logo

सबै राजनीतिक “स्टण्ट”हरुको अवसान,कोभिड अस्पताल संचालन हुने बाटो खुल्यो,जनता प्रथामिकतामाः नेता यादव

      5/13/2020 गते 00 00 मा प्रकाशित     1782   पटक पढिएको


बीरगंज ३१ बैशाख 

संघीय स्वास्थ्य मंत्रालयले गण्डक अस्पतालमा अस्थायी कोरोना उपचार  अस्पताल संचालन गर्ने बाटो खोलेको छ । संघीय मंत्तालयले एक पत्रलेखेर अस्पताल संचालनको बाटो खोलेको हो । बैशाख ३० गते यो बिषयमा संघीय स्वास्थ्य मंत्रालयले निर्णय लिएको हो । 

 


बीरगंजको नारायणी अस्पतालमा उपपचार गराई रहेका कोभिडका बिरामीको डिस्चार्ज पछि अन्यको उपचार नारायणी अस्पतालले तोकेको अस्पतालमा गराउने निर्देशनात्मक निर्णय मंत्रालयले गरेको छ  । अस्पताल तोक्दा सरकारी मापदण्ड पुरा भएको अस्पताल तोक्नु पर्ने मंत्रालयले शर्त तोकेको छ ।  

 

यस्तो अवस्था मिलाउदा नारायणी अस्पतालले आर्थिक दयित्व बाहेक जनशक्ति ब्यवस्थापन तथा सेवा प्रवाहको ब्यवस्था मिलाउने जिम्मेवारी समेत दिएको छ । यसरी संचालन हुने अस्पताल नारायणी अस्पतालकै नाममा संचालन हुने निर्णय मंत्रालयले गरेको छ ।

 

तोकिएको अस्पतालकालागि सम्पूर्ण आर्थिक र भौतीक दायित्व भने बीरगंज महानगरपालिकाले मिलाउने  र नारायणी अस्पतालको बहिरगं सेवा लगायत अन्य सेवाहरु क्रमश शुरु गर्ने गरि मंत्रालयले निर्णय गरेको छ ।

 

मंत्रालयले यो निर्णय संघीय मामिला मंत्रालय , मुख्यमंत्री तथा प्रदेश २ सरकार, सामाजिक बिकास मंत्रालय प्रदेश २ बीरगंज महानगरपािलकालाई बोधार्थ लेखेको छ भने नारायणी अस्पताललाई कार्यान्वयनकालागि यो पत्र लेखेको हो । 

 

कोरोना भाइरसको संक्रमणको फैलावट बढदै गएको अवस्थामा आम नागरिकले सस्तो र सुलभ रुपमा अत्यावश्क स्वास्थ्य सेवा समेत नपाएको अवस्था निर्माण भएको बेलामा नारायणी अस्पताललाई पूर्ववत संचालन हुने गरि स्वास्थ्य मंत्रालयले यस्तो निर्णय गरेको हो । 


बीरगंज महानगरपालिकाले कोभिड अस्पतालको आवश्यकता महशुस गरेर नै गण्डक अस्पतालसंग सम्झौता गरेको थियो । त्यो सम्झौतालाई राजनीतिक “स्टन्ट” को रुप दिएर अस्पताल संचालन हुन नदिने राजनीतिक खेलका कारण अस्पताल संचालनको निर्णय कार्यान्वयन हुन पाएको थिएन । 


बीरगंज महानगरपालिकाका प्रमुख बिजय सरावगीको अडानका कारण बीरगंजमा कोभिड अस्पताल संचालन हुेन अवस्था निर्माण भयो । संक्रमणको अवस्था बढ्छ त्यसको नियन्त्रणकालागि छुट्टै अस्पताल चाहिन्छ भन्दा मेयरलाई अर्घेलो देख्नेहरु अहिले बल्ल मेयरको दुरदृष्टिको कायल भएका छन ।  

 

महानगर प्रमुखको यो अडानमा नेकपाका युवा नेता गण्डक अस्पतालका संचालक रहवर अन्सारी नेकपाका नेता सम्बिधान सभा सदस्य नागेन्द्र चौधरी ,सम्बिधान सभाका सदस्य नेकपाका नेता बिचारी यादव सासद पुष्पा कर्ण लगायतका नेताहरुको जर्वजस्त साथ र पहलकदमी रह्यो ।

 

नेकपाका नेताहरु यो महामारीको बेलामा काठमाण्डौमा बसेर स्वास्थमंत्रीलाई यो निर्णयमा पुग्ने वतावरण बनाउन भूमिका निर्वाह गरेका थिए । जनताको रक्षाको कुरा थियो ।

 

छुट्टै अस्पताल आवश्यकता हो भन्ने कुरा त अहिले पुष्टि भएको छ । सस्तो राजनीतिक होइन नागरिकको जीवन रक्षा पहिलो प्रथामिकता भएकोले आफूहरुले स्वास्थ्यमंत्रीलाई यो कुरामा कन्भिन्स गर्न सकेको नेता बिचारी यादवले बताउनु भयो ।

 


बीरगंज महानगरले पनि सम्झौता गर्दा नारायणी अस्पतालको नेतृत्वमा  कोभिड अस्पताल संचालन गर्ने कुरा उल्लेख छ । अहिले स्वास्थ्य मंत्रालयले यही कुरालाई आधार बनाएर अस्पताल संचालनकालागि नारायणी अस्पताललाई अनुमती दिएको हो ।
  

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

भारतीय महिला माथि गोली प्रहार गर्ने शर्मा पक्राउ, प्रहरी अनुसन्धान गर्दै

वीरगञ्ज । एक भारतीय महिलामाथि गोली प्रहार गर्ने ब्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ब्यक्तिको नाम प्रदीप शर्मा रहेको बताइएको छ ।

रौतहटको बसबिट्टी जिङ्गडिया एक महिलालाई  बोक्सीको आरोपमा चारपाटे मुडेर निर्घात कुटपिट

रौतहट।  रौतहटको गरुडा नगरपालिका–८ बसबिट्टी जिङ्गडिया निवासी ५५ वर्षीय सुशीला देवीलाई  बोक्सीको आरोपमा कुटपिट सहित अमानवीय व्यवहार गर्नेहरु फरार भएका छन ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.