logo

भूमि आयोग मैदानमा पर्सागढीबाट नापनक्सा शुरु, भूमीहनिले लालपूर्जा पाउने

 इसीमाना सम्वाददता     २०७९ भदौ १५ गते ०९: ५५ मा प्रकाशित     902   पटक पढिएको

राष्ट्रिय भूमि आयोग पर्साले अब्यवस्थित बसोवासलाई ब्यवस्थित बनाउने र जग्गाहिन सुकुम्वासीलाई जग्गाको मालिक बनाउनकालागि जग्गाको नाप नक्सा शुरु गरेको छ ।

 

पर्सागढी नगरपालिकाबाट यो काम मंगलवारबाट आयेगले शुरु गरेको छ । पर्सागढी नपालिकाको वडा नम्बर २ मा नाप नक्सा कार्यको आयोगका अध्यक्ष तवरेज अहमद र नगरप्रमुख गोकर्ण पाठकले संयुक्त रुपमा उद्धघाटन गरेका हुन ।


स्थानीय तहले आफनो तहको भूमीहनि सुकुम्वासी नागरिकको तथ्याकं संकलन र उनीहरुलाई जग्गाको मालिक बनाउकालागि निर्वाह गरेको सक्रियताका कारण पर्सागढीबाट नापजाँचको काम शुरु भएको बताइएको छ ।

पर्सागढीमा जग्गाको नापजाँचसहित अरु पालिकामा अव्यवस्थित बसोबासको व्यवस्थापन तथा भूमिहिन सुकुम्बासी जग्गाको तथ्याङ्क सङ्कलनको काम सुरुआत भएको भूमि आयोग पर्साका अध्यक्ष तवरेज अहमदले जानकारी दिएका छन् ।

 

उक्त वडाको विकास संस्थाबाट जग्गा नापजाँचको कार्य जारी रहेको अहमदले बताए । वडामा यसअघि नै भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई निस्सा वितरण गरिसकिएकाले पहिलो चरणमा वडा २ बाट जग्गा नापजाँच सुरु गरिएको उनले बताए। सबैभन्दा बाक्लो बस्ती भएको टोलबाट जग्गा नापजाँचको काम सुरु गरिएको हो ।

भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यस्थित बसोबासी गरी निवेदन दर्ताको निस्सा वितरण गरिएको छ । चुनाव अगावै पर्सागढी नगरपालिकामा नापनक्साको काम सक्यो योजना रहेको आयोग पर्साका अध्यक्ष अहमदले बताए । पर्सा जिल्लामा एक महानगरपालिका , तीन नगरपालिका र १० वटा गाउंपालिका रहेका छन् ।


भुमी आयोग पर्साका अध्यक्ष तबरेज अहमदको अध्यक्षतामा भएको नापनक्सा उद्घाटन कार्यक्रममा प्रमुख अथिति पर्सागढी नगरपालिकाका प्रमुख गोकर्ण पाठक , उपप्रमुख पुजा चौधरी , आयोगका कर्मचारी , स्थानीयवासी लगायत संचारकर्मीको उपस्थिति रहेको थियो ।

 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.