logo

कोभिड अस्पताल संचालनको निर्णय कार्यान्वयन गर्न स्वास्थ्यमंत्री समक्ष पर्साका सबै राजनीतिक दलको माँग

      5/7/2020 गते 00 00 मा प्रकाशित     1133   पटक पढिएको

बीरगंज २५ बैशाख ।
राष्टिय राजनीतिमा प्रभाव राख्ने चार दलका पर्सेली नेताहरुले बीरगंजको कोभिड अस्पताल संचालनकालागि मंत्रालयले गरेको निर्णयलाई यथाशिघ्र कार्यान्वयनमा ल्याउन माँग गरेका छन ।

 

आज बीरगंजमा संयुक्त बिज्ञप्ति जारी गर्दै नेताहरुले बीरगंज महानगरले सम्झौता गरेको गण्डक अस्पताललाई नारायणी अस्पतालको अंगको रुपमा संचालन गर्ने मंत्रालयको निर्णयलाई स्वागत गरेका छन । 


कोरोना भाइरसको संक्रमण बढदो अवस्थामा  रहेकोले कोभिड अस्पताल संचालनको बीरगंज महानगरको प्रस्तावनालाई स्वीकार गर्दै अस्पताल संचालनको निर्णय लिनु भएकोमा स्वास्थ्य तथा जनसंख्यामंत्रीलाई बिशेष धन्यवाद दिइएको छ । 


राष्ट्रिय राजनीतिक दलका पर्साका नेता तथा बीरगंज महानगरका प्रमुख बिजय कुमार सरावगीले बैशाख २१ गते पर्साका प्रमुख जिल्ला अधिकारी मार्फत स्वास्थ्य तथा जनसंख्या मंत्री भानुभत्तm ढकाललाई कोभिड अस्पताल संचालनको  माँग गर्दै ज्ञापन पत्र पठाएका थिए ।

गण्डक अस्पताललाई नारायणी अस्पतालको अंगको रुपमा राखेर संचालन गर्ने मंत्रालयको निर्णयलाई पर्सोली राजनीतिक क्षेत्रले स्वागत गरेको छ । 


नेकपाका पर्सा अध्यक्ष प्रभू हजरा, नेपाली कांग्रेस पर्साका सभापति अजय कुमार द्विवेदी,जनता समाजवादी पार्टीका पर्सा अध्यक्ष रामनरेश  यादव, जगदीश पटेल र बीरगंज महानगरपालिकाका प्रमुख बिजय कुमार सरावगीद्वारा जारी बिज्ञप्तिमा कोरोना भाइरसको संक्रमीतको संख्या बढदै गरेको अवस्थामा कोभिड अस्पताल संचालनको निर्णय कार्यान्वयन्कालागि तत्काल पहलकदमी लिइदिन स्वास्थ्यमंत्री समक्ष आग्रह गरिएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

खाद्य स्वच्छता मापदण्ड उल्लंघन गरे वीरगंजका तीनवटा मिठाई पसललाई २०/२० हजार जरिवाना

वीरगञ्ज । खाद्य स्वच्छता सम्बन्धी मापदण्ड उल्लङ्घन गरेका तीनवटा पसललाई २०/२० हजार रुपैया जरिवाना गरिएको छ । वीरगञ्ज महानगरपालिका–६ माईस्थानस्थित सञ्जय खोवा भण्डार, गणेश मिष्ठान भण्डार तथा वीरगञ्ज महानगरपालिका–११ रानीघाटस्थित सम्भु लड्डु तथा मिष्ठान भण्डार लाई जरिवाना गरिएको हो ।

सेस्मी इन्टरनेशनल स्कुलको एसईई परिक्षामा सहभागि सबै बिद्यार्थी सफल

वीरगञ्ज। सेस्मी इन्टरनेशनल स्कुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा शतप्रतिशत  नतिजा हासिल गर्दै उत्कृष्ट शैक्षिक उपलब्धि प्राप्त गरेको छ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.