logo

पत्रकार यादव पाँच घण्टा पछि रिहा,पत्रकार महासंघद्वारा आन्दोलनको घोषणा

      5/10/2020 गते 00 00 मा प्रकाशित     2080   पटक पढिएको


बीरगंज २८ बैशाख 


नेपाल पत्रकार महासंघ पर्सा शाखाले पर्सा प्रहरीले ज्यादती गरेको भन्दै त्यस बिरुद्ध हड्तालको घोषणा गरेको छ । पत्रकार महासंघ पर्साले भोली बिहान ८ बजे घण्टाघरमा धर्ना दिने घोषणा गरेको छ ।

 

त्यस्तै जिल्ला प्रहरी कार्यालय पर्साको समाचार बहिष्कार गर्ने समेतको निर्णय गरेको छ । पत्रकार तिवारी यादवको गिरफ्तारी बिरुद्ध जिल्ला प्रहरी कार्यालय पुगेका पत्रकारहरुलाई प्रहरीले अपमानपूर्ण ब्यवहार गरेकोले महासंघ आन्दोलीत भएको हो । 

 


नेपाल प्रहरीका प्रदेश प्रमुख डिआइजी धिरज प्रताप सिंहको आगमनमा पर्साका प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकायका पदाधिकारीको बैठक साविकको अञ्चल प्रहरी कार्यालयमा बसेको थियो ।

 

बैठकबाट फर्किएर आएपछि पत्रकारसंग सम्वाद हुने समस्याले निकास पाउने आसमा बसेका संचारकर्मीलाई प्रहरी प्रमुख गंगा पन्तले वास्ता नगरेपछि अपमानीत महशुस गरेका पत्रकारले आन्दोलनको बाटो अख्तियार गरेका हुन । आन्दोलनको उद्धघोष गर्न निस्किएका पत्रकारसंगै पत्रकार तिवारी यादव पनि जिल्ला प्रहरी कार्यालयबाट निस्किएका छन । 


वीरगन्जको सामुदायिक रेडियो नारायणी एफएमकै प्रवेशद्वारबाट पत्रकार यादवलाई प्रहरीले पक्राउ गरेको थियो ।दूब्र्यवहार गर्ने प्रहरीलाई माथि कारवाही नभए सम्म आन्दोलन गर्ने पत्रकार महासंघ पर्साले जनाएको छ  । पत्रकार यादवको मोबाईल अहिले पनि प्रहरीले नै राखेको छ ।

 

यसैवीच प्रेस संगठन पर्साका संयोजक निरज पिठाकोटेले एक बिज्ञप्ति जारी  गर्दै प्रत्रकार तिवारी यादव माथि प्रहरीले गरेको दूब्र्यवहारको निन्दा गर्नु भएको छ । उहाँले दोषी प्रहरीलाई कारवाही गर्न माँग गर्नु भएको छ । यसेगरि बानका प्रदेश अध्यक्ष आरसी यादवले बिज्ञप्ति जारी गरि पत्रकार महासंघको कार्यक्रममा एक्येवद्धता जनाउनु भएको छ । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

खाद्य स्वच्छता मापदण्ड उल्लंघन गरे वीरगंजका तीनवटा मिठाई पसललाई २०/२० हजार जरिवाना

वीरगञ्ज । खाद्य स्वच्छता सम्बन्धी मापदण्ड उल्लङ्घन गरेका तीनवटा पसललाई २०/२० हजार रुपैया जरिवाना गरिएको छ । वीरगञ्ज महानगरपालिका–६ माईस्थानस्थित सञ्जय खोवा भण्डार, गणेश मिष्ठान भण्डार तथा वीरगञ्ज महानगरपालिका–११ रानीघाटस्थित सम्भु लड्डु तथा मिष्ठान भण्डार लाई जरिवाना गरिएको हो ।

सेस्मी इन्टरनेशनल स्कुलको एसईई परिक्षामा सहभागि सबै बिद्यार्थी सफल

वीरगञ्ज। सेस्मी इन्टरनेशनल स्कुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा शतप्रतिशत  नतिजा हासिल गर्दै उत्कृष्ट शैक्षिक उपलब्धि प्राप्त गरेको छ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.