logo

होटेल बिस्थापन होस भन्ने मनोबिज्ञानका कारण शसस्त्र प्रहरीका नीरिक्षक मल्ललाई लाग्यो आरोप

      5/15/2020 गते 00 00 मा प्रकाशित     1175   पटक पढिएको

बीरगंज  २  जेठ ।

पर्साको ठोरी गाउँपालिकाकाको सुवर्णपुरमा रहेको सशस्त्र प्रहरीको बिओपीका  शसस्त्र प्रहरी निरिक्षक सागर मल्ललाई गलत आरोप लगाइएको स्रोतको दावी छ । पीडित भनिएकाहरु जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा छन ।

 

उनीहरुले दिएको प्रारम्भिक  बयानमा सशस्त्र प्रहरी नीरिक्षकलाई लगाएको आरोप पुष्टि हुने आधार नदेखिएको स्रोतले बताएको छ । बिशेष सुराकको आधारमा गस्तीमा गएको शसस्त्र प्रहरीको टोलीले १५ किलो गाँजा पनि समातेको छ । 

 


प्रहरी निरिक्षकको टोली मलाई सूचना दिएरै अप्रेशनमा गएको थियो पर्साका सशस्त्र प्रहरीका एसपी दीपेन्द्र कुंवरले भन्नु भयो “बिशेष सूचना आएको छ भनेर अप्रेशनमा जाने इजाजत मागे पछि मैले हुन्छ भने र यो कुरा माथि पनि जाहेर गरेको थियो । 

 


रातको समयमा गस्तीमा गएको प्रहरी टोली पानी परेपछि रामनगरको एउटा होटेलमा खाना खान बसेको थियो । पानी परेकोले त्यही बस्नु परेको थियो । 

 


त्यो होटेलमा भारतीय नागरिक आएर खाने बस्ने र असामाजिक ब्यवहार देखाउने गर्दै आएकोले स्थानीयहरुले होटेल बिस्थापन होस भन्ने चाहन्थे । यही मौका छोपेर स्थानीयले बलात्कारको आरोप लगाएर यो खालको अवस्था सृजना गरेको नाम उल्लख नगर्ने शर्तमा एक जना स्थानीयले इसीमाना डटकमलाई बताएका छन ।

 

स्थानीयले प्रहरी हुन भनेर नचिनेकोले पनि यस्तो घटना हुन पुगको उनको भनाई छ । यस्तो अवस्थामा सीमामा सुरक्षा ब्यवस्था मिलाउदै ,पाएको सूचनाका आधारमा अप्रेशनमा हिडेका राष्ट्रसेवक सुरक्षाकर्मीलाई नागरिकको पनि साथ हुनु पर्नेमा अन्यथा भएको ति स्थानीयको भनाई छ ।

 

 सशस्त्र प्रहरी नीरिक्षक सागर मल्लले पनि आफूलाई लगाइएको आरोपमा कुनै सत्याता नरहेको बताउनु भएको छ । मकवानपुर क्षेत्रमा उत्पादन हुने गाँजा जंगलको बाटो भएर रामनगर लगायतका स्थानमा आउने र त्याहा बाट भारत तर्फ निकासी हुदै आइरहेको छ ।   पीडित भनिएका महिलाहरुसंग घटनाको बिषयमा पर्सा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु

वीरगंज। पुर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत हेटौँडा–नारायणगढ सडकखण्डमा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

सूर्य नेपालको सहयोगमा वीरगंजमा प्लास्टिक फोहोर प्रशोधन प्लान्टको निर्माण अन्तिम चरणमा, महानगर प्रमुख सिंहले गरे स्थलगत अवलोकन

वीरगंज । वीरगंज महानगरपालिकाको फोहोर व्यवस्थापन केन्द्र (डम्पिङ साइट) मा प्लास्टिकजन्य फोहोर व्यवस्थापनका लागि निर्माण भइरहेको प्रशोधन प्लान्टको काम अन्तिम चरणमा पुगेको छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.