logo

यादव र चौधरी संघीय सांसदकालागि सर्वसम्मत रुपमा सिफारिश, पर्साको क्षेत्र नं २ मा एमालले सरावगीलाई अगाडि सार्ने

 इसीमाना सम्बाददाता      २०७९ भदौ १८ गते १०: ४० मा प्रकाशित     3158   पटक पढिएको

नेकपा एमालेको पर्सा क्षेत्र नं २ को क्षेत्रीय समन्वय समितिले चार जना नेताको नाम संघीय सासदको प्रत्यक्ष उम्मेदवारमा सिफारिश गरेको छ ।

 

बैठकले पार्टीका जिल्ला इन्चार्ज प्रभू हजरा, केन्द्रीय सदस्य निर्मला देवकोटा, वीरगंज महानगरपालिकाका निर्वतमान मेयर विजय कुमार सरावगी, र बसरुदिद्ध अन्सारीको नाम सिफारिश गरेको समितिका सचिव मनोज कुशवाहाले जानकारी दिए ।

नेकपा एमाले पर्सा क्षेत्र नं ३ को प्रादेशिक क्षेत्र (क) को प्रदेश सभा सदस्य पदकालागि केदारनाथ तिवारी ,नविजान मियाको नाम सिफारिश भएको छ । समानुपातिक उमेश साह कानुको नाम सिफारिश भएको छ ।

त्यस्तै नेपाली कांग्रेस क्षेत्र नं ३ को (ख) को प्रदेश समितिको बैठकले प्रतिनिधि सभाकालागि पूर्वमंत्री सुरेन्द्र प्रसाद चौधरीको एकल नाम सवैसम्मत रुपमा सिफारिश गरेको छ । प्रदेश (ख)कालागि पार्टीका जिल्ला सभापति जनार्दन सिंह क्षेत्रीको नाम एकल उम्मेदवारको रुपमा सिफारिश गरेको छ ।


त्यसैगरि जनता समाजवादी पार्टी नेपालले पर्साको क्षेत्र नम्बर १ बाट वन तथा वातावरणमन्त्री प्रदीप यदवको नाम प्रतिनिधि सभा सदस्य उम्मेदवारको लागी सर्वसम्मत रुपमा सिफारिस गरेको छ ।

शनिबार वीरगञ्जमा बसेको जसपा क्षेत्र नम्बर १ को क्षेत्रीय समितिको बैठकले प्रतिनिधि सभा सदस्य उम्मेदवारको लागि यादवको एकल नाम सिफारिस गरेको हो ।

 

प्रतिनिधि सभाका लागी समानुपातिक तर्फ जमुना यादव, नसीम अख्तर र इमामूल अन्सारीको नाम सिफारिस गरेको छ । त्यसतै १ को (ख) प्रदेश सभामा समानुपातिक तर्फ भिमा यादव, जमिला खातुन, शशी गुप्ता, प्रेमा कुमारी सिंह क्षेत्री, लगायतको नाम सिफारिश गरेको छ ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.