logo

पर्सामा पन्ध्र महिने वालकमा संक्रमण पुष्टि परिवारका अन्यको पनि परिक्षण हुने ,बिद्यालय बन्यो आइसोलेशन वार्ड 

      5/14/2020 गते 00 00 मा प्रकाशित     1095   पटक पढिएको

बीरगंज १ जेठ 
पर्साको कालिकामाई गाउँपालिकाका एक १५ महिने बालकमा पनि कोरोनाको संक्रमण देखिएको छ । पर्सामा बैशाख ३१ गते पुष्टि भएका ३ जना मध्ये १५ महिने बालक रहेको पुष्टि भएको कालिकामाई गाउँपालिका वडा नं ५ का अध्यक्ष  पवन तिवारीले वताउनुभयो ।

 


संक्रमित ती बालक वडा नं. १ मुड्लीको रहेको अध्यक्ष तिवारीले जानकारी दिनु भयो  । संक्रमित बालक आमासँगै गत बैशाख २७ गते भारतको सुगौलीबाट भिस्वा हुदै आफ्नो घर मुड्ली आएका थिए ।

 

उनको २८ गते स्वाब परिक्षण भएको थियो । आमामा कोरोनाको संक्रमण भए नभएको अहिले यकिन हुन नसकेको वडा नं. ५ का वडा अध्यक्ष तिवारीले जानकारी दिनुभयो ।

 

आमा सहित बालकलाई बीरगंजको आइसोलेशनमा राखिएको छ । आमाको समेत स्वाब परिक्षण गरिने नारायणी अस्पतालले जनाएको छ । 

 


संक्रमित बालकको परिवारका अन्य सदस्यलाई पनि गाउँपालिकाको क्वारेिन्टनमा राख्ने तयारी भइरहेको वडा नं. १ का वडाध्यक्ष रामशिष यादवले वताउनुभयो ।

 


बालकमा संक्रमण पुष्टि भएको थाहा पााएपछि  परिवारका अन्य सदस्यलाई हालको लागि घर भित्रै बस्न भनेको  यादवले वताउनु जानकारी दिनु भयो  ।

 


यसैवीच वीरगञ्जस्थित नारायणी अस्पताल भरिएपछि १६ जना कोरोना संक्रमितलाई सिद्धार्थ माध्यमिक विद्यालयमा राखिएको छ ।

 

बैशाख ३० र ३१ गत थपिएका संक्रमितलाई विद्यालयमा निर्मित आइसोलेसन वार्डमा राखिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिनु भयो  ।

 


नारायणी अस्पतालमा बेड अभाव भएपछि बैशाख ३० गते राति थपिएका १८ जनामध्ये १३ जनालाई ३१ गते राति मात्रै विद्यालयको आइसोलेसन कक्षमा ल्याइएको थियो ।

 

संक्रमित पुष्टि भएको २४ घण्टा बित्दा समेत उनीहरू घरमै बसेका थिए । ३१ गते राति थपिएका तीन जनालाई पनि विद्यालयको आइसोलेसन कक्षमा ल्याइएको उहाँले बताउनु भयो  ।

 


प्रदेश २ को नारायणी अस्पतालमा कोरोना संक्रमितको चाप बढेपछि विपद् व्यवस्थापन समितिको बैशाख ३१ गते बसेको बैठकले विद्यालयमा दुई सय बेडको आइसोलेसन वार्ड बनाउने निर्णय भएको थियो । नारायणी अस्पतालमा अहिले ७० जना संक्रमितको उपचार भइरहेको अस्पतालले जनाएको छ ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.