल ठुलै कर्म गरे झै ठानेर सडकमा आन्दोलनमा उत्रिन थालेका छन । लकडाउन पालनमा प्रशासन निरिह हुदै गएको छ ।

 

बाँके जिल्लामा आज सर्वदलीय बैठक बसेर   भोलि मंगलबार विहान ११ बजेदेखि लागु हुने गरी नेपालगन्जमा निषेधाज्ञा गर्ने निर्णय भएको छ । यो निर्णय भोली मंगलवार बाट  लागू हुने त्याहाका प्रमुख जिल्ला अधिकारी कुमार खडकाले बताउनु भएको छ ।

 

तर बीरगंजमा ठिक भएका कोरोना संक्रमीत पून अस्पताल भर्ना भएको अवस्था छ । संक्रमणको कारण पत्ता लाग्न सकेको छैन । परिक्षणको मात्र बढाउन भूमिका खेल्नु पर्ने निकायहरु ढुक्क देख्नु पर्ने अवस्था छ । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

समाज

९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा,उपाध्यक्ष र प्रशासकीय अधिकृत मण्डलद्वयसहित अन्य पनि निलम्बनमा

जनकपुरधाम ।  धनुषाको धनौजी गाउँपालिकाकी वर्तमान उपाध्यक्ष, तत्कालिन अध्यक्ष, अधिकृत, लेखासहित ९ जनामाथि विशेष अदालतमा मुद्दा दायर भएको छ ।

करेन्ट लागेर रौतहटको शितलपुरका ३० वर्षिय युवाको मृत्यु

चन्द्रपुर । रौतहटमा बिहिवार  बिहान करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । फतुवा बिजयपुर २ शितलपुरका ३० वर्षीय रोहित साह सोनारको करेन्ट लागेर मृत्यु भएको हो ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.