logo

मधेश प्रदेश संसदीय समितिलाई सरकारको असहयोग, राउत सरकार जताततै भ्रष्टाचारमा चुर्लुम्म डुवेको आरोप

 इसीमाना सम्वाददता     २०७९ भदौ १२ गते ०८: ५८ मा प्रकाशित     563   पटक पढिएको

प्रदेश सभाले बनाएको छानवीन समितिलाई मधेश प्रदेश सरकारले सहयोग नगरेपछि अनुगमन तथा छानविन समितिमा सदस्य रहेकी प्रदेश सभा सदस्य रानी शर्मा तिवारीले राजीनमा दिएकी छन् ।

उनको राजीनमाले सुशासन र पारदर्शीताको राग अलाप्ने लालबाबु सरकारको सक्कली मुहार सार्वजनीक भएको छ । साइकल खरिद प्रकरण, मुख्यमंत्री स्वच्छता अभियान सबैमा अनियमितताको आरोप खेप्दै आएको राउत सरकार मंत्रालयबाट वितरीत सना तथा मझौला योजनामा समेत कमीशन असुल्ने काममा ब्यस्त भएका तिवारीको राजीनमा प्रकरणले संकेत गरेको छ ।

आर्थिक वर्ष २०७८र०७९ मा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले गृहजिल्ला सप्तरीमा २० करोड रूपैयाँ पठाएको भनेर प्रदेशसभा बैठकमा आलोचना भएको थियो ।

 

उक्त योजनामा छानबिनको माग उठेपछि सभामुख सरोजकुमार यादवले संसदीय अनुगमन विशेष समितिलाई १५ दिनभित्र प्रतिवेदन पेस गर्ने गरी अनुमति दिएका थिए ।

तर, समितिका सत्तापक्षीय सदस्यहरूले असहयोगका कारण समितिले प्रतिवेदन पेस गर्न सक्ने अवस्था नरहेको सांसद शर्माले राजीनामा पत्रमा उल्लेख गरेकी छन् । उनले मन्त्रालयले आवश्यक कागजातसमेत उपलब्ध नगराएको उल्लेख गरेकी छिन ।

सप्तरीमा सिँचाइ डिभिजन कार्यालयद्वारा सञ्चालन भएको २० करोडको योजनाको निष्पक्ष अनुगमन तथा छानबिनमा सरकारले सहयोग नगरेको भन्दै उनले राजीनामा दिएकी हुन् ।

 

सिँचाइ डिभिजन कार्यालयले पाएको २० करेडलाई टुक्रा टुक्रा पारी उपभोक्ता समिति मार्फत योजना संचालन गरिएको छ । योजनालाई टुक्रा पारेर उपभोक्ता समिति मार्फत संचालन भएकोमा अनियमितता भएको भन्दै छानविनकालागि आवाज उठेको थियो ।


शर्मा प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा(की सांसद हुन् । समितिमा सत्ता पक्षकै बहुमत रहेको र सत्ता पक्षले गरेका कामहरूको अनुगमन गर्ने क्रममा असहयोग भएको उनको गुनासो छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.