logo

जगदम्बा,सूर्य र हुलास स्टिल संचलनमा,मापदण्ड बिपरित चलाएको भन्दै प्रतिवादमा उत्रने सीमरावासीको चेतावनी

      5/11/2020 गते 00 00 मा प्रकाशित     1291   पटक पढिएको



बीरगंज २९ बैशाख  

स्थानीय रुपमा  तोकिएको मापदण्ड बिपरित सीमरामा जगदम्बा स्टिल्सले लकडाउनको बेला कम्पनि सॅचालन गरेको स्थानीयबासीले आरोप लगाएका छन ।

कम्पनी प्रशासन, स्थानीय सरकार, सुरक्षा निकाय , विभिन्न राजनीतिक  दलका प्रतिनिधि तथा स्थान्ीय बासिन्दाहरुबिच भएको सहमतिको उधोगले ठाडो उल्लंघन गरेको स्थानीयको भनाई छ ।

 

कोरोना भाइरसको संक्रमणको महामारीकोबेला  उचित स्वास्थ्य सुरक्षा जाँच प्रणाली नअपनाइ कम्पनि सॅचालन गरेको पाइएको हो।


सरकारले तोकेको सुरक्षा प्रणाली नअपनाइ कम्पनि सॅचालन गर्दा सिमरा क्षेत्रमा जोखिम बढेको दुर्गानगर टोलसुधार समितिका अध्यक्ष बसन्त ढकालले बताउनु भयो ।


 प्रदुषण रोकथामका विषयमा पनि बारम्बार वार्ता गरि समझदारी गर्ने तर कार्यान्यवन नगर्ने जगदम्बा स्टिल्सले अति संवेदनशिल स्वास्थ सॅग जोडिएको यो  भयाभह अवस्थामा पनि हेलचेक्र्याइ गर्नु चिन्ताको बिषय रहेको स्थानीय युवा मनिष प्याकुरेलले बताउनु भयो।


सीमरा आफैमा जोखिमपूर्ण क्षेत्र हो उधोगमा बीरगंजदेखी मजदुर जाने भएकोले सुरक्षा प्रवन्ध नगरिनु चिन्ताको बिषय भएको छ ।  ।  सरकारले तोकेको सुरक्षा प्रणाली र मापदण्ड पुरा गरेर कम्पनी सॅचालन गरे आफुहरुलाई कुनै आपत्ति नरहेको दुर्गानगर टोल समितिका सदस्य लेख बहादुर श्रेष्ठको भनाइ छ ।


जनस्वास्थ्य माथि गम्भिर खेलबाड हुन नदिन र यो विषयमा सरकारको तुरुन्त ध्यानाकर्षण होस् भन्ने स्थानीयको माँग छ । अन्यथा कडा प्रतिकारमा उत्रने स्थानिय ईश्वर थपलियाले चेतावनी दिनुभयो ।


 त्यसैगरी सिमरामारहेको हुलास स्टिल र सूर्य नेपाल पनि सरकारले तोकेको मापदण्ड विपरित संचालनमा आएको छ । यसले त्रास बढाएको स्थानीयले बताएका छन् ।


 जीतपुरसिमरा भित्र दुईजनामा संक्रमण देखिएको अवस्थामा सरकारले तोकेको मापदण्ड विपरीत उद्योग सञ्चालनमा आएको स्थानीयले गुनासो गरेको जीतपुरसिमरा सार्वजनिक सरोकार समितिका संयोजक मनोज पौडेलले बताउनुभयो ।

 

सरकारी मापदण्ड विपरित कुनैपनि उद्योगलाई सञ्चालन हुन नदिने र जबरजस्ती सञ्चालन गरिए सरोकार समितिले प्रतिवाद गर्ने उहाँले चेतावनी दिनुभयो ।

 

देश अहिले कोरोनाभाइरसका कारण आक्रान्त छ करिब ४५ दिनसम्म नागरिक लकडाउनको अवस्थामा घरमा बसेका छन् । बढदो जोखिमको अवस्थामा पनि मापदण्डविपरीत उद्योग सञ्चालन गरे हामी प्रतिबाद गर्छौ । त्यसका लागि तत्काल सरोकार समितिको बैठक बसि आधिकारिक निर्णय गरिने संयोजक पौडेलले जानकारी दिनुभयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.