काठमाडौं २७ वैशाख ।
बीरगंजमा एक ६२ वर्षिय पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यसैगरि उदयपुरको भुल्केमा ३, र कपिलवस्तुमा मा पनि ३ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जारी गरेको प्रेस बिज्ञप्तिमा उल्लेख छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुगेको छ ।
उदपयपुरको भुल्के निवासी १८, ४५ र ६५ वर्षका महिलाहरु, कपिलवस्तुमा १७ र १८ वर्षका पुरुषहरु तथा पर्साको बीरगंज ,छपकैयामा ६२ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीका अनुसार शनिबार काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र विराटनगरस्थित कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा सात जनामा संक्रमण पुष्टि भएको हो ।
तपाईको प्रतिक्रिया