logo

महानगरको प्रस्तावना स्वास्थ्यमंत्रालयद्वारा स्वीकृत,अन्तत गण्डकमा कोभिड अस्थायी अस्पताल संचालन हुने

      5/5/2020 गते 00 00 मा प्रकाशित     1490   पटक पढिएको

बीरगंज २३ बैशाख ।

बीरगंज महानगरपालिकाको कोभिड अस्पताल समबन्धी प्रास्तवनालाई संघीय सरकारको स्वास्थ्य मंत्रालयले अनुमती प्रदान गरेको छ ।

 

मंगलवार मंत्रीस्तरीय निर्णयबाट कोभिड अस्पताल संचालनको अनुमती दिएको सम्बिधान सभाका सदस्य एवं नेकपाका नेता बिचारी यादवले जानकारी दिनु भयो ।

 


बीरगंज महानगरपालिकाले गण्डक अस्पतालसंग कोभिड अस्थायी अस्पताल संचालन गर्ने गरि गरेको सम्झौताका आधारमा नारायणी अस्पतालको ब्यानर तथा नेतृत्वमा कोरोना अस्थायी अस्पताल संचालन हुने गरि निर्णय गर्ने स्वास्थ्यमंत्री भानुभक्त ढाकालले बताउनु भएको नेकपा बीरगंज महानगर कमिटीका अध्यक्ष रहव अन्सारीले बताउनु भयो । 

 

बैशाख ६ गते  बीरगंज महानगरपालिका र गण्डक अस्पतालका वीचमा सुविधा सम्पन्न कोरोना अस्थायी अस्पताल संचालनमा ल्याउन सम्झौता भएको थियो ।

 

कोभिड अस्पताल नारयाणी अस्पतालको नाममा संचालन हुनेछ । त्यसको नेतृत्व नारायणीका मेडिकल सुपरिटेण्डेण्टले नै गर्नेछन । अस्पताल संचालनमा आएपछि जोडिएका आवश्यक पूर्वाधारहरु नारायणी अस्पतालकै हुने छन ।

 

संघ सरकारले कोभिड अस्थायी अस्पताल संचालनकालागि स्रोत उपलब्ध गराउने छ । अन्य ब्यवस्थापन भने बीरगंज महानगरले गर्ने गरि स्वास्थ्य मंत्रालयले कोभिड अस्पताल संचालनको अनुमती दिने भएको नेकपाका पोलिटब्यूरो सदस्य नागेन्द्र चौधरीले जानकारी दिनु भयो । 


यस अघि नारायणी अस्पताललाई पूर्वत संचालन गर्न माँग गर्दै सबै राजनीतिक दलहरुले आफना मत सार्वजनीक गरेका थिए । महानगरको नेतृत्वमा सर्वदलीय रुपमा स्वास्थ्य मंत्रालयमा ज्ञापन समेत बुझाइएको थियो ।

 

कतिपय ब्यक्तिहरुले लकडाउनको पालना गर्दै आँफनै आँगनमा बसेर धर्ना समेत दिएका थिए । मंगलवार नेकपाका नेता नागेन्द्र चौधरीको नेतृत्वमा मंत्रालयमा गाएको टोलीले स्वास्थ्य मंत्रीसंग भेटर मध्य तराईका नागरिकले भोगी रहेको स्वास्थ्य समस्याको बारेमा जानकारी गराउदै नारायणी अस्पताललाई पूर्वत संचालनमा ल्याउन माँग गर्नु भएको थियो ।

 

स्वास्थयमंत्री ढकालले  महानगरको सम्झौतालाई आधार मानेर कोभिड अस्पताल संचालनको निर्णय लिने प्रतिवद्धता जनाउनु भएको थियो । अस्पताल संचालन सम्बन्धी पत्राचार आजै हुने समिबधान सभा सदस्य यादवले जानकारी दिनु भयो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

खाद्य स्वच्छता मापदण्ड उल्लंघन गरे वीरगंजका तीनवटा मिठाई पसललाई २०/२० हजार जरिवाना

वीरगञ्ज । खाद्य स्वच्छता सम्बन्धी मापदण्ड उल्लङ्घन गरेका तीनवटा पसललाई २०/२० हजार रुपैया जरिवाना गरिएको छ । वीरगञ्ज महानगरपालिका–६ माईस्थानस्थित सञ्जय खोवा भण्डार, गणेश मिष्ठान भण्डार तथा वीरगञ्ज महानगरपालिका–११ रानीघाटस्थित सम्भु लड्डु तथा मिष्ठान भण्डार लाई जरिवाना गरिएको हो ।

सेस्मी इन्टरनेशनल स्कुलको एसईई परिक्षामा सहभागि सबै बिद्यार्थी सफल

वीरगञ्ज। सेस्मी इन्टरनेशनल स्कुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा शतप्रतिशत  नतिजा हासिल गर्दै उत्कृष्ट शैक्षिक उपलब्धि प्राप्त गरेको छ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.