logo

मध्य नेपालको छैठौं वार्षिकोत्सव सम्पन्न, समाजका बिभिन्न क्षेत्रमा योगदान दिनेहरु सम्मानीत

 इसीमाना सम्वाददाता     २०७९ भदौ १२ गते ०६: ३४ मा प्रकाशित     558   पटक पढिएको

मध्य नेपाल मिडिया प्रा.ली.को छौठौं वार्षिकोत्सवको अवसरमा समाजको बिभिन्न क्षेत्रमा योगदान दिएका ब्यक्तिहरुलाई एक भब्य समारोहका वीच सम्मानीत गरिएको छ ।

महिला पत्रकारहरुकै सक्रियतामा सञ्चालत मध्यनेपाल मिडिया प्रा।ली।को छैँठौ वाषिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनीहरुलाई सम्मानीत गरिएको हो ।


मध्यनेपाल मिडिया प्रा.ली.की प्रबन्धक एवम् मध्यनेपाल सन्देश साप्ताहिककी सम्पादक कविता खड्काको अध्यक्षतामा भएको कार्यक्रम नेपाल पत्रकार महासंघ महोत्तरी शाखाका का कार्यवाहक अध्यक्ष सुनिता बराललाई दश हजार नगद र सम्मान पत्रद्वारा सम्मन गरिएको थियो ।


कार्यक्रममा महिला उद्यमशीलताको बिकास र प्रर्वद्धनमा योगदान दिएकाले वीरगंज उधोग वाणिज्य संघका अध्यक्ष डा. सुवोध गुप्ता,नेपालकै एक मात्र भोजपुरी भाषामा प्रकाशित हुने पत्रिका भोजपुरी टाईम्सका अजय चौरसिया पत्रिकाका बितरक सशित वरनवाललाई सम्मान गरिएको थियो ।

 

त्यस्तै किरण आँखा अस्पतालका डाक्टर अमर क्याल, नेशनल प्याब्सन पर्साका अध्यक्ष रामराज श्रेष्ठ, होटल व्यवसायी कुबेर कार्की, कमला भण्डारी लाई पनि कदर पत्रसहित सम्मानित गरिएको थियो ।

वाषिकोत्सवका अवसरमा आयोजित ‘नेतृत्वमा युवा कि पाका’ विषयक अन्तरक्रिया गरिएको थियो । कार्यक्रममा वन तथा वातावरण मन्त्री प्रदीप यादव

कार्यक्रमका वक्ताहरुले जोश र जाँगरले भरिएका युवाहरुको सही रुपमा परिचालन गर्नुपर्नेमा जोड दिएका छन् । वक्ताहरुले युवा शक्तिको परिचालन बिना समृद्धि हासिल गर्न नसकिने बताए ।

पाका व्यक्तिको अनुभव र ज्ञानलाई युवा शक्तिले आत्मसाथ गर्न सकेमा मात्रै बिकास र समृद्धि हासिल गर्न सकिने उनीहरुको भनाई थियो ।

मध्यनेपाल मिडिया प्रा.ली.की प्रबन्धक एवम् मध्यनेपाल सन्देश साप्ताहिककी सम्पादक कविता खड्काको अध्यक्षतामा भएको कार्यक्रमलाई प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल,नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहान, सदस्य के.सी .लामिछाने, मधेश प्रदेशका महासचिव श्याम बञ्जारा राष्ट्रिय भुमी आयोग पर्साका अध्यक्ष तबरेज अहमद, पूर्व उपप्रमुख शान्ति कार्की, सलमा खातुन,वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुवोध कुमार गुप्ता, महिला नेतृ रम्भा मिश्र वीरगञ्ज युवा समाजका अध्यक्ष कमल चौगाई, कोपिला चौलागाई, महिला अधिकारकर्मी निला राम लगायतले मन्तव्य व्यक्त गरेका थिए ।


गीता भण्डारीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा तुलसी भण्डारीले कार्यक्रमको उद्देश्यबारे प्रकाश पारेका थिए । कार्यक्रमको संचालन पत्रकार लक्ष्मी खरेलले गरेकी थिइन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.