logo

भूमि आयोग मैदानमा पर्सागढीबाट नापनक्सा शुरु, भूमीहनिले लालपूर्जा पाउने

 इसीमाना सम्वाददता     २०७९ भदौ १५ गते ०९: ५५ मा प्रकाशित     773   पटक पढिएको

राष्ट्रिय भूमि आयोग पर्साले अब्यवस्थित बसोवासलाई ब्यवस्थित बनाउने र जग्गाहिन सुकुम्वासीलाई जग्गाको मालिक बनाउनकालागि जग्गाको नाप नक्सा शुरु गरेको छ ।

 

पर्सागढी नगरपालिकाबाट यो काम मंगलवारबाट आयेगले शुरु गरेको छ । पर्सागढी नपालिकाको वडा नम्बर २ मा नाप नक्सा कार्यको आयोगका अध्यक्ष तवरेज अहमद र नगरप्रमुख गोकर्ण पाठकले संयुक्त रुपमा उद्धघाटन गरेका हुन ।


स्थानीय तहले आफनो तहको भूमीहनि सुकुम्वासी नागरिकको तथ्याकं संकलन र उनीहरुलाई जग्गाको मालिक बनाउकालागि निर्वाह गरेको सक्रियताका कारण पर्सागढीबाट नापजाँचको काम शुरु भएको बताइएको छ ।

पर्सागढीमा जग्गाको नापजाँचसहित अरु पालिकामा अव्यवस्थित बसोबासको व्यवस्थापन तथा भूमिहिन सुकुम्बासी जग्गाको तथ्याङ्क सङ्कलनको काम सुरुआत भएको भूमि आयोग पर्साका अध्यक्ष तवरेज अहमदले जानकारी दिएका छन् ।

 

उक्त वडाको विकास संस्थाबाट जग्गा नापजाँचको कार्य जारी रहेको अहमदले बताए । वडामा यसअघि नै भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई निस्सा वितरण गरिसकिएकाले पहिलो चरणमा वडा २ बाट जग्गा नापजाँच सुरु गरिएको उनले बताए। सबैभन्दा बाक्लो बस्ती भएको टोलबाट जग्गा नापजाँचको काम सुरु गरिएको हो ।

भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यस्थित बसोबासी गरी निवेदन दर्ताको निस्सा वितरण गरिएको छ । चुनाव अगावै पर्सागढी नगरपालिकामा नापनक्साको काम सक्यो योजना रहेको आयोग पर्साका अध्यक्ष अहमदले बताए । पर्सा जिल्लामा एक महानगरपालिका , तीन नगरपालिका र १० वटा गाउंपालिका रहेका छन् ।


भुमी आयोग पर्साका अध्यक्ष तबरेज अहमदको अध्यक्षतामा भएको नापनक्सा उद्घाटन कार्यक्रममा प्रमुख अथिति पर्सागढी नगरपालिकाका प्रमुख गोकर्ण पाठक , उपप्रमुख पुजा चौधरी , आयोगका कर्मचारी , स्थानीयवासी लगायत संचारकर्मीको उपस्थिति रहेको थियो ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.