logo

कुहिएको चामल बाँडेको आरोप लगाउने वडाध्यक्ष कुर्मीले बोर्डसामु माँगे माफी,गल्ती नगर्न बोर्डको चेतावनी 

      5/8/2020 गते 00 00 मा प्रकाशित     1819   पटक पढिएको

बीरगंज २६ बैशाख ।

वीरगंजका मेयर बिजय सरावगीले वडा नम्बर १४ मा बितरण गरिएको चामल नकुहिएको जानकारी दिनुभएको छ । नगर सभागृहमा आज पत्रकार सम्मेलन गरि मेयर सरावगीले प्रचारमा आए जस्तो चामल नकुहिएको र खान योग्य रहेको जानकारी दिनुभयो ।

 

महानगरले बनाएको तिन सदस्यीय छानबिन समितीले दिएको प्रतिवेदन अनुसार चिसोले गर्दा तिनबोरा चामल ओसिएकोले चामल अलि भिजेको जस्तो देखिएको जानकारी दिनुभयो ।

 

मेयर सरावगीले चामल बारे अनावश्यक भ्रम फैलाउने वडा अध्यक्ष भरत कुर्मीलाई बैठकबाट सचेत गराउने निर्णय भएको जानकारी दिनुभयो ।

 

यसैवीच राहतमा बितरण गरिएको चामल कुहिएको भनेर राहत बितरणको काममा अवरोध सृजना गरेका बीरगंज महानगरपालिका वडा नं १४का वडाध्यक्ष भरत राउत कुर्मीले महानगरको बोर्ड बैठकमा पुगेर माफी माग्नु भएको छ ।

 

बीरगंज महानगरपालिकाका प्रवक्ता सन्तोष तिवारीले शुक्रवार जारी गर्नु भएको प्रेस बिज्ञप्ति मार्फत वडाध्यक्ष राउतले माफी माँगेको जानकारी गराउनु भएको हो । 


बीरगंज महानगरपालिकाको बोर्ड बैठक बैशाख २३ गते सम्पन्न भएको थियो । सोही बैठकमा वडाध्यक्ष भरत कुर्मीले राहत वितरणकालागि  प्राप्त चामलको गुणस्तर सम्बन्धमा आफुले गलत कुरा गरी सोही बमोजिम गलत सूचना प्रवाह गरेको स्वीकार गर्दै बोर्डबैठकमा माफी माँगेको बिज्ञप्तिमा उल्लेख छ ।

 

कुर्मीले माफी माँगेपछि बोर्ड बैठकले कुर्मीलाई कारवाही गर्दै अव उप्रान्त त्यस्तो गल्ती नगर्न सचेत गराउने निर्णय गरेको तिवारीद्वारा जारी बिज्ञप्तिमा उल्लेख छ । 


बोर्ड बैठकमै वडा नं १४ को राहत बितरणका सम्बन्धमा छानविन गर्न बनेको टोलीले बुझाएको प्रतिवेदनमा पनि छलफल भएको थियो । महानगरपालिकाद्धारा गठित छानविन समितिले वडा नंं.१४ को कार्यालयमा पुगी स्थलगत अध्ययन, सरोकारवाला पक्षको धारणा सहित तयार पारेको प्रतिवेदनले चिसोले गर्दा चामल ओसिएको निष्कर्ष निकाल्दै बाहिर प्रचारमा आयोजस्तो चामल कुहिएको नरहेको ठहर सहितको प्रतिवेदन बुझाएको बिज्ञप्तिमा उल्लेख छ । 


महानगरपालिकाले सम्पादन गरेको काम कार्वाहीका बारेमा सत्य, तथ्य, वास्तवीक र विश्वसनिय सूचना दिन आमसंचार माध्यम र संचारकर्मीहरु सँग अपिल गरेको छ ।

 

नागरिकमा भ्रम उत्पन्न गर्ने गरि, राहत बितरणको बिषयलाई आमसंचारका केही माध्यमहरुबाट प्रकाशन प्रशारण गरिएको कार्यलाई समेत नगरकार्यपालिकाको बोर्ड बैठकले खेद व्यक्त गरेको छ ।  ।


संकटको यस घडीमा महानगर र नेतृत्व बिरुद्ध नगरबासीलाई भ्रम नछर्न, तथ्यहिन, कुराहरु संचार माध्यम र सामाजिक संजालमा समेत प्रकाशन प्रसारण नगर्न सबैमा अनुरोध गर्दै यस्ता कानून विपरितका कामहरु पुनः दोहरिएमा कानूनी उपचारको मार्ग अवलम्बन गर्न बाध्य हुने प्रवक्ता तिवारीद्वारा जारी बिज्ञप्तिमा उल्लेख छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

महानगरको कार्यवाहक प्रमुखमा आलम, कर्मचारीले गरे राहतको अनुभव

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले कार्यवाहक नगरप्रमुखको जिम्मेवारी सम्हालेका छन ।

बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा ५५ वर्षीया महिलाको ज्यान गयो

सर्लाही । सर्लाहीको बागमतीमा आइतबार बिहान बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ  । अर्की एक महिला गम्भीर घाइते भएकी छिन्।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.