logo

यादव र चौधरी संघीय सांसदकालागि सर्वसम्मत रुपमा सिफारिश, पर्साको क्षेत्र नं २ मा एमालले सरावगीलाई अगाडि सार्ने

 इसीमाना सम्बाददाता      २०७९ भदौ १८ गते १०: ४० मा प्रकाशित     3316   पटक पढिएको

नेकपा एमालेको पर्सा क्षेत्र नं २ को क्षेत्रीय समन्वय समितिले चार जना नेताको नाम संघीय सासदको प्रत्यक्ष उम्मेदवारमा सिफारिश गरेको छ ।

 

बैठकले पार्टीका जिल्ला इन्चार्ज प्रभू हजरा, केन्द्रीय सदस्य निर्मला देवकोटा, वीरगंज महानगरपालिकाका निर्वतमान मेयर विजय कुमार सरावगी, र बसरुदिद्ध अन्सारीको नाम सिफारिश गरेको समितिका सचिव मनोज कुशवाहाले जानकारी दिए ।

नेकपा एमाले पर्सा क्षेत्र नं ३ को प्रादेशिक क्षेत्र (क) को प्रदेश सभा सदस्य पदकालागि केदारनाथ तिवारी ,नविजान मियाको नाम सिफारिश भएको छ । समानुपातिक उमेश साह कानुको नाम सिफारिश भएको छ ।

त्यस्तै नेपाली कांग्रेस क्षेत्र नं ३ को (ख) को प्रदेश समितिको बैठकले प्रतिनिधि सभाकालागि पूर्वमंत्री सुरेन्द्र प्रसाद चौधरीको एकल नाम सवैसम्मत रुपमा सिफारिश गरेको छ । प्रदेश (ख)कालागि पार्टीका जिल्ला सभापति जनार्दन सिंह क्षेत्रीको नाम एकल उम्मेदवारको रुपमा सिफारिश गरेको छ ।


त्यसैगरि जनता समाजवादी पार्टी नेपालले पर्साको क्षेत्र नम्बर १ बाट वन तथा वातावरणमन्त्री प्रदीप यदवको नाम प्रतिनिधि सभा सदस्य उम्मेदवारको लागी सर्वसम्मत रुपमा सिफारिस गरेको छ ।

शनिबार वीरगञ्जमा बसेको जसपा क्षेत्र नम्बर १ को क्षेत्रीय समितिको बैठकले प्रतिनिधि सभा सदस्य उम्मेदवारको लागि यादवको एकल नाम सिफारिस गरेको हो ।

 

प्रतिनिधि सभाका लागी समानुपातिक तर्फ जमुना यादव, नसीम अख्तर र इमामूल अन्सारीको नाम सिफारिस गरेको छ । त्यसतै १ को (ख) प्रदेश सभामा समानुपातिक तर्फ भिमा यादव, जमिला खातुन, शशी गुप्ता, प्रेमा कुमारी सिंह क्षेत्री, लगायतको नाम सिफारिश गरेको छ ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

प्रधानमन्त्री राहत कोषमा हरिखेतान बहुमुख क्याम्पसको ५ लाखको योगदान

वीरगञ्ज ।  वीरगञ्जस्थित  हरिखेतान बहुमुखी कलेजले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख रुपैयाँ सहयोग गरेको छ।

प्रधानमन्त्री राहतकोषमा बिभन्न बैक, मधेश प्रदेशका पदाधिकारी र ब्यक्तिद्वारा सहयोग रकम उपलब्ध गराइदै

वीररगंज ।ग्लोबल आइएमई बैंकले भोटेकोशी नदीको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.