logo

पत्रकार यादव पाँच घण्टा पछि रिहा,पत्रकार महासंघद्वारा आन्दोलनको घोषणा

      5/10/2020 गते 00 00 मा प्रकाशित     1990   पटक पढिएको


बीरगंज २८ बैशाख 


नेपाल पत्रकार महासंघ पर्सा शाखाले पर्सा प्रहरीले ज्यादती गरेको भन्दै त्यस बिरुद्ध हड्तालको घोषणा गरेको छ । पत्रकार महासंघ पर्साले भोली बिहान ८ बजे घण्टाघरमा धर्ना दिने घोषणा गरेको छ ।

 

त्यस्तै जिल्ला प्रहरी कार्यालय पर्साको समाचार बहिष्कार गर्ने समेतको निर्णय गरेको छ । पत्रकार तिवारी यादवको गिरफ्तारी बिरुद्ध जिल्ला प्रहरी कार्यालय पुगेका पत्रकारहरुलाई प्रहरीले अपमानपूर्ण ब्यवहार गरेकोले महासंघ आन्दोलीत भएको हो । 

 


नेपाल प्रहरीका प्रदेश प्रमुख डिआइजी धिरज प्रताप सिंहको आगमनमा पर्साका प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकायका पदाधिकारीको बैठक साविकको अञ्चल प्रहरी कार्यालयमा बसेको थियो ।

 

बैठकबाट फर्किएर आएपछि पत्रकारसंग सम्वाद हुने समस्याले निकास पाउने आसमा बसेका संचारकर्मीलाई प्रहरी प्रमुख गंगा पन्तले वास्ता नगरेपछि अपमानीत महशुस गरेका पत्रकारले आन्दोलनको बाटो अख्तियार गरेका हुन । आन्दोलनको उद्धघोष गर्न निस्किएका पत्रकारसंगै पत्रकार तिवारी यादव पनि जिल्ला प्रहरी कार्यालयबाट निस्किएका छन । 


वीरगन्जको सामुदायिक रेडियो नारायणी एफएमकै प्रवेशद्वारबाट पत्रकार यादवलाई प्रहरीले पक्राउ गरेको थियो ।दूब्र्यवहार गर्ने प्रहरीलाई माथि कारवाही नभए सम्म आन्दोलन गर्ने पत्रकार महासंघ पर्साले जनाएको छ  । पत्रकार यादवको मोबाईल अहिले पनि प्रहरीले नै राखेको छ ।

 

यसैवीच प्रेस संगठन पर्साका संयोजक निरज पिठाकोटेले एक बिज्ञप्ति जारी  गर्दै प्रत्रकार तिवारी यादव माथि प्रहरीले गरेको दूब्र्यवहारको निन्दा गर्नु भएको छ । उहाँले दोषी प्रहरीलाई कारवाही गर्न माँग गर्नु भएको छ । यसेगरि बानका प्रदेश अध्यक्ष आरसी यादवले बिज्ञप्ति जारी गरि पत्रकार महासंघको कार्यक्रममा एक्येवद्धता जनाउनु भएको छ । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.