logo

जगदम्बा,सूर्य र हुलास स्टिल संचलनमा,मापदण्ड बिपरित चलाएको भन्दै प्रतिवादमा उत्रने सीमरावासीको चेतावनी

      5/11/2020 गते 00 00 मा प्रकाशित     1110   पटक पढिएको



बीरगंज २९ बैशाख  

स्थानीय रुपमा  तोकिएको मापदण्ड बिपरित सीमरामा जगदम्बा स्टिल्सले लकडाउनको बेला कम्पनि सॅचालन गरेको स्थानीयबासीले आरोप लगाएका छन ।

कम्पनी प्रशासन, स्थानीय सरकार, सुरक्षा निकाय , विभिन्न राजनीतिक  दलका प्रतिनिधि तथा स्थान्ीय बासिन्दाहरुबिच भएको सहमतिको उधोगले ठाडो उल्लंघन गरेको स्थानीयको भनाई छ ।

 

कोरोना भाइरसको संक्रमणको महामारीकोबेला  उचित स्वास्थ्य सुरक्षा जाँच प्रणाली नअपनाइ कम्पनि सॅचालन गरेको पाइएको हो।


सरकारले तोकेको सुरक्षा प्रणाली नअपनाइ कम्पनि सॅचालन गर्दा सिमरा क्षेत्रमा जोखिम बढेको दुर्गानगर टोलसुधार समितिका अध्यक्ष बसन्त ढकालले बताउनु भयो ।


 प्रदुषण रोकथामका विषयमा पनि बारम्बार वार्ता गरि समझदारी गर्ने तर कार्यान्यवन नगर्ने जगदम्बा स्टिल्सले अति संवेदनशिल स्वास्थ सॅग जोडिएको यो  भयाभह अवस्थामा पनि हेलचेक्र्याइ गर्नु चिन्ताको बिषय रहेको स्थानीय युवा मनिष प्याकुरेलले बताउनु भयो।


सीमरा आफैमा जोखिमपूर्ण क्षेत्र हो उधोगमा बीरगंजदेखी मजदुर जाने भएकोले सुरक्षा प्रवन्ध नगरिनु चिन्ताको बिषय भएको छ ।  ।  सरकारले तोकेको सुरक्षा प्रणाली र मापदण्ड पुरा गरेर कम्पनी सॅचालन गरे आफुहरुलाई कुनै आपत्ति नरहेको दुर्गानगर टोल समितिका सदस्य लेख बहादुर श्रेष्ठको भनाइ छ ।


जनस्वास्थ्य माथि गम्भिर खेलबाड हुन नदिन र यो विषयमा सरकारको तुरुन्त ध्यानाकर्षण होस् भन्ने स्थानीयको माँग छ । अन्यथा कडा प्रतिकारमा उत्रने स्थानिय ईश्वर थपलियाले चेतावनी दिनुभयो ।


 त्यसैगरी सिमरामारहेको हुलास स्टिल र सूर्य नेपाल पनि सरकारले तोकेको मापदण्ड विपरित संचालनमा आएको छ । यसले त्रास बढाएको स्थानीयले बताएका छन् ।


 जीतपुरसिमरा भित्र दुईजनामा संक्रमण देखिएको अवस्थामा सरकारले तोकेको मापदण्ड विपरीत उद्योग सञ्चालनमा आएको स्थानीयले गुनासो गरेको जीतपुरसिमरा सार्वजनिक सरोकार समितिका संयोजक मनोज पौडेलले बताउनुभयो ।

 

सरकारी मापदण्ड विपरित कुनैपनि उद्योगलाई सञ्चालन हुन नदिने र जबरजस्ती सञ्चालन गरिए सरोकार समितिले प्रतिवाद गर्ने उहाँले चेतावनी दिनुभयो ।

 

देश अहिले कोरोनाभाइरसका कारण आक्रान्त छ करिब ४५ दिनसम्म नागरिक लकडाउनको अवस्थामा घरमा बसेका छन् । बढदो जोखिमको अवस्थामा पनि मापदण्डविपरीत उद्योग सञ्चालन गरे हामी प्रतिबाद गर्छौ । त्यसका लागि तत्काल सरोकार समितिको बैठक बसि आधिकारिक निर्णय गरिने संयोजक पौडेलले जानकारी दिनुभयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

भारतीय महिला माथि गोली प्रहार गर्ने शर्मा पक्राउ, प्रहरी अनुसन्धान गर्दै

वीरगञ्ज । एक भारतीय महिलामाथि गोली प्रहार गर्ने ब्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ब्यक्तिको नाम प्रदीप शर्मा रहेको बताइएको छ ।

रौतहटको बसबिट्टी जिङ्गडिया एक महिलालाई  बोक्सीको आरोपमा चारपाटे मुडेर निर्घात कुटपिट

रौतहट।  रौतहटको गरुडा नगरपालिका–८ बसबिट्टी जिङ्गडिया निवासी ५५ वर्षीय सुशीला देवीलाई  बोक्सीको आरोपमा कुटपिट सहित अमानवीय व्यवहार गर्नेहरु फरार भएका छन ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.