logo

बीरगंजमा दुई महिने शिशुमा कारोना भाइरसको संक्रमण पुष्टि,शिशुमा कसले सार्यो यकिन छैन

      5/6/2020 गते 00 00 मा प्रकाशित     1228   पटक पढिएको

बीरगंज २४ बैशाख ।

नेपालमा पहिलोपटक दुई महिने शिशुमा पनि कोरोना संक्रमण देखिएको छ । वीरगञ्जमा दुई महिने शिशुसहित १७ जनामा कोरोना संक्रमण देखिएको  ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार  पुष्टि गरेको हो । यसभन्दा अघि नेपालगञ्जमा ७ वर्षे बालिकामा कोरोना भाइरस देखिएको थियो ।

शिशुलाई कोबाट कोरोना सरेको हो भन्ने एकिन भइसकेको छैन्। संक्रमित सबैलाई आइसोलेसनमा राखिएको छ  । नेपालमा सबैभन्दा बढी ८१ वर्षीय वृद्धामा संक्रमण देखिएको थियो।

 

काठमाडौंको सनसिटी अर्पाटमेन्टमा बस्ने ती वृद्धा निको भएर घर फर्किनु भएको छ । हालसम्म नेपालमा संक्रमितको संख्या ९९ पुगेको छ ।

 

बुधबार थपिएका १७ जना कोभिड – १९ का संक्रमित वीरगञ्जको एकै परिवारका सदस्य हुन । गएको आइतवार वीरगञ्ज महानगरपालिका ३ छपकैयास्थित त्यही परिवारका ३६ वर्षीय पुरुषलाई कोरोना  को संक्रमण भएको  पुष्टि भएको थियो । त्यसपछि परिवारका सदस्य र उनको सम्पर्कमा आएकाहरूको परीक्षण गरिएको थियो ।

त्यसक्रममा उनको परिवारका सबै सदस्यको रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिनु भयो  । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.