logo

कुहिएको चामल बाँडेको आरोप लगाउने वडाध्यक्ष कुर्मीले बोर्डसामु माँगे माफी,गल्ती नगर्न बोर्डको चेतावनी 

      5/8/2020 गते 00 00 मा प्रकाशित     1642   पटक पढिएको

बीरगंज २६ बैशाख ।

वीरगंजका मेयर बिजय सरावगीले वडा नम्बर १४ मा बितरण गरिएको चामल नकुहिएको जानकारी दिनुभएको छ । नगर सभागृहमा आज पत्रकार सम्मेलन गरि मेयर सरावगीले प्रचारमा आए जस्तो चामल नकुहिएको र खान योग्य रहेको जानकारी दिनुभयो ।

 

महानगरले बनाएको तिन सदस्यीय छानबिन समितीले दिएको प्रतिवेदन अनुसार चिसोले गर्दा तिनबोरा चामल ओसिएकोले चामल अलि भिजेको जस्तो देखिएको जानकारी दिनुभयो ।

 

मेयर सरावगीले चामल बारे अनावश्यक भ्रम फैलाउने वडा अध्यक्ष भरत कुर्मीलाई बैठकबाट सचेत गराउने निर्णय भएको जानकारी दिनुभयो ।

 

यसैवीच राहतमा बितरण गरिएको चामल कुहिएको भनेर राहत बितरणको काममा अवरोध सृजना गरेका बीरगंज महानगरपालिका वडा नं १४का वडाध्यक्ष भरत राउत कुर्मीले महानगरको बोर्ड बैठकमा पुगेर माफी माग्नु भएको छ ।

 

बीरगंज महानगरपालिकाका प्रवक्ता सन्तोष तिवारीले शुक्रवार जारी गर्नु भएको प्रेस बिज्ञप्ति मार्फत वडाध्यक्ष राउतले माफी माँगेको जानकारी गराउनु भएको हो । 


बीरगंज महानगरपालिकाको बोर्ड बैठक बैशाख २३ गते सम्पन्न भएको थियो । सोही बैठकमा वडाध्यक्ष भरत कुर्मीले राहत वितरणकालागि  प्राप्त चामलको गुणस्तर सम्बन्धमा आफुले गलत कुरा गरी सोही बमोजिम गलत सूचना प्रवाह गरेको स्वीकार गर्दै बोर्डबैठकमा माफी माँगेको बिज्ञप्तिमा उल्लेख छ ।

 

कुर्मीले माफी माँगेपछि बोर्ड बैठकले कुर्मीलाई कारवाही गर्दै अव उप्रान्त त्यस्तो गल्ती नगर्न सचेत गराउने निर्णय गरेको तिवारीद्वारा जारी बिज्ञप्तिमा उल्लेख छ । 


बोर्ड बैठकमै वडा नं १४ को राहत बितरणका सम्बन्धमा छानविन गर्न बनेको टोलीले बुझाएको प्रतिवेदनमा पनि छलफल भएको थियो । महानगरपालिकाद्धारा गठित छानविन समितिले वडा नंं.१४ को कार्यालयमा पुगी स्थलगत अध्ययन, सरोकारवाला पक्षको धारणा सहित तयार पारेको प्रतिवेदनले चिसोले गर्दा चामल ओसिएको निष्कर्ष निकाल्दै बाहिर प्रचारमा आयोजस्तो चामल कुहिएको नरहेको ठहर सहितको प्रतिवेदन बुझाएको बिज्ञप्तिमा उल्लेख छ । 


महानगरपालिकाले सम्पादन गरेको काम कार्वाहीका बारेमा सत्य, तथ्य, वास्तवीक र विश्वसनिय सूचना दिन आमसंचार माध्यम र संचारकर्मीहरु सँग अपिल गरेको छ ।

 

नागरिकमा भ्रम उत्पन्न गर्ने गरि, राहत बितरणको बिषयलाई आमसंचारका केही माध्यमहरुबाट प्रकाशन प्रशारण गरिएको कार्यलाई समेत नगरकार्यपालिकाको बोर्ड बैठकले खेद व्यक्त गरेको छ ।  ।


संकटको यस घडीमा महानगर र नेतृत्व बिरुद्ध नगरबासीलाई भ्रम नछर्न, तथ्यहिन, कुराहरु संचार माध्यम र सामाजिक संजालमा समेत प्रकाशन प्रसारण नगर्न सबैमा अनुरोध गर्दै यस्ता कानून विपरितका कामहरु पुनः दोहरिएमा कानूनी उपचारको मार्ग अवलम्बन गर्न बाध्य हुने प्रवक्ता तिवारीद्वारा जारी बिज्ञप्तिमा उल्लेख छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

समाज

९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा,उपाध्यक्ष र प्रशासकीय अधिकृत मण्डलद्वयसहित अन्य पनि निलम्बनमा

जनकपुरधाम ।  धनुषाको धनौजी गाउँपालिकाकी वर्तमान उपाध्यक्ष, तत्कालिन अध्यक्ष, अधिकृत, लेखासहित ९ जनामाथि विशेष अदालतमा मुद्दा दायर भएको छ ।

करेन्ट लागेर रौतहटको शितलपुरका ३० वर्षिय युवाको मृत्यु

चन्द्रपुर । रौतहटमा बिहिवार  बिहान करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । फतुवा बिजयपुर २ शितलपुरका ३० वर्षीय रोहित साह सोनारको करेन्ट लागेर मृत्यु भएको हो ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.