बीरगंज २४ बैशाख ।
पोखरिया नगरपालिकाको कार्यालयमा अहिले आगो लागेको छ । कार्यालयको माथिल्लो तलामा आगो लागेको हो । कार्यालय भित्र लगातार केही पड्केको आवाज आइरहेको छ ।
अहिले बारुण यन्त्रले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ । स्थानीय समुदाय र बारुण यन्त्रका कर्मचारीले आगो निभाउने प्रयास जारी राखेका छन । आगो कसरी लाग्यो र त्यसले कति क्षती पुर्याएको छ भन्ने बिववरण आउन बाँकी छ ।
आगलागीको बारेमा युवा नेता सुजीत गिरीले जानकारी गराउदै उनले समुदायलाई सचेत रहन समेत अपिल गरेका छन ।
तपाईको प्रतिक्रिया