logo

महानगरको प्रस्तावना स्वास्थ्यमंत्रालयद्वारा स्वीकृत,अन्तत गण्डकमा कोभिड अस्थायी अस्पताल संचालन हुने

      5/5/2020 गते 00 00 मा प्रकाशित     1345   पटक पढिएको

बीरगंज २३ बैशाख ।

बीरगंज महानगरपालिकाको कोभिड अस्पताल समबन्धी प्रास्तवनालाई संघीय सरकारको स्वास्थ्य मंत्रालयले अनुमती प्रदान गरेको छ ।

 

मंगलवार मंत्रीस्तरीय निर्णयबाट कोभिड अस्पताल संचालनको अनुमती दिएको सम्बिधान सभाका सदस्य एवं नेकपाका नेता बिचारी यादवले जानकारी दिनु भयो ।

 


बीरगंज महानगरपालिकाले गण्डक अस्पतालसंग कोभिड अस्थायी अस्पताल संचालन गर्ने गरि गरेको सम्झौताका आधारमा नारायणी अस्पतालको ब्यानर तथा नेतृत्वमा कोरोना अस्थायी अस्पताल संचालन हुने गरि निर्णय गर्ने स्वास्थ्यमंत्री भानुभक्त ढाकालले बताउनु भएको नेकपा बीरगंज महानगर कमिटीका अध्यक्ष रहव अन्सारीले बताउनु भयो । 

 

बैशाख ६ गते  बीरगंज महानगरपालिका र गण्डक अस्पतालका वीचमा सुविधा सम्पन्न कोरोना अस्थायी अस्पताल संचालनमा ल्याउन सम्झौता भएको थियो ।

 

कोभिड अस्पताल नारयाणी अस्पतालको नाममा संचालन हुनेछ । त्यसको नेतृत्व नारायणीका मेडिकल सुपरिटेण्डेण्टले नै गर्नेछन । अस्पताल संचालनमा आएपछि जोडिएका आवश्यक पूर्वाधारहरु नारायणी अस्पतालकै हुने छन ।

 

संघ सरकारले कोभिड अस्थायी अस्पताल संचालनकालागि स्रोत उपलब्ध गराउने छ । अन्य ब्यवस्थापन भने बीरगंज महानगरले गर्ने गरि स्वास्थ्य मंत्रालयले कोभिड अस्पताल संचालनको अनुमती दिने भएको नेकपाका पोलिटब्यूरो सदस्य नागेन्द्र चौधरीले जानकारी दिनु भयो । 


यस अघि नारायणी अस्पताललाई पूर्वत संचालन गर्न माँग गर्दै सबै राजनीतिक दलहरुले आफना मत सार्वजनीक गरेका थिए । महानगरको नेतृत्वमा सर्वदलीय रुपमा स्वास्थ्य मंत्रालयमा ज्ञापन समेत बुझाइएको थियो ।

 

कतिपय ब्यक्तिहरुले लकडाउनको पालना गर्दै आँफनै आँगनमा बसेर धर्ना समेत दिएका थिए । मंगलवार नेकपाका नेता नागेन्द्र चौधरीको नेतृत्वमा मंत्रालयमा गाएको टोलीले स्वास्थ्य मंत्रीसंग भेटर मध्य तराईका नागरिकले भोगी रहेको स्वास्थ्य समस्याको बारेमा जानकारी गराउदै नारायणी अस्पताललाई पूर्वत संचालनमा ल्याउन माँग गर्नु भएको थियो ।

 

स्वास्थयमंत्री ढकालले  महानगरको सम्झौतालाई आधार मानेर कोभिड अस्पताल संचालनको निर्णय लिने प्रतिवद्धता जनाउनु भएको थियो । अस्पताल संचालन सम्बन्धी पत्राचार आजै हुने समिबधान सभा सदस्य यादवले जानकारी दिनु भयो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

भारतीय महिला माथि गोली प्रहार गर्ने शर्मा पक्राउ, प्रहरी अनुसन्धान गर्दै

वीरगञ्ज । एक भारतीय महिलामाथि गोली प्रहार गर्ने ब्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ब्यक्तिको नाम प्रदीप शर्मा रहेको बताइएको छ ।

रौतहटको बसबिट्टी जिङ्गडिया एक महिलालाई  बोक्सीको आरोपमा चारपाटे मुडेर निर्घात कुटपिट

रौतहट।  रौतहटको गरुडा नगरपालिका–८ बसबिट्टी जिङ्गडिया निवासी ५५ वर्षीय सुशीला देवीलाई  बोक्सीको आरोपमा कुटपिट सहित अमानवीय व्यवहार गर्नेहरु फरार भएका छन ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.