बीरगंज ३१ बैशाख
पर्सामा एक महिला सहिथ दुई पुरुष गरि तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मंत्रालयका अनुसार पर्सामा ३६ र ७४ वर्षिय पुरुष र ३६ वर्षिय महिलामा संक्रमण पुष्टि भएको हो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र प्रादेशीक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा थप २४ जनामा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४३ पुगेको छ ।
यसैवीच चितवनकी कोरोना संक्रमित महिला उपचारपछि आज अस्पतालबाट डिस्चार्ज हुनु भएको छ ।
कोरोना भाइरसको संक्रमणपछि भरतपुर अस्पतालमा उपचाररत उनको पछिल्लो २ पटकको रिपोर्ट नेगेटिभ आएपछि आज डिस्चार्ज गरिएको अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीले जानकारी दिनु भयो ।
उहाँसँगै २७ वर्षीय छोरा पनि संक्रमित भएका थिए । तर छोरा भने यसअघि नै कोरोनालाई जितेर डिस्चार्ज भइसकेका छन्। उनीहरु चैतको पहिलो साता बेलायतबाट आएका थिए । योसँगै कोरोनाको उपचारपछि निको भएर घर फर्किनेको संख्या ३५ पुगेको छ ।
तपाईको प्रतिक्रिया