logo

कोभिड अस्पताल संचालनको निर्णय कार्यान्वयन गर्न स्वास्थ्यमंत्री समक्ष पर्साका सबै राजनीतिक दलको माँग

      5/7/2020 गते 00 00 मा प्रकाशित     983   पटक पढिएको

बीरगंज २५ बैशाख ।
राष्टिय राजनीतिमा प्रभाव राख्ने चार दलका पर्सेली नेताहरुले बीरगंजको कोभिड अस्पताल संचालनकालागि मंत्रालयले गरेको निर्णयलाई यथाशिघ्र कार्यान्वयनमा ल्याउन माँग गरेका छन ।

 

आज बीरगंजमा संयुक्त बिज्ञप्ति जारी गर्दै नेताहरुले बीरगंज महानगरले सम्झौता गरेको गण्डक अस्पताललाई नारायणी अस्पतालको अंगको रुपमा संचालन गर्ने मंत्रालयको निर्णयलाई स्वागत गरेका छन । 


कोरोना भाइरसको संक्रमण बढदो अवस्थामा  रहेकोले कोभिड अस्पताल संचालनको बीरगंज महानगरको प्रस्तावनालाई स्वीकार गर्दै अस्पताल संचालनको निर्णय लिनु भएकोमा स्वास्थ्य तथा जनसंख्यामंत्रीलाई बिशेष धन्यवाद दिइएको छ । 


राष्ट्रिय राजनीतिक दलका पर्साका नेता तथा बीरगंज महानगरका प्रमुख बिजय कुमार सरावगीले बैशाख २१ गते पर्साका प्रमुख जिल्ला अधिकारी मार्फत स्वास्थ्य तथा जनसंख्या मंत्री भानुभत्तm ढकाललाई कोभिड अस्पताल संचालनको  माँग गर्दै ज्ञापन पत्र पठाएका थिए ।

गण्डक अस्पताललाई नारायणी अस्पतालको अंगको रुपमा राखेर संचालन गर्ने मंत्रालयको निर्णयलाई पर्सोली राजनीतिक क्षेत्रले स्वागत गरेको छ । 


नेकपाका पर्सा अध्यक्ष प्रभू हजरा, नेपाली कांग्रेस पर्साका सभापति अजय कुमार द्विवेदी,जनता समाजवादी पार्टीका पर्सा अध्यक्ष रामनरेश  यादव, जगदीश पटेल र बीरगंज महानगरपालिकाका प्रमुख बिजय कुमार सरावगीद्वारा जारी बिज्ञप्तिमा कोरोना भाइरसको संक्रमीतको संख्या बढदै गरेको अवस्थामा कोभिड अस्पताल संचालनको निर्णय कार्यान्वयन्कालागि तत्काल पहलकदमी लिइदिन स्वास्थ्यमंत्री समक्ष आग्रह गरिएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

भारतीय महिला माथि गोली प्रहार गर्ने शर्मा पक्राउ, प्रहरी अनुसन्धान गर्दै

वीरगञ्ज । एक भारतीय महिलामाथि गोली प्रहार गर्ने ब्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ब्यक्तिको नाम प्रदीप शर्मा रहेको बताइएको छ ।

रौतहटको बसबिट्टी जिङ्गडिया एक महिलालाई  बोक्सीको आरोपमा चारपाटे मुडेर निर्घात कुटपिट

रौतहट।  रौतहटको गरुडा नगरपालिका–८ बसबिट्टी जिङ्गडिया निवासी ५५ वर्षीय सुशीला देवीलाई  बोक्सीको आरोपमा कुटपिट सहित अमानवीय व्यवहार गर्नेहरु फरार भएका छन ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.