logo

चिकित्सकलाई धम्कीदिनेलाई कारवाही गर्न पर्सा प्रहरीलाई स्थानीय प्रशासनको निर्देशन

 इसीमाना सम्बाददाता      २०७९ भदौ १४ गते ०९: ५६ मा प्रकाशित     963   पटक पढिएको

वीरगंजका चिकित्सकहरुले असुरक्षा भएको भन्दै स्थानीय प्रशासनसंग सुरक्षाको माँग गरेका छन । मंगलवार चिकित्सक संघको पदाधिकारीको नेतृत्वमा गएको एक टोलीले पर्साका प्रमुख जिल्ला अधिकारी उमेश ढकाललाई ज्ञापन पत्र बुझाउदै सुरक्षाको माँग गरेको हो ।

पर्साको छिपहरमाइ गाउँपालिका वडा न. २ चेरगाहाका ३२ वर्षीय फिरोज मियाँको पित्त थैलीमा रहेको पत्थरीको शल्यक्रिया वीरगन्ज हेल्थ केयर हस्पिटलमा साउन २६ गते भएको थियो ।

शल्यक्रया भइसकेपछि उनको स्वास्थ्य अवस्था जटिल बन्यो र थप उपचारका लागि उनलाइ काठमाडौंको मेडिसिटी अस्पतालमा पठाइयो ।

उनको उपचारको क्रममा भदौ ५ गते आइतवार राति मृत्यु भएको थियो । यही बिषयलाई लिएर मृतक पक्षले गरेको प्रर्दशन र दिएको धम्कीका कारण असुरक्षा भएको भन्दै चिकित्सकहरुले सुरक्षाको माँग गरेको नेपाल चिकित्सक संघ नारायणीका सविच डा. नवशादले जानकारी दिए ।


स्थानीय प्रशासनले घटनाको अनुसन्धानकोलागि जिल्ला प्रहरी कार्यालय पर्सालाई निर्देशन दिएको छ । चिकित्सकलाई धम्की दिने र स्वासथ्य उपचारको वतावरण बिगार्ने गतिविधिमा संलग्न भएकाहरुको बिषयमा अनुसन्धान गरि कारवाही गर्न स्थानीय प्रशासनले पर्सा प्रहरीलाई निर्देशन दिएको हो ।

यो निर्देशनसंगै दोषी डा.को कारवाही र क्षतीपूर्तीको माँग गर्दै आन्दोलन र प्रर्दशन गर्ने अगुवाहरुलाई प्रहरीले धरपकड गर्न सक्ने स्रोतको दावी छ । प्रहरीले अभद्र ब्यवहारमा कारवाही चलाउने तयारी गरेको स्रोतको दावी छ ।

चिकित्सकसंघको सफाई र आरोप

भदो ६ गते सोमबार पत्रकार सम्मेलनको आयोजना गरि चिकित्सक संघ नारायणी शाखाका अध्यक्ष डाक्टर मनोज गुप्ताले भने मृतकका आफन्तले लगाएको आरोपको खण्डन गर्दै डाक्टर अन्सारीको पेशागत चरित्र हत्या हुने गरि मिडियामा गरिएको झुठो प्रचारबाजीप्रति आपत्ति जनाए ।


डाक्टर गुप्ताले वीरगन्ज हेल्थ केयरमा उपचारका क्रममा दुरबिन प्रविधिबाट शल्यकृया गर्ने क्रममा आवश्यक सबै सावधानी अपनाउदा पनि मियाँको अत्याधिक रक्तश्राव भएपछि ओपन सर्जरीका माध्यमले रक्तश्राव रोकेर शल्यकृया गरिएको बताए ।

रक्तश्रावका कारण उनमा समस्या नआएको भन्दै डा. गुप्ताले आइसीयुमा उपचारका क्रममा बिरामी सेप्सिसमा गई श्वास प्रश्वासमा समस्या देखिएकाले अस्पतालमा उपलब्ध श्रोतसाधनले नभ्याएपछि मात्रै उनलाई थप उपचारका लागि काठमाडौंको मेडिसिटी अस्पताल रिफर गरिएको गुप्ताले बताए ।


फोक्सो र मुटुमा आएको संक्रमणका कारण उनलाई रेफर गर्नु परेको डा.गुप्ताको भनाई छ । तर मृतक पक्षले डा.को लापरवाहीका कारण मृत्यु भएको दावी गर्दै आएको छ । मृतकका आफन्तको आरोप बाहेक त्यो दावीलाई पुष्टि गर्ने आधार भने अहिले सम्म सार्वजनीक भएको छैन ।

के छ अस्पतालको प्रतिवेदनमा


वीरगंज हेल्थकेयर अस्पतालले शल्यक्रिया मृत्युको कारण नभएको स्पष्ट पारेको छ । अप्रेशन पछि रक्तश्राव नियन्त्रणमा आएको अस्पतालको प्रतिवेदनमा उल्लेख छ ।

अस्पतालले फोक्सो र मुटुमा देखिएको “संक्रमण” नियन्त्रण गर्न नसक्ने अवस्था आएपछि बिशेषज्ञ र प्रचुर साधन र स्रोतको प्रयोग गरि उपचार गर्नकालागि मेडिसीटी अस्पतालमा रेफर गरेको जनाएको छ ।

 

मेडिसीटी अस्पतालले समेत मृत्युको कारण मुटु र फाक्सोको संक्रमण भएको उल्लेख गरेको स्रोतले जनाएको छ । सर्जरी ल्यापसेसका कारण नभई संक्रमण नै मृत्युको कारण भएको मेडिसीटीको प्रतिवेदनमा उल्लेख छ ।

 

ललितपुर जिल्ला प्रहरी कार्यालयले शवको पोस्टमार्टम गर्नु पर्ने मृतक पक्षको भनाईलाई वेवास्ता गर्दै शवको सत्गत्कालागि पत्र उपलब्ध गराएको छ । काठमाण्डौमा शवको पोस्टमार्टम भएको छ । त्यसको प्रतिवेदन सार्वजनीक हुन भने बाँकी छ ।


फिरोजको पारिवारिक समस्या


फिरोजको घर पर्साको छिपहरमाइ गाउँपालिका वडा न. २ चेरगाहा भएपनि लामो समहय देखी उनी परिवारवाट अलग थिए । चाडपर्वमा समेत उनी घर नगई बीरगंज महानगरको वडा नं १४ गण्डक बहुवरीमा रहेको ससुरालीमा बस्ने गर्थे ।

 

काठमाण्डैमा मेनपावर एजेन्सी संचालन गर्दै आएका फिरोज विरामी भएपछि उनको श्रीमती र ससुरालीका परिवारका सदस्यको निगरानीमा वीरगंज हेल्थकेयर अस्पतालमा उनको उपचार शुरु भएको थियो ।

 

फोक्सो र मुटुको संक्रमणका कारण उनको स्वास्थ्य अवस्था बिग्रिदै गएपछि उनलाई थप उपचारकोलागि हेलिकप्टर मार्फत ललितपुर स्थित मेडिसीटी अस्पतालमा लगिएको थियो ।

 

मेडीसीटी अस्पतालमा भएको उपचारको खर्च समेत फिरोजको श्रीमतीले ब्वस्थापन गरेको बताइएको छ । फिरोजले बैदेशीक रोजगारीकालागि पर्सा जिल्लाबाट पनि केही युवाहरुको भिसा प्रक्रिया अगाडि बढाएका थिए । भिसा प्रक्रिया अगाडि बढाउनकालागि उनीहरुले केही रकम समेत दिएका थिए ।

 

करिव ५० जना युवाहरु फिरोज मार्फत बैदेशीक रोजगारीकोलागि बिदेश जाने तयारीमा थिए । उनीहरुले केही रकम समेत फिरोजलाई बुझाएका  थिए । फिरोजको देहान्तसंगै ति युवाहरुको बैदेशीक रोजगारमा जाने तयारी पनि प्रभाभित भएको बताइएको छ ।

उनले आफनो पेशा संचालन गरेर आर्जन गरेको रकम समेत कसले पाउने भन्ने बिषयले यो घटनालाई पेचिलो बनाएको दावी पनि गरिदैछ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

पर्सागढीबाट जुवाडे पक्राउ सार्बजनिक शान्ति विरुद्दको कसुरमा मुद्धा चल्ने

वीरगंज । पर्सागढीको विरुवागुठीमा दिलमाया तामाङले सञ्चालन गरेकी गौरो कटेज खाजा पसलबाट चार जना ब्यक्तिहरु जुवा खेलीरहेको अवस्थामा पक्राउ परेका छन ।

महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परि एसइ परिक्षा दिएर फर्किएका बिद्यार्थीको मृत्यु

बर्दिवास । महोत्तरीको जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा मा मोटरसाइकल दुर्घटनामा परि तीन जना बिद्यार्थीको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.