बीरगंज २२ बैशाख
१४ वर्षिया वालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कालिकामाई गापा–३ हरिहरपुरबिर्ता निवासी २२ वर्षीय दीपेन्द्र चौरसियालाई गिरफ्तार गरेको छ ।
उनी बिरुद्ध जिल्ला प्रहरी कार्यालय पर्साले जबरजस्ती करणीको कसूरमा मुद्धा दर्ता गरि अनुसनधान अगाडि बढाएको छ ।
बैशाख १९ गते दीपेन्द्र चौरसियालाई कुटपीट गरेको आरोपमा इलाका प्रगिरफ्तारी पछि नै चौरसियाले बलात्कार गरेको घटना सार्वजनीक भएको हो । बलात्कार गरेकै कारण चार युवाले चौरसियालाई कुटपीट गरेका थिए ।
घटना बैशाख १९ गते भएको हो । चौरसिया सहित पाँचै जनालाई प्रहरीले सोही दिन गिरफ्तार गरेको हो । बलात्कारको आरोप लागेका चौरसियाको तर्फबाट पनि उनको पक्राउविरुद्ध प्रदर्शन भएको थियो ।
प्रहरीले इलाका प्रहरी कार्यालय पोखरिया ,सशस्त्र प्रहरी र आसपासका प्रहरी चौकीहरूबाट थप मद्धत लिएर चौरसियासमेत पाँचैजनालाई पोखरिया ल्याएको र त्यहाँबाट वैशाख २० गते जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइएको थियो।
इप्रका पोखरियामा घटनाबारे सोधपूछको क्रममा आरोपित चौरसियाले आफूले बलात्कार नगरेको बयान दिएको प्रनि चन्द्र सिंहले बताउनु भयो ।
जिल्ला प्रहरी कार्यालय पर्साले बलात्कृत बालिकाको स्वास्थ्य परीक्षण गराउँदा बलात्कार पुष्टि भएपछि चौरसियाविरुद्ध जबरजस्ती करणीको मुद्दा दायर गरेको प्रहरी प्रवक्ता डिएसपी बीरेन्द्र शाहीले बताउनु भयो ।
बलात्कार आरोपित चौरसियालाई कुटपीट गर्ने २२ वर्षिय इम्तियाज मियाँ, २१ वर्षिय तैयब मियाँ, २७ वर्षिय नौसाद मियाँ र २३ वर्षिय मुस्तकिम मियाँ हाल जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा छन ।
तपाईको प्रतिक्रिया